काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
अनुशासन कायम नभए पार्टी नबन्ने भन्दै ओलीले पार्टीमा अनुशासन कायम राख्नका लागि अनुशासन आयोगले ध्यान दिनुपर्ने बताए।
अध्यक्षको प्रतिस्पर्धामा ओलीसँग पराजित भएका नेता भीम रावलले केन्द्रीय सदस्यको रुपमा शपथ लिन अस्वीकार गरेका थिए।
केन्द्रीय सदस्यको शपथ अस्वीकार गरेका रावलप्रति संकेत गर्दै ओलीले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नुपर्ने निर्देशन दिएका हुन्।
'पार्टीमा अनुशासन कायम गर्नका लागि, अनुशासनमा राख्न आगोगले ध्यान देओस्, जोसुकै भए पनि अनुशासन उल्लंघन भएमा कारबाही गर्नेतर्फ जानुपर्छ। अनुशासन भएन भने त्यो पार्टी बन्दैन,' ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।