काठमाडौं- नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली एक हजार ८३७ मतका साथ विजयी भएका छन्। एमालेको केन्द्रीय निर्वाचन आयोगको तर्फबाट विजय सुब्बाले आधिकारिक मत परिणाम सार्वजनिक गरेका हुन्।
यसअघि आयोग स्रोतबाट फरक-फरक संख्या सार्वजनिक भएको थियो।
आयोगको आधिकारिक मत परिणामअनुसार ओलीका प्रतिस्पर्धी भीम रावलले भने २२३ मत पाएका छन्।
कूल दुई हजार १५३ मतदाता रहेको एमाले महाधिवेशनमा दुई हजार ९६ मत खसेको बताइएको थियो। जसमध्ये केहीले दुवैलाई मत नदिएको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।