सौराहा– नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन्। मंगलबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै उनले शपथ पनि लिएका हुन्।
अध्यक्ष ओलीले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिएका हुन्।
निर्वाचनमा ओलीले भीम रावललाई पराजित गरेका थिए। उनले १८३७ मत पाएका छन्। उनका प्रतिस्पर्धी रावलले २२३ मत मात्रै पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।