• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

‘पहिला पार्टीहरुले कार्यक्रम गर्दा पैसा तिर्दैनथे, अहिले एमालेले होटल निःशुल्क चाहिँदैन भन्यो’

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ९, २०७८  ११:१०
1140x725

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले चितवनमा चहलपहल ह्वात्तै बढेको छ। पर्यटकीय नगरी चितवनमा एमालेले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटनसत्र र सौराहामा बन्दसत्र गर्दैछ। कोरोना महामारीले २ वर्षदेखि थला परेको पर्यटन व्यवसाय विस्तारै चलायमान भइरहेका बेला एमालेको महाधिवेशनबाट सौराहाका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। नेकपा एमाले महाधिवेशनको पर्यटन व्यवसायमा तरंगबारे क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईसँग नेपाल लाइभका बीपी अनमोलले गरेको कुराकानी :

एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। पर्यटनको केन्द्र बनेको चितवनका लागि यसको महत्त्व के छ?

नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ। त्यसमा पनि बन्दसत्र सौराहामा आयोजना हुन लागेको छ। यसलाई यहाँका स्थानीयवासी, पर्यटनकर्मी लगायतले ऐतिहासिक अवसरका रुपमा लिएका छौं। किनभने यो कार्यक्रमलाई हामीले सफल बनाएर पठाउन सक्यौ भने यसबाट हामीले तत्कालका लागि भन्दा पनि दीर्घकालमा फाइदा लिन सक्छौं भन्ने बुझेका छौं। हामी निकै उत्साही भएर यो कार्यक्रमलाई सम्पन्न गराउन चाहन्छौं। 

कोरोना महामारीले दुईवर्ष पर्यटनदेखि होटल व्यवसाय अस्तव्यस्त बन्यो। अहिले व्यवसाय केही चलायमान हुन खोजेको बेलमा एमालेले महाधिवेशन राख्यो। यसमा तपाईंहरुको भूमिका कस्तो रहन्छ?

यो महाधिवेशनका लागि हामीलाई आवासको जिम्मा दिइएको थियो। नेकपा एमालेका प्रतिनिधि राख्नका लागि ३५ सय बेड चाहिने भनेर भनिएको थियो। त्यस अनुसार नै हामीले सबै तयारी गरेका छौं। आज नै हामीले हरेक रुमका नम्बरसहितको विवरण बनाएर उहाँहरुलाई दिएका छौं। हाम्रो तर्फबाट गर्नुपर्ने काम जस्तो प्रतिनिधिहरुलाई स्वागत गर्ने, सरसफाइ गर्ने, गेटहरु निर्माण गर्ने लगायतको काम गरेका छौं।

एमाले महाधिवेशनमा २ हजार बढी प्रतिनिधि छन् भने अन्य सहभागीसमेत गर्दा होटलमा बस्नेहरुको संख्या धेरै हुने देखिन्छ। सौराहाका होटलहरुको क्षमता कति हो? यति धेरै पाहुनालाई एकैपटक कसरी व्यवस्थापन गरिरहनु भएको छ?

अहिले सौराहामा संघसँग आबद्ध भएका स्तरीय होटलहरुमा ६५ सय बेडको क्षमता रहेको छ। र, अन्य होमस्टे लगायत गरेर हामीसँग सौराहामा लगभग दशहजार मानिसहरु अट्न सक्ने अवस्था रहेको छ।

हाम्रा एकहजार जति बेडहरु पहिले नै एमालेको कार्यक्रममा चितवनमा हुने तय भएपछि नै बुक भइसकेका थिए। बाँकी रहेका बेडहरु पनि हामीले खुल्ला रुपमा प्रतिनिधिहरुका लागि नै छोडेका थियौं। अहिले सबै बेडहरु मंसिर १० गतेदेखि १३ गतेसम्मका लागि बुक भइसकेका छन्। अब आउने पर्यटकहरुका लागि र अन्य प्रतिनिधिहरुलाई रुम पुर्याउनका लागि पनि समस्या छ। पहिलोचोटी होला सौराहामा यतिधेरै होटल र होमस्टेहरु बुक भएका छन्। 

Ncell 2
Ncell 2

महाधिवेशनबाहेक घुम्न आउने अन्य पयर्टकलाई यो बीचमा कसरी व्यवस्थापन गर्नुहुन्छ?

हो, हामीले अहिले १० देखि १३ गतेसम्मका लागि कुनै पनि बुकिङ्ग लिएका छैनौं। निरन्तर लिने गरेको बुकिङ्गलाई पनि बन्द गरेका छौं। यहाँ हुने गोष्ठि, सम्मेलन, सेमिनार, बिवाह, ब्रतबन्धन लगायतका लागि गरिने कार्यक्रम लिएका छैनौं।

पहिले नै बुक भइसकेकाहरुका लागि पनि हामीले मिल्छ भने केही पर सार्न भनेका छौं। त्यो किनभने भिडभाड हुनुका साथै खोजेको जस्तो आतित्थता दिन नसकिने हुन्छ। त्यसै पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता हुने भएकाले उनीहरुको व्यवस्थापनमा पनि ध्यान दिनुपर्यो। त्यसैले अहिले कसैले तत्काल रुम बुक गर्न चाहे पनि त्यो सम्भव छैन । 

एमालेको महाधिवेशन सौराहामा हुँदै गर्दा यसले भविष्यमा यहाँको पर्यटकीय क्षेत्रको प्रबर्धनमा कस्तो भूमिका खेल्छ?

अहिले यो हाम्रा लागि सूवर्ण अवसर हो। किनभने हामीले यसवर्ष विदेशी पर्यटक आउला भन्ने सोच्न पनि सक्ने अवस्था छैन। किनभने कोरोनाको जोखिम घटि नसकेकाले विदेशी पर्यटक आउन सक्ने माहोल पनि छैन। भारतीय पर्यटक पनि त्यति साह्रो नआइरहेका बेला प्रचार प्रसारगरेर आन्तरिक पर्यटकलाई नै भित्र्याउनुपर्छ र त्यसबाटै व्यवसाय चलाएमान बनाउनुपर्छ भनेर लागि परेका थियौं।

यही बीचमा हामीले घुमौं चितवन भनेर प्रदेश १ र २ मा अभियान लिएर पनि गएका थियौं। हामीले चितवन भरिका पर्यटकीय गन्तव्यलाई चिनाउन लागेका थियौं। अहिले नेकपा एमालेको जुन कार्यक्रम यहाँ राखिएको छ यो हाम्रो क्षेत्रको निःशुल्क रुपमा प्रचार प्रसार गरिदिएको हो भनेका छौं।

हामीले पनि नेकपा एमालेलाई सहुलियत दरमा रुम र खानाको व्यवस्थापन गरिदिएका छौं। यहाँ नेपालभरका विभिन्न ठाउँबाट स्थानीय तहबाट मानिसहरु सहभागी हुन आउँदै हुनुहुन्छ। उहाँहरुले यहाँको वस्तुस्थिति बुझ्नुहुन्छ। यहाँ भएको सन्देश लिएर जानु हुन्छ। त्यसले गर्दा हामीले राम्रो प्रचार प्रसार हुन्छ। 

सौराहाका होटल व्यवसायीहरुको तर्फबाट सहुलियत दरमा कोठाहरु दिने र अन्य व्यवस्थापन कसरी गर्नुभएको छ? 

हामीले सानादेखि ठूला स्तरका होटलमा एउटै मेनु बनाएका छौं। जति पनि प्रतिनिधिहरु आउनुहुन्छ उहाँहरु जुनसुकै होटलमा बसेपनि एउटै किसिमको खाना खानुहुन्छ।  होटल अनुसार खानाको स्वादमा फरक हुन सक्ला तर, प्रकार सबै एउटै हुन्छ।

हामीले ब्रेकफाष्टको मेनु र रुम पनि त्यसै स्तरीयको दिएका छौं। ठूलामा धेरै र सानामा कम रुमहरु होलान् तर, त्यहाँ हरेक प्रतिनिधिहरुका लागि आवश्यक पर्ने व्यवस्था गरेका छौं। सहज परिस्थितिमा जुन हिसाबले दररेट राखेका थियौं त्यो भन्दा निकै सहुलियत रुपमा दिएका छौं।

विगतमा घुमौं चितवनमा जे सहुलियत कायम राखेका थियौं अहिले महाधिवेशनलाई लक्षित गरेर त्यही कायम गरिएको छ। हामीले किन उत्साहित भएर छुट दियौं भन्दा पनि यस्तै छुट अन्य पार्टीहरुलाई पनि दिन्छौं। एमालेलाई दिने अरुलाई नदिने भन्ने होइन। एउटा पार्टी भन्दा पनि हामीले हाम्रो कार्यक्रम हो भनेका छौं।

हामीले स्थानीय, पर्यटन व्यवसायी र होटल व्यवसायीहरुको कार्यक्रम हो भनेर लागि रहेका छौं। यसपालि नेकपा एमालेले एउटा नयाँ सुरुवात पनि गरेको छ। विगतमा धेरै पार्टीका कार्यक्रम गर्यौं। त्यतिखेर कति रुम छुटमा दिनहुन्छ? हामीलाई सहयोग कति गर्नुहुन्छ? भनेर उहाँहरुले भन्नुहुन्थ्यो। कार्यक्रम सम्पन्न भइसकेपछि पनि पैसा लिन गाह्रो हुन्थ्यो। अहिले पनि कति रकम बाँकी नै छ।

पार्टीका कार्यक्रमदेखि आत्तिएको अवस्था थियो। यसपालि नेकपा एमालेले हामीले सोचेको भन्दा छुट्टै वातावरण बनाइदिएको छ। उहाँहरुले हामीलाई तपाईंको रुम निःशुल्क चाहिँदैन। तपाईंहरुको व्यवसाय थलाथला परेको छ। तपाईंहरुलाई अग्रिम भुक्तानी पनि गर्छौं तर, तपाईंहरुले हामीलाई छुट दिनुपर्छ भनेर भन्नुभयो। हामीले त सोचेकै थिएनौं यस्तो किसिमको वातावरण उहाँहरुले बनाइदिनुहुन्छ भनेर। यसले अन्य दलहरुलाई पनि पाठ सिकाएको छ। त्यही भएर हामीले विशेष आभार र धन्यवाद व्यक्त गरेका छौं। उहाँहरुबाट हाम्रो थला परेको पर्यटनलाई उकास्नका लागि ठूलो सहयोग प्राप्त भएको छ। 

एमालेले होटलका लागि तपाईंहरुसँग कति रकममा सम्झौता गरेको हो?

हाम्रो सम्झौता भएको रकम अनुसारको ५० प्रतिशत रकम भुक्तानी भइसकेको छ। बाँकी कार्यक्रम भएको एकहप्ता भित्रमा सम्पूर्ण रकम भुक्तानी गर्ने भन्नु भएको छ।

सम्झौता अनुसारको रकम हामीले पाइसकेका छौं र त्यो रकम यहाँका प्रत्येक होटलहरुलाई रुम अनुसारले वितरण पनि गरिसकेका छौं। हामी र नेकपा एमालेबीच दुई करोड रुपैयाँमा सम्झौता भएको छ। यो भनेको हामीले छुट दिएर एकदमै मिलाएर गरेका हौं। उहाँहरुको पनि कार्यक्रम सञ्चालन राम्रोसँग हुने र हाम्रो पनि व्यवसाय निरन्तर होस् भनेर यस्तो गरिएको हो। 

महाधिवेशनको अवधिमा कति रकमको कारोबार हुने अपेक्षा गर्नु भएको छ?

हामीले लगभग दश करोड बराबरको कारोबार यो तीनदिनमा हुन्छ होला भन्ने अनुमान गरेका छौं। खानपिनदेखि लिएर अन्य पर्यटकीय गतिविधि पनि हुन्छन्। सौराहामा आइसकेपछि हात्ती सफारी गर्नेदेखि लिएर घुम्ने कुराहरु पनि स्वभाविक रुपमा हुन्छ।

यो कार्यक्रमले एउटा चिया व्यवसाय गर्ने व्यक्तिदेखि लिएर तरकारी पसल गर्नेसम्म व्यक्तिको आर्थिक कारोबार हुन्छ। सबै थोकको खपत हुन्छ। सबैले काम पाउँछन्। सबैको व्यापार हुन्छ। चितवनवासीले नै फाइदा लिन सक्छन्। हो क्षणीक रुपमा हामीलाई धेरै फाइदा हुँदैन होला तर दिर्घकालीन रुपमा राम्रो फाइदा दिन्छ।

सौराहाको पर्यटन व्यवसाय माथी उठाउन के कस्ता काम गर्दै हुनुहुन्छ?

कोरोनाको महामारीको समयमा सौराहामा हामी सचेत नै भयौं। सौराहामा कोरोनाका कारणले त्यस्तो असर त गरेको थिएन। कोरोना लागेको वा त्यसबाट मृत्यु भएको विषय पनि हाम्रो अहिलेसम्म रेकर्ड छैन। हामी धेरै नै सचेत भयौं। यहाँका होटलहरु पूर्णरुपमा बन्द गर्यौं। सरकारकाले तोकेको मापदण्ड अनुसार नै होटल सञ्चालन गर्यौं। त्यसपछि हामीले क्षेत्रीय होटल संघको पहलमा खोपको पनि व्यवस्था गर्यौं र यहाँका पर्यटनकर्मी, पर्यटन व्यवसायीदेखि स्थानीयवासीहरुसम्मलाई खोप लगायौं। हामी पूर्ण रुपमा सुरक्षित भएर होटल सञ्चालन गरेका छौं।

कोरोनाबाट विस्तारै होटल खुल्न सुरु भएका छन्। चाडपर्वसँगै चहलपहल बढ्दै थियो। हामी अहिले समय हेरेर बसिरहेका छौं। यहाँ मेला महोत्सव गर्न पाएका थिएनौं। यसवर्ष प्रचार प्रसारमा लागेर आन्तरिक पर्यटक भित्र्याउने अभियान नै हो अबको हाम्रो। त्यसैबाट व्यवसाय चलायमान बनाउने उद्देश्य हो। 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ११:१०
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्