• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भिन्नभिन्न विचारका राजनीतिक दलका बीचमा गठबन्धन हुनै सक्दैन

डा. डिला संग्रौला बुधबार, मंसिर ८, २०७८  १५:०६
1140x725

अहिले नेपालको राजनीति दुईटा कित्तामा ध्रुवीकरण भएको छ। एउटा लोकतान्त्रिक शक्ति र अर्को कम्युनिस्ट शक्ति। नेपालको संविधान २०७२ घोषणा भएपछि नेपालका कम्युनिष्टहरू ध्रुवीकृत हुने क्रम सुरु भयो। विगतमा कम्युनिष्टहरूले लोकतन्त्रलाई आफ्नो प्राप्तिको अभिष्टलाई पूरा गर्न कहिले नेपाली कांग्रेस त, कहिले दरवारनिकट भएर लोकतन्त्रमा विश्वास भएको भन्ने गर्दथे।संविधानको कार्यान्वयनको प्रारम्भिक चरण तीन तहको निर्वाचनसम्म आइपुग्दा, नेपालका ठूला कम्युनिष्ट पार्टीहरू भन्ने वामगठबन्धन गरी चुनावमा गए र प्रचण्ड बहुमत पनि ल्याए।

करिब ३० वर्षसम्म नेपाली कांग्रेससँग लोकतान्त्रिक आन्दोलनमा सहकार्य गरेको तत्कालीन नेकपा एमाले अन्तत्वोगत्वा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसलाई समाप्त पार्नेसम्म उद्घोष गर्दै आएको छ। सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले आफूलाई कम्युनिष्ट तानशाहको रुपमा प्रस्तुत गरेका छन्। नेपाली कांग्रेसले कहिले पनि ध्रुविकरणको स्थान दिएको थिएन तर अब आएर नेपाली कांग्रेसले कम्युनिष्टको अधिनायकवाद र सर्वसत्तावाद विरुद्ध लोकतान्त्रिक मोर्चा गठन गरी देशमा लोकतन्त्रको रक्षा एवं सवलीकरणलाई अगाडि बढाउनुपर्दछ। यसका लागि नेपाली कांग्रेसको मूल मर्म भनेको लोकतान्त्रिक शासन व्यवस्था हो। जसले समृद्धि र स्थायित्व दिनसक्छन् नकि कम्युनिष्ट अधिनायकवादबाट। यसर्थ प्रष्टरुपमा राजनीतिक ध्रुवीकरणले कम्युनिष्टहरू पतनको बाटोमा लागि सकेकाछन्। लोकतन्त्रको विजय सुनिश्चित छ किनकि विश्व नै लोकतन्त्रको पक्षमा छ। हामी सबै लोकतान्त्रवादीहरू एकजुट भई कम्युनिष्ट अधिनायकवादको चरित्रलाई उदाङ्गो पार्नैपर्दछ।

राजनीति शास्त्रको दृष्टिले राजनीतिक दलको मूल आधारभूमि भनेको सिद्धान्त हो। सिद्धान्तका दुई वटा पक्षहरू हुन्छन्। एउटा व्यावहारिक पक्ष र अर्को सैद्धान्तिक पक्ष। नेपाली कांग्रेसको सैद्धान्तिक पक्षसँग विश्वका विभिन्न प्रजातन्त्रवादी मुलुकमा राजनीतिक प्रणालीसँग वैचारिक निकटता, समानान्तरता र एकबद्धता भए पनि साम्प्रदायिकता र एकदलीय अधिनायकवादी चिन्तन बोकेकाहरूसँग यस पृथ्वीमा भएका कुनै पनि लोकतन्त्रवादी शक्तिले चुनावी गठबन्धन गर्दैनन्। लोकतन्त्रवादी र अलोकतान्त्रिकवादीहरूका चुनावी गठबन्धनले रसियामा नेल्सेभीक र बोल्सेभिक जन्मिएको थियो। जसले प्रजातन्त्रवादीहरूलाई सखाप पारेर ७५ वर्ष एकदलीय अधिनायकवादी कम्युनिष्ट शासन पद्धति चलायो। यसरी नै चीनमा जननेता सन्यात्सेनको प्रजातान्त्रिक लडाईंलाई समाप्त पारेर माओ र चाओले चिनियाँ कम्युनिष्ट पार्टी अगाडि बढेको थियो र आज चीनमा एक खर्बभन्दा बढी जनसंख्या भए पनि चिनियाँ कम्युनिष्ट पार्टीको विचारभन्दा बाहेक अर्को कुनै छिर्न पाउँदैन। 

विचार सबै पवित्र हुन्छन् तुलसीका साना ठूला पातजस्तै। तुलसीको पात सानो दिएर ठूलो लिनु र ठूलो दिएर सानो लिनुमा कुनै पनि तात्त्विक अन्तर छैन। 

प्रजातन्त्र स्थापनाका लागि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले पनि नेपालका वामपन्थीहरूलाई प्रजातन्त्रप्रति प्रतिवद्ध गराउन आन्दोलनमा सँगै लिएर हिँडे पनि, नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व गर्छ तर आन्दोलनमा सहकार्य गर्दैन। चुनावमा तालमेल गर्दैनौँ। सत्ता सञ्चालनका लागि शक्ति र आवश्यताअनुसार सहकार्य गर्न सकिन्छ भनेर नेपाली कांग्रेसको नेतृत्व र साहना प्रधानको नेतृत्वको वाममोर्चाले पृष्ठभूमिमा रहेर मात्र सहयोग गरेको थियो। समग्रमा नेतृत्व नेपाली कांग्रेसकै थियो। यस कुरालाई नेपाली कांग्रेसका पछिल्लो तप्काका नेताहरूले बिर्सिएर विपक्षीका उम्मेदवारहरूलाई जिताउनका लागि आफ्ना कार्यकर्ताको हुर्मत काड्नाको परिणाम आज कांग्रेसले भोग्नुपरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अत्यन्त धेरै ठाउँमा कांग्रेसले मार खेप्नुपरे पनि चितवन एउटा जीवन्त भइरहने उदाहरण हो। जसमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेतृत्वको विरोध गरे। सधैँभरि रुख चिन्हमा हालेको मत अन्य चिन्हमा मत हाल्न हातै नलागेको कार्यकर्ताको भनाई चुनावकै समयमा प्रष्ट रुपमा देखिन्थ्यो। यसकारण अब नेपाली कांग्रेसका नेता कार्यकर्ताले बाघ र बाख्राको साँठगाँठ हुन सक्दैन भन्ने कुरा राम्ररी बुझ्नुपर्दछ। अर्को दृष्टिले हेर्दा सत्ताको निमित्त राजनीतिक सम्भौता हुन सक्दछन्। 

आन्दोलन सफल पार्नका लागि आफ्नो नेतृत्वमा अरु राजनीतिक दलको पनि सहयोग लिन सकिन्छ तर चुनाव भनेको व्यक्तिको मतको आधारमा लडिने हो। मतलाई विचारले प्रभाव पार्दछ। विचार भनेको दर्शन हो। जसरी एउटा म्यानमा २ वटा तरवार राख्न सकिँदैन, त्यसरी नै भिन्नभिन्न विचारका राजनीतिक दलका बीचमा गठबन्धन हुनैसक्दैन। किनकि एकै समयमा दिन पनि रात पनि हुँदैन। आगो र पानी एकै ठाउँमा रहन सक्दैनन्। 

विचार सबै पवित्र हुन्छन् तुलसीका साना ठूला पातजस्तै। तुलसीको पात सानो दिएर ठूलो लिनु र ठूलो दिएर सानो लिनुमा कुनै पनि तात्त्विक अन्तर छैन। 

दार्शनिक र वैचारिक दृष्टिले कुनै पनि एउटा राजनीतिक दलको अर्को राजनीतिक दलसँग मतदान कार्यमा सहभागिता हुन सक्दैन। यो सबै गलत हो। यस किसिमका गलत क्रियाकलाप गर्नाले विसं २००७, २०१६, २०३६ र २०४७ सम्म एकछापे नेपाली कांग्रेसलाई मत दिएका नेपाली जनताले यस्तै ढुलमुले चरित्रका कारण कम्युनिष्टलाई भोट हाल्न पुगे। क्षेत्रीयतावादी पार्टीहरू जन्मिए। जातियवादी पार्टी जन्मिए। मुलकलाई टुक्रा टुक्रा पार्ने अभिलक्षणहरू देखिए। प्रजातन्त्र र जनजीविका कुराहरू कमजोर भएर गए। वैचारिक पवित्रता र राजनीतिक चरित्रमा ठूलो विचलन आयो। फलतः आज भ्रष्टाचार नगर्ने, घुस नखाने, आफ्ना पसिनाले गरेको आर्जनमा विश्वासमा बाँच्न चाहने मान्छे बाँच्न नसक्ने अवस्थामा पुर्‍याइयो। 

आज मुलुकमा भएका भ्रष्टाचारको कुरो चल्दा सबै पार्टीका प्राय: नेताहरूको नाम किन आउँछ? यही हो आदर्श? यही हो राजनीतिक चरित्र? यस्तै कुरा पाउनका लागि हाम्रा युवाले दशकौँ संघर्ष गरेका थिए? यसको जवाफ कसले दिने? त्यो अपवित्र गठबन्धनकारी व्यक्ति होस्, समूह होस् वा सिङ्गो परम्परा होस् त्यसलाई न्यायिक कठघारामा उभ्याउन सक्नुपर्दछ। आजको दिनमा नेपाली कांग्रेस आचरण अपवित्रता, कमजोर वैचारिक धरातल, लोभीपापी र पार्टीमा नाफाखोरहरूको घुसपैठ आदिको कारणले कमजोर बन्न पुगेको अवस्था छ।

आस्थावान कार्यकर्ताहरू निराश भए, वैचारिक यात्रा लेनदेनमा परिणत भयो र हामी सबै आज यो अवस्थामा आइपुग्यौं। त्यसलै आजको विन्दुमा पुगेर हामी कांग्रेसीजनले भन्नुपर्दछ। सम्पूर्ण कांग्रेसीहरू उठौँ, बिउझौँँ, जागौँ र  केही गरौँ, केही नगर्ने भए त हामी मरेतुल्य नै भइहाल्यौँ नि !

(यो आलेख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले प्रकाशित गरेको ‘कांग्रेसको अबको बाटो’ पुस्तकको अंश हो।)

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्