काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश राणाले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।
तर, नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गर्दै उनकाे पत्र खारेज गर्दै आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको हो।
यस्तो छ एकहप्ते विरोधको कार्यक्रम
आइतबार – अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दा नहेर्ने ।
सोमबार– संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने ।
मंगलबार– अदालतमा कुनै पनि मुद्दाहरु दर्ता नगर्ने ।
बुधबार– देशभरिका १८ वटै उच्च अदालतहरूमा बारका केन्द्रीय प्रतिनिधिहरू पठाएर वृहत् विरोध सभा गर्ने ।
बिहीबार र शुक्रबार– विरोधका कार्यक्रमहरुलाई निरन्तरता दिने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।