काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नुको कुनै औचित्य नरहेको भन्दै उनकाे प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेकाे छ।
नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गर्दै उनकाे पत्र खारेज गर्ने निर्णय गरेकाे हो ।
शुक्रबार प्रधानन्यायाधीश राणाले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्तामा आउन पत्र पठाएका थिए।
प्रधानन्यायाधीश राणाले वार्ताका लागि पठाएको पत्रबारे निर्णय गर्दै बारले कानुन व्यवायीमाथि भैरहेको दमन र धम्कीप्रति खेदसमेत व्यक्त गरेको छ।
कानुन व्यवसायीहरुले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणबाहेका मुद्दामा बहस नगर्ने निर्णयसमेत गरेको छ।
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलल अनुसार कानुन व्यवसायीमाथिको आक्रमणविरुद्धमा देशैभरी बन्दी प्रत्यक्षीकरणबाहेक बहस नगर्ने निर्णय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।