काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसियसनलाई वार्ताका लागि आह्वान गरेका छन्।
उनले शुक्रबार नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका हुन्।
नेपाल बारका महासचिव लिलामणि पौडैलले प्रधानन्यायाधीश जबराबाट पत्र प्राप्त भएको जानकारी दिए। बारले छलफलपछि जवाफ दिने वा नदिने निर्णय लिने उनले बताए।
बारले आज दिउँसो ३ बजेसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई 'अल्टिमेटम' दिएको थियो। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने बारका अध्यक्ष श्रेष्ठले चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।