काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले विविध कठिनाइका बाबजुद घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको दाबी गरेका छन्।
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको घटना दर्ता तथा तथ्याङ्क व्यावस्थापनसन्बन्धी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाणले आफूहरुले सन् २०२४ सम्म घटना दर्तालाई शतप्रतिशत पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम काम गरिरहेको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले घटना दर्ता तथा तथ्याङ्क व्यवस्थापन सन्बम्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताए।
एसिया तथा प्रशान्त क्षेत्रका २ दर्जन बढी सदस्य राष्ट्रहरूको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाणले सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा घटना दर्ता तथा तथ्याङ्क व्यावस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताए
सबै नेपालीको समयमा नै जनसांख्यिक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न घटना दर्ता तथा तथ्याङ्क व्यावस्थापन प्रणाली आधारको रूपमा रहने बताउँदै खाणले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए।
सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समिक्षा गर्न सम्मेलन आयोजना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।