काठमाडौं- तरलताको समस्या झेलिरहेका वाणिज्य बैंकहरुले निक्षेप संकलन घट्दा पनि कर्जा लगानी बढाएका छन्।
नेपाल बैंकर्स संघका अनुसार असोज ३१ देखि कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ। कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्। यसअघि असोज मसान्तसम्म बैंकहरुले संकलन गरेको निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ थियो।
यता, असोज ३१ देखि कात्तिक ३० गतेको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३६ अर्ब १२ रुपैयाँले बढेको तथ्यांक छ।
संघका अनुसार कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। असोज ३१ गतेसम्म कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।