काठमाडौं- नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ तोकिएको छ। बिहीबार ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी तेजाबी सुनको मूल्य आज प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।