काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएका छन्।
यसका लागि नेपाल बार एसोसिएसनले बार सल्लाहकार र पदाधिकारीको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे बार भवन राम शाह पथमा बस्नेछ।
आन्दोलनलाई देशव्यापी र थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।
बारले आज दिउँसो ३ बजेसम्म राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई 'अल्टिमेटम' दिएको छ। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।