काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधिहरुको निर्वाचनको मिति सरेको छ।
केन्द्रीय निर्वाचन समिति संयोजक हरिबहादुर बस्नेतले विज्ञप्ति जारी गरेर प्रतिनिधिको निर्वाचन सरेको जानकारी दिए।
मंसिर ३, ४ र ५ गते तोकिएको मिति परिवर्तन गरी नयाँ मिति तोकिएको छ। संयोजक बस्नेतका अनुसार आगामी मंसिर ६, ७ र ८ गतेका लागि नयाँ मिति तोकिएको छ।
९ गतेका लागि निर्वाचन महाधिवेशन प्रतिनिधिको नामावली राप्रपा केन्द्रीय सचिवालयमा पठाउन सचिवालय मार्फत् सबै जिल्ला निर्वाचन समितिलाई निर्देशन पनि दिइएको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।