काठमाडौं- नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले कुनै एक व्यक्तिको मनोकांक्षा पूरा गर्नका लागि कानुन व्यवसायीमाथि निर्लज्जतापूर्वक दमन गरिएको आरोप लगाएकी छन्।
बिहीबार सर्वोच्च अदालत परिसरमा धर्नामा बसेकामाथि प्रहरीले दमन गरेको बिरोधमा नेपाल बारले आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा उपाध्यक्ष बस्यालले आन्दोलनको आवाजलाई दबाउनका लागि बुट र लाठीको प्रयो गरिएको बताइन्।
आफूहरु न्यायालय सुधारको लागि आन्दोलनमा उत्रिएको भन्दै उनले व्यक्तिको राजीनामा भन्दा पनि अदालतको बाधकका रुपमा रहेका प्रधानन्यायाधीशको राजीनामा माग गरेको बताइन्।
'सर्वोच्च अदालतको बाधकका रुपमा रहेका प्रधानन्यायाधीशको राजीनामा मागिरहेका छौं। यो भनेको न्यायापालिकाको सुधारका लागि गरिएको हो। सुधारमा प्रधानन्यायाधीश नै बाधक भएका कारणले हामीले आन्दोलनलाई अघि बढाएका हौं' उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।