काठमाडौं- छिमेकी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
छिमेकी लघुवित्तको मंसिर १ गते बुधबार बसेको सञ्चालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु एक अर्ब त्रियासी करोड रुपैयाँको वोनश सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव र अन्तिम लेखा परीक्षण प्रतिवेदन स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको जनाएको छ।
लघुवित्तले वोनश सेयर २७ प्रतिशत, नगद लाभांश ३ प्रतिशत गरि कुल लाभांश ३० प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।