रोल्पा- रोल्पाका एक युवा व्यवसायी लगातार छैटौँपटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन्।
रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँपटक सम्मानित भएका हुन्।
करदाता सेवा कार्यालय प्युठानले डाँगीलाई आर्थिक वर्ष २०७६/७७ मा रोल्पाकै सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रुपमा सम्मान गरेसँगै उनी लगातार छैटौँपटक सम्मानित भएका हुन्। रोल्पा–४ स्थित शुभम ट्रेडर्सका प्रोपराइटर डाँगीले हार्डवयरका साथै निर्माण व्यवसाय काम गर्छन्।
डाँगी आर्थिक वर्ष २०७१/७२ देखि लगातार जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा सम्मानित हुँदै आएका हुन्। राज्यलाई जिल्लाबाटै सबैभन्दा बढी कर तिरेर सम्मानित भएकामा आफूलाई गर्व लागेको युवा व्यवसायी डाँगीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।