काठमाडौं- मिर्मिरे लघुवित्तले एफपीओ निष्कासनका लागि अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ। मिर्मिरेले ५१ हजार ३१६ कित्ता एफपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो।
कम्पनीले १०० रुपैयाँ दरमा ७७ रुपैयाँ आठ पैसा प्रिमियम जोडेर प्रतिकित्ता १७७ रुपैयाँ आठ पैसामा एफपीओ बिक्री गर्ने अनुमति माग गरेको छ। बोर्डबाट अनुमति पाएपछि एफपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ।
साथै, एफपीओ निष्कासन कार्यकै लागि मिर्मिरेले नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।