काठमाडौं- सर्वोच्च अदालतमा जारी गतिरोध अन्त्य गर्न निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र आन्दोलनरत न्यायाधीशलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार ४०० सय जना कर्मचारीको हस्ताक्षरसहित २३ दिनदेखि सर्वोच्चमा चलिरहेको गतिरोधको अविलम्ब निकास निकाल्नका लागि उक्त ज्ञापनपत्र बुझाएका हुन्।
प्रधानन्यायाधीश राणाको राजीनमा माग्दै गत ८ कात्तिकदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन्। २३ दिनदेखि सुनुवाइ अवरुद्ध हुँदा जनताको न्याय पाउने हकमा अवरोध सिर्जना भएको ठहर गर्दै युनियनले ध्यानाकर्षण गराएको हो।
ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले निकासका लागि गम्भिर भएर छलफल भइरहेको जवाफ दिएका छन्।
त्यस्तै, आन्दोलनर न्यायाधीशका तर्फबाट न्यायाधीश दिपककुमार कार्कीले निकासका लागि फूलकोर्ट बसेर गोलाप्रथाद्वारा मुद्दा हेर्न नियमावली संशोधन गर्नुपर्ने भएकोले त्यसका लागि तयारी भइरहेको जवाफ दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।