काठमाडौं- दशरथचन्द नगरपालिकाले नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न परिपत्र गरेको छ।
सदरमुकाम आसपासका चार विद्यालयलाई पत्राचार गर्दै तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको हो।
नगरप्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा नगरपालिकाका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई छुट्टी दिई भवन र फर्निचर उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
स्थानीय बिदामा कटाउने गरी ३ दिन कांग्रेस अधिवेशनको लागि विद्यालय बन्द गर्ने भनेर पत्र पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।