काठमाडौं- मौद्रिक नीति (प्रथम त्रैमासिक) समीक्षाका लागि नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई ८ बुँदे सुझाव दिएको छ।
संघले पछिल्लो समय देखिएको तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो र तरलता रेसियो तथा सीआरआर लगायतका विषयमा केही लचकता अपनाउन सुझाव दिएको हो।
यस्तै,ब्याजदर अन्तर, सेवा शुल्क तथा आधार दरका व्यवस्थाहरू तथा सुत्र/विधि पुनरवलोकन गर्न, निर्देशित क्षेत्रमा लगानी गर्नुपर्ने सीमामा केही लचकता अपनाउन सुझाव दिइएको छ।
यस्तै, संघले एसएमई बोन्ड, परिवर्तनीय ऋणपत्र, स्थायी ऋणपत्रजस्ता वित्तीय उपकरणहरु जारीका लागि उचित व्यवस्था गर्न, पुनरकर्जामा प्रदान गरिने ब्याजदर अन्तर पुनरवलोकन गर्न, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज प्राप्त हुनेगरी लगानी गर्न सकिने व्यवस्था गर्न भनेको छ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न, फिन्टिच कम्पनीलाई सहायक कम्पनीको रुपमा स्थापनाका लागि उचित नीति तयार गर्न र बैंकहरुले वित्तीय साक्षरतालगायत बैंकिङ प्रवर्द्धनका लागि आर्थिक सहयोग प्रदान गरेमा सो खर्च बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समावेश गराउन पाउने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुभाव दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।