फाइल तस्बिर।
काठमाडौं- नियमित मुद्दाको सुनुवाइमा फर्केका पाँच न्यायाधीशहरूले आफूहरू नेपाल बार र अन्य न्यायाधीशहरूसँगै रहेको बताएका छन्।
आफूहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको पक्षमै रहेको तर, जनताको मुद्दा सुनुवाइ नगर्दा झन् अन्याय गरेको महसुस भएकाले केही मुद्दामा सुनुवाइ गर्न थालेको उनीहरुले बताएका छन्।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेका अनुसार नेपाल बारसँगको बुधबारको छलफलमा विद्रोह गरेको भनिएका पाँच न्यायाधीशहरुले आफूहरु सर्वोच्चका बाँकी न्यायाधीशसँगै रहेको बताएका हुन्।
उनीहरुले आफूहरु पनि प्रधानन्यायाधीश राणाको बर्हिगमनकै पक्षमा रहेको प्रतिवद्धता दोहोर्याएका छन् । उनीहरुले लामो समय मुद्दाको सुनुवाइ नहुदाँ जनतालाई सास्ती भएका सांकेतिक रुपमा सुनुवाइमा फर्केको बताएका छन्।
न्यायाधीशहरू तेजबहादुर केसी, कुमार चुडाल, कुमार रेग्मी, मनोज शर्मा र बमकुमार श्रेष्ठ सोमबारदेखि नियमित इजलासमा फर्किएका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।