काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न अनुरोध गरेको छ। महासंघले अदालतको गरिमा रक्षा गर्न पनि आग्रह गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले नेपाल बार एशोसिएसन र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै उच्च नैतिकता देखाउन, गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालयको नेतृत्व (प्रधानन्यायाधीश)लाई आग्रह गरेको हो।
न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा पनि जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले 'आश्चर्यजनक मौनता' देखाएको भन्दै महासंघले संसद र दलहरुको मौनातप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले न्यायालयमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरता लिन पनि संसद्, सरकार र राजनीतिक दलसँग अपिल गरेको छ।
महासंघले आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पुर्याउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।