फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आगामी १०औं राष्ट्रिय महाधिवेशनमा कुनै प्यानल नबन्ने बताएका छन्।
बुधबार बागमती प्रदेश कमिटीस्तरीय महाधिवेशन जनपरिचालन बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘प्यानल बन्ने छैन। लिस्ट बाँडिने छैन। यो ग्यारेण्टी हो। प्यानल बन्दैन,’ उनले भने,‘व्यक्तिगत हिसाबले कोही प्रतिस्पर्धा गर्ने भए गर्नुहुन्छ।’
उनले एमालेको महाधिवेशनमा जनताको उपस्थिति भौतिकमात्रै नभइ एमालेले लिएको अभियान सफल बनाउनका लागि हुने बताए।
‘एमालेलाई कसैले कमजोर नठाने हुन्छ अहिलेको महाधिवेशन आगामी निर्वाचनलाई लक्षित गरेर पनि तयारी गरिएको छ,’ उनले भने, ‘एमालेलाई अझ सशक्त बनाएर लैजानुपर्छ।’ उनले एमालेको नेतृत्व सहमतिका साथ नै अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।