एमाले नेता रामबहादुर थापा, फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह (सभा)मा ५ लाख सर्वसाधारणलाई उतार्ने लक्ष्य राखिएको छ। चितवनमा हुने महाधिवेशनको उद्घाटन सभामा सबैभन्दा बढी बागमती प्रदेशबाट सर्वसाधारणलाई उतारिने बताइएको छ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीले महाधिवेशन उद्घाटन सभामा अढाइ लाख जनसमुदाय उपस्थित गराउने दाबी गरेको छ।
एमाले बागमती प्रदेशका इन्चार्ज एवम् महाधिवेशन मूल आयोजक कमिटीका संयोजक रामबहादुर थापाले महाधिवेशन उद्घाटन सभामा आधा जनसमुदाय बागमती प्रदेशबाट उपस्थित गराइने बताए।
‘पाँच लाख मध्ये अढाइ लाख बागमती प्रदेशबाट नै सहभागी हुन्छन्,’ उनले भने, ‘त्यसअनुसार हामीले तयारी गरिरहेका छौं।’
उनले अहिलेको महाधिवेशन केवल नेतृत्व चयन मात्रै नभएर आगामी निर्वाचनको तयारीका लागि पनि भएको बताए।
महाधिवेशनले सही नेतृत्व चयन गर्ने लक्ष्य समेत भएको भन्दै थापाले महाधिवेशन भव्य रुपमा सफल बनाउने हिसाबले तयारी भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।