काठमाडौं– प्रदेश १ मा प्रमुख प्रतिपक्ष दलको हैसियतमा पुगेको एमालेले समयक्रममा संसद्मा बहुमत पुर्याउने दाबी गरेको छ।
प्रदेश सांसद तथा केन्द्रीय सदस्य हिक्मत कुमार कार्कीले प्रदेश सभामा संघदेखि प्रदेशमा सरकार बनाउन संख्या पुर्याउने दाबी गरे।
बुधबार मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठकमा उनले भने, ‘प्रदेश सभामा तपाईंहरुकै हारहारी सांसद एमालेसँग छ। समयक्रमा सरकारका लागि संख्या पुर्याउँला संघदेखि प्रदेशमा।’
एमाले महाधिवेशन केन्द्रित रहिरहेका बेला विश्वासको लिनका लागि हतारिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। एमालेको महाधिवेशन पछि विश्वासको मत लिनुपर्नेमा सत्ता पक्ष हतारिएको उनले बताए।
‘सांसदलाई टिकाइराख्न गाह्रो लाग्छ कि भनेर पो हो कि!’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।