काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रमुख प्रतिपक्ष दल एमालेका सांसदले पनि विश्वासको मत दिने आशा राखेका छन्।
प्रमुख प्रतिपक्षले समर्थन गर्ने मनसायले नै मंगलबारको बैठक स्थगन गर्न माग गरिएको आफूले बुझेको राईले बताए। पूर्ववर्ती सरकारले संविधान मिचेर बनेकाले भीम आचार्यको सरकारलाई समर्थन गर्न नसकिएको उनले सदनलाई जानकारी दिए।
‘विशिष्ट राजनीति परिस्थितिले यो सरकार बनेको हो। संविधानले व्यवस्था गरेका जनअधिकारलाई कमजोर बनाउने कार्यले विभाजित हुने अवस्थामा हामी पुग्यौं’, राईले भने।
राजनीतिक ध्रुवीकरणलाई हटाउँदै मिलेर जानका लागि उनले विपक्षी दलसँग आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।