काठमाडौं- आन्तरिक राजस्व विभागले १०औं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ।
बुधबार आयोजित एक कार्यक्रमबीच विभागले गत वर्ष संस्थागततर्फ संस्थागततर्फ नेपाल टेलिकम र व्यक्तिगततर्फ सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर जबराले सर्वाधिक कर तिरेको भन्दै सम्मान गरेको हो।
विभागले कृषितर्फ पूर्वाञ्चल एग्रोटेक, स्वास्थ्य तथा शिक्षा सेवा क्षेत्रतर्फ नोबेल अस्पताल र पर्यटनतर्फ तारागाउँ रिजेन्सीलाई सम्मानित गरेको छ।
त्यस्तै, वाणिज्य बैंकतर्फ नबिल बैंक लिमिटेड र बिमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएका छन्। सहकारी तथा लघुवित्ततर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाका रुपमा छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ।
जलविद्युत् आयोजनातर्फ हिमाल पावर लिमिटेड र निर्यातमूलक उद्योगमा बढी कर तिर्नेमा डाबर नेपाल प्रालि सम्मानित भएका छन्। त्यस्तै, व्यापारतर्फ भाटभटेनी र विशेष उद्योगतर्फ एशियन पेन्ट्सलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।