काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भ्रष्ट्राचारको प्रमाणसहित महाभियोग दर्ता गर्न भनेका हुन्। उनले सत्ता गठबन्धन दलको बैठक बसेको जानकारी पाएको बताउँदै अब महाभियोगमा अघि बढ्न भनेका हुन्।
उनले आन्दोलन टुंगोमा नपुगी इजलास फर्किने न्यायाधीशहरूमाथि पनि प्रश्न उठाए। 'घुस खाने प्रधानन्यायाधीशसँग बस्ने न्यायाधीश पनि दूषीत हुन्। इजलाज जाने न्यायाधीशलाई फैसला गरेर देखाउन चुनौती दिन चाहन्छु', थापाले भने।
उनले प्रधानन्यायाधीशसहित आफूहरू पनि सम्पत्ति छानबिनमा सहभागी हुन तयार रहेको बताए।
'सर्वोच्चका न्यायाधीशहरु न्यायको खरिद बिक्री गर्ने, राजनीतिक नियुक्ति लिएको कुरा उठाउनुस्। हाम्रो वकिल बिचौलियाका कुरा हरिकृष्ण कार्कीको प्रतिवेदनमा छ', उनले भने, 'प्रधानन्यायाधीशज्यू आउनुस्। सबै भ्रष्टाचार छानबिन गरौं। बारका अध्यक्ष वा पूर्वअध्यक्ष सबैमाथि छानबिन गर्न तयार छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।