काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ तोकिएको छ। मङ्गलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको छ। मङ्गलबार चाँदी प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला एक हजार २९० मा रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।