काठमाडौं– मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश परिमार्जन गरेको हो।
परिमार्जित लाभांश अनुसार अब बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
यसअघि बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १२.०७ प्रतिशत दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।