काठमाडौं– मंगलबार उच्च अंकले बढेको नेप्से बुधवारको प्रि–ओपन सेसनमा १० दशमलव ६१ अंक बढेको छ।
आजको प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९५ दशमलव १९ बिन्दुमा पुगेको हो। आजको उक्त सेसनमा ४३ कम्पनीको १६ हजार ४०६ कित्ता सेयर कारोार भउको छ।
कुल ८१ लाख ९६ हजार २९१ रुपैयाँको कारोबार भएको उक्त सेसनमा सर्वाधिक सेयर खरीदविक्री नेशनल हाइड्रोपावरको भएको छ।
कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने पाँच वटाको मूल्य घटेको छ। सो सेसनमा चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।