काठमाडौं- अमेरिकालाई पछाडि पार्दै चीन विश्वको सबैभन्दा धनी देश बनेको छ।
पछिल्लो २० वर्षमा चीनको सम्पत्ति निकै बढेको छ। जबकी अमेरिकाको सम्पत्तिमा त्यति धेरै बढोत्तरी नभएको जनाइएको छ।
ब्लूमबर्गले म्याकिन्जी एण्ड कम्पनीले सार्वजनिक गरेको एक रिपोर्टलाई उदृत गर्दै जनाए अनुसार पछिल्लो दुई दशकमा विश्वको सम्पत्ति ३ गुणा बढेको छ र, त्यसमा चीनको हिस्सेदारी एक तिहाई अर्थात् करिब ३३ प्रतिशत रहेको छ। यस हिसाबमा चीनको सम्पत्ति दुई दशकमा १६ गुणा वृद्धि भएको रिपोर्टमा जनाइएको छ।
रिपोर्टका अनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो, जो २०२० मा बढेर ५१४ ट्रिलियन डलर भएको छ। तर, यसमा एक तिहाई हिस्सा चीनको मात्र छ।
कम्पनीले विश्वको ६० प्रतिशत आय राख्ने शीर्ष १० देशको व्यालेन्स सिटको जाँच गरेर यो रिपोर्ट तयार गरेको जनाइएको छ।
विश्वको दुई ठूलो अर्थ व्यवस्थामा रहेको अमेरिका र चीन दुवै देशमा केही मानिसले सम्पत्तिमाथि कब्जा जमाएर बसेका छन्। रिपोर्टका अनुसार दुवै देशमा दुई तिहाइ भन्दा धेरै सम्पत्तिको स्वामित्व १० प्रतिशत धनी परिवारसँग रहेको छ।
रिपोर्टका अनुसार विश्व व्यापार संगठनमा सहभागी हुनुभन्दा एक वर्ष पहिला चीनको सम्पत्ति ७ अर्ब डलर बाट बढेर १२० ट्रिलियन डलर भएको थियो। पछिल्लो २० वर्षमा चीनको सम्पत्तिमा ११३ खर्ब डलरको बढोत्तरी भएको छ।
यससँगै चीनले अमेरिकालाई पछि पारेर विश्वको सबै भन्दा धनी देश बनेको छ। यस अवधिमा अमेरिकाको सम्पत्तिमा ९० खर्ब डलरको वृद्धि भएको छ।
सन् २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर आकलन गरिएको थियो। तर २० वर्षमा अमेरिकाको सम्पत्ति केबल दुई गुणामात्र वृद्धि भएको छ। रिपोर्टका अनुसार अमेरिकामा शम्पत्ति को दाममा बढोत्तरी नुहँदा चीनको तुलनामा सम्पत्ति कम भएको छ र शीर्ष स्थान गुमाएको छ।
रिपोर्टका अनुसार विश्वको ६८ प्रतिशत सम्पत्ति रियल स्टेटमा लगानी गरिएको छ। बाँकी सम्पत्ति प्रोपर्टी इन्फ्रास्ट्रक्चर, मेसिनरी एण्ड इक्विवपमेन्ट, इन्टलेक्चुअल प्रोपर्टी र पेटेन्टस्मा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।