काठमाडौं- आर्मिनिया र अजरबैजानकाबीच सीमामा मंगलबार सैन्य झडप भएको थियो। दुबै देशले यसका लागि एक अर्काकामाथि जिम्मेवार भएको आरोप लगाएका थिए।
यसपछि रूस र आर्मिनियाका रक्षा मन्त्रालयले अब सीमामा संघर्ष बन्द भएको बताएका छन्। गत वर्ष दुवै देशबीचमा नार्गोनो-काराबाखमा ६ हप्तासम्म लडाइ भएको थियो।
रूसको रक्षा मन्त्रालयले लिखित बयानमा अजरबैजान र आर्मिनियाले आफ्नो सीमामा स्थिति नियन्त्रणमा लिय यस्तो कदम उठाएको जनाएको छ।
काराकिलिसमा संघर्ष बन्द भएको छ र अहिले स्थिति समान्य भएको छ।
आर्मिनियाको रक्षा मन्त्रालयले भनेको छ, "रूसको मध्यस्थताबाट साँझ साढे ५ बजेबाट अजरबैजान-आर्मिनिया सीमामा संघर्ष विरामको घोषणा भएको छ।"
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।