काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा देउराली लघुवित्त वित्तीय संस्था गाभिएको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित आरम्भ र रुपेन्देहीको बुटवल उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त उक आपसमा गाभिएर मंगलबारदेखि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो।
एकीकृत कारोबार सुरु भएपश्चात संस्थाको चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार र सदस्य संख्या ५२ हजार ४१९ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। संस्थामा ९२ हजार ९५२ ऋणी छन् । यसमा आवद्ध ५२ हजार ९५२ को बचत परिचालन रु एक अर्ब ४७ करोड ६५ लाख ५७ हजार रहेको छ।
संस्थाको रु पाँच अर्ब ३२ करोड २४ लाख कर्जा लगानी रहेको जनाइएको छ । एकीकृत कारोबारपछि संस्थाले ५२ जिल्लामा १४९ शाखामार्फत सेवा दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।