काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावल पक्षले कैलाली क्षेत्र नं २ मा समानान्तर रुपमा महाधिवेशन प्रतिनिधि चयन गर्ने तयारी गरेको छ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले मंगलबार सार्वजनिक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधि चयन गर्ने बताएका हुन्।
महाधिवेशन प्रतिनिधि चयनका लागि भन्दै बुधबार १० बजेका लागि भेला बोलाएको रावल पक्षका नेथता बजगाईँले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
कैलालीको लम्कीस्थित टिकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले भेला बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।