हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था ४ महिनादेखि बन्द छ। यहाँ कार्यरत दुई कर्मचारी (स्वास्थ्यकर्मी)ले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो।
कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए।
गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन्। स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल धाउन बाध्य छन्।
'सामान्य बिरामी हुँदा पनि घण्टौं हिँड्नुपर्ने बाध्यता छ,' उनले भने। स्वास्थ्य चौकीका लागि प्रदेश सरकारले एक एक अहेब र अनमी खटाएको छ।
उनीहरुले तलब पाउन नसक्दा काम गर्न छाडेका हुन्। खर्पेगाउँ स्वास्थ्य चौकीबाट एक कर्मचारी खटाए पनि उनले काम गर्न सकेका छैनन्।
प्रदेश सरकारले साउनदेखि तलब दिन नसक्दा स्वास्थ्यकर्मी बेरोजगार बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।