• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बलिउडमा भारतीय पत्रकारको चित्रण : धूर्त, टीआरपी लोभी र मुर्ख

शेखर गुप्ता मंगलबार, कात्तिक २३, २०७८  ०९:२०
1140x725
चित्र : प्राजना घोष/दि प्रिन्ट

आजभोलिका सम्पादक ‘नटग्राफ’ को माग गर्छन्, अर्थात् तपाईं आफ्नो लेखको सारांश पहिलो अनुच्छेदमा नै दिनुहोस्। त्यसैले, यो लेखको नटग्राफ यहाँ उल्लेख छ– पछिल्ला दशकहरुमा पत्रकारबारे बलिउड र लोकसंस्कृतिको नजर धेरै बदलिएको छ। सन् १९५० को दशकमा उनीहरुलाई बदमाशहरुको खेल खत्तम गर्ने र हिरोइनको दिल जित्ने राम्रा मानिसको रुपमा चित्रण गरिएको थियो। तर, पछि आएर धूर्त, षड्यन्त्रकारी, टीआरपीका लोभी र लगभग जोकरको रुपमा पेश गर्न थालिएको छ।

आखिर यो बदलाव कसरी र किन आयो? प्रायः हिन्दी फिल्मले जनताको मुड र समाजमा भइरहेको परिवर्तनलाई पहिले नै थाहा पाउँछ भन्ने गरिन्छ। जसकारण सन् १९५० र १९६० को दशकका सिनेमा समाजवादी थिए। सन् १९७० को दशकमा सिनेमाहरु लोकलाई आकर्षित गर्ने किसिमका थिए। तर, आर्थिक सुधारहरुपछि त हिन्दी सिनेमामा धनी मानिसहरुको अकल्पनीय सहरी रमझममा अल्झिन पुगेको छ।

लकडाउनमा भएका दुई घटनाले यी विचार मेरो दिमागमा आएका हुन्। एउटा, हामीले पहिले नै आफ्नो घरमा स्मार्ट टीभी ल्याएका थियौं। दोस्रो, हामीले ओटीटी (ओभर द टप) माध्यमहरुको प्रयोग गर्न सुरु गर्‍यौँ। हामीले सामान्य टेलीश्रृङ्खलाहरुबाहेक सन् १९५० र १९६० को दशकमा त्यस्ता क्लासिक फिल्म हेर्न पायौं, जुन कहिल्यै हेर्न पाएका थिएनौं। वा बाल्यकालमा हेरेको भए पनि हामीलाई केही याद थिएन। फिल्मको चयन अनियमित रुपमा गरिएका थिए अथवा लोकप्रिय फिल्मी गीतहरुको आधारमा गरिएका थिए, जुन गीत त्यो समयका पुस्ताहरुले गुनगुनाइरहेका थिए।

त्यसैले, मैले छानेको पहिलो फिल्म हो १९५८ मा प्रदर्शनमा आएको राज खोसलको ‘कालापानी।’ यसको छनोट दुई यादगार गीतहरु ‘हम बेखुदी में तुमको पुकारे चले गए’ र ‘अच्छा जी मैं हारी चलो मान जाओ ना’का कारण हो। यसमा नायक देवानन्द पत्रकार बनेका छन्, जो एक नर्तकीको हत्याको झूटो आरोपमा जन्मकैदको सजाय भोगिरहेका आफ्नो बुबालाई छुटाउन चाहन्छन्।

उनी बम्बईबाट हैदराबाद पुग्छन्। पुराना पत्रिकाहरु हेर्न पत्रिकाको एक कार्यलयमा पुग्छन्। पत्रकारिताको दृष्टिबाट यो निकै रोचक घटना हो, किनकि यो पत्रिकामा मधुबाला रिपोर्टरको काम गरिरहेकी हुन्छिन्। अब तपाईं कल्पना गर्न सक्नुहुन्छ, कहानी कसरी अघि बढ्छ र दुई पत्रकारको कसरी जीत हुन्छ।

देवानन्द सन् १९५६ को गुरुदत्तको निर्देशनमा बनेको फिल्म ‘सीआईडी’मा पनि नायकको भूमिकामा छन्। यो फिल्म पनि ‘ले के पहला पहला प्यार’, ‘जाता कहाँ है दिवाने, सब कुछ यहाँ हे सनम’, ‘कहीं पे निगाहें कहीं पे निशाना’ र ‘आँखों ही आँखों मे इशारा हो गया’ जस्ता गीतका कारण अमर भएको छ। देवानन्द यो फिल्ममा पत्रकार नभएर एक ईमान्दार सीआइडी इन्स्पेक्टर बनेका छन् र उनी यति निडर छन् कि आफ्ना कमिश्नरकी छोरी रेशा, जसको भूमिकामा शकीलाले अभिनय गरेकी छिन्, को पछि लाग्छन्। 

तर, यसको कहानीको केन्द्रमा एक कुशल सम्पादक छन्, श्रीवास्तव। उनी धम्की र प्रलोभनलाई अस्वीकार गर्दै माफियाको पछि लाग्छन्। देवानन्दलाई हत्यारा र मास्टरमाइण्डलाई पक्रिने जिम्मेवारी दिइएको हुन्छ। उनलाई आफ्नो मालिकको ‘रखेल’को भूमिका निभाइरहेकी वहीदा रहमानको सहयोग मिल्छ। अन्त्यमा सत्य र सहासी पत्रकारिताको जीत हुन्छ।

तेस्रो उदाहरण पनि देवानन्दकै एक फिल्मको छ। सायद, यहाँबाट यो साबित हुन्छ कि म उनको र सचिन देव बर्मनको संगीतको कति ठूलो प्रसंशक हुँ। तर, राज खोसलाको सन् १९५८ को फिल्म ‘सोलहवां साल’, जुन ‘रोम होलिडे’ फिल्मको नक्कल जस्तो लाग्न सक्छ, देवानन्द एक इमान्दर र प्रिय पत्रकार प्राणनाथको भूमिकामा देखिएका छन्। फिल्ममा उनी रेलमा यात्रा गर्दै हेमन्त कुमारको आवाजमा ‘है आपना दिल तो आवारा’ गाउँदै एक युवती (वहीदा रहमान)सँग ठोकिन पुग्छन्। वहीदा आफ्नो परिवारको सबै सम्पत्ति लिएर आफ्नो प्रेमीसँग भाग्दै हुन्छिन्। त्यसपछि, कहानी यति राम्रोसँग अघि बढ्छ कि युवती र पत्रकारकै जित हुन्छ।

Ncell 2
Ncell 2

देवानन्दलाई छोडेर राज कपुर–नरगिसको सन् १९५६को सुपरहिट फिल्म ‘चोरी चोरी’ मा आउँ। के आज पनि तपाईं फिल्मका यी गीहरु गुनगुनाउनु हुन्छ?– ‘ये रात भीगी भीगी’, ‘जहाँ मै जाती हुँ, वही चले आते हो’, ‘आ जा सनम मधुर चाँदनी मे हम’, ‘पन्छी बनी उड्ती फिरुँ मस्त गगन मे’ लगायत।

नरगीस धनी बुबाकी छोरी हुन्छिन्, जो आफ्नो घरबाट भागेकी छिन्। उनको बुबाले उनलाई खोजेर ल्याउनेलाई निकै ठूलो पुरस्कार दिने घोषणा गर्छन्। राज कपुरले उनलाई खोजेर निकाल्न सक्षम हुन्छन्। तर, उनी पैसाको पछि लाग्दैनन्। उनले एक बेरोजगार, स्वतन्त्र पत्रकारको भूमिका निभाएका छन्। उनलाई नरगिसको कहानी निकै मन पर्छ, जुन कथा आफ्नो सम्पादकलाई दिएर राम्रो पैसा पाउन सक्छन्। अन्तमा के हुन्छ तपाईं सोच्न सक्नुहुन्छ। धन र युवती दुवै उनकै हुन्छन्। 

यही दशकको एउटा फिल्म छ, गुरुदत्तको ‘मिस्टर एण्ड मिसेज ५५।’ यो फिल्मको याद तपाईंलाई तब आउँछ, जब म यो फिल्मको गीत ‘जाने कहाँ मेरा जिगर गया जी’ याद गराउँछु। यसको विषय त्यो समयका लागि निकै प्रासंगिक थियो।

त्यो वर्ष हिन्दूहरुलाई सम्बन्ध विच्छेदको अधिकार दिइएको थियो। यसको जटिल कथा एक धनी परिवारकी उत्तराधिकारीको भूमिका निभाइरहेकी मधुबाला र ‘दुधमा झिँगाजस्तै मानिने’ उनको संरक्षक काकी ललिता पवारको वरिपरि बुनिएको छ। बाँकी तपाईं फिल्म हेरेर बुझ्न सक्नुहुन्छ। 

गुरुदत्त एक बेरोजगार कार्टुनिस्ट बनेका छन्, जो आफ्नो साथी जोनी वाकरको भरोसामा बाँचिरहेका छन्। कामको खोजीमा पत्रिकाहरुको कार्यलयको चक्कर काटिरहेका छन्। जोनी वाकर भने फोटोग्राफरको काम गरिरहेका छन्। मेरो प्रिय दृश्य ललिता पवार आफ्नी भतिजीको लागि सम्भावित दुलाहा गुरुदत्तलाई हेर्न जोनी वाकरको ठेगानामा पुग्छिन्।

‘तिमी जागिर खाँदैनौ, कुनै आम्दानी छैन, के तिमीलाई नराम्रो लाग्दैन?’

‘मेरो शिरमाथि छत छ। म तीन साँझ खाना खान्छु। यो शहरमा कैयौं यस्ता छन्, जो मभन्दा खराब हालतमा छन्।’

पवारलाई अहिलेसम्म रिस उठिसकेको थियो, खासगरि अस्तव्यस्त कोठा र ढोकामा बनेको कार्टुन देखेर। उनी सोध्छिन्, ‘के तिमी कम्युनिष्ट त होइनौ?’

‘होइन, म कार्टुनिष्ट हुँ।’ गुरुदत्त जवाफ दिन्छन्।

निसन्देह, कहानी त्यहीँ सकिन्छ, जहाँ केही नाटकसहित खत्तम हुनुपथ्र्यो। पैसामाथि प्रेमको जित हुन्छ, खासगरी यी तथ्यबाट पत्रकार निकै इमान्दार छन् भन्ने देखाइन्छ।

यसपछि भने परिवर्तन सुरु भएको छ। मैले खोज्दा पनि चार दशकमा यस्ता कुनै फिल्म भटिनँ जसमा पत्रकारलाई मुर्ख, खलनायक र बेवकुफको रुपमा देखाएर उसको मजाक नबनाइएको होस्। उसका लागि गालीको पनि प्रयोग गरिएको छ र गालीहरुलाई ढाक्न ‘बिप’ प्रयोग गरिएको छैन। सन् १९८३ को फिल्म ‘जाने भी दो यारो’मा यस्तो देख्न सक्नुहुन्छ, जहाँ पत्रिकाका सम्पादक (भक्ती बर्वे) धनी र भ्रस्ट मानिसहरुको कर्तुत बाहिर निकाल्न दुई अनाडी किसिमका फोटोग्राफर (नसीरुद्दीन शाह र रवि बासवानी)लाई प्रयोग गर्छिन्। तर, अन्त्यमा उनी ती मानिसहरुसँग सम्झौता गरेर ती दुईलाई जेल पठाउँछिन्। 

यो परिवर्तनमाथि विचार गर्दा मैले अहिलेका फिल्मबारे आफ्नो अनविज्ञतालाई पनि चिन्न पाएँ। त्यसो त मैले अहिलेका ‘पीपली लाइभ’ र ‘पीके’जस्ता फिल्म पनि हेरेको छु। धेरैजसो फिल्ममा टेलिभिजन पत्रकारहरुलाई मजाक बनाइएको छ। यी फिल्ममा महिला पत्रकारलाई पेश गरिनु अर्को दुर्भाग्य हो। एक झलक– निर्देशक राजकुमार हिरानीले टेलिभिजन पत्रकारको मजाक बनाउन त्यो प्रेमी चरित्रको कहानी देखाएका छन्, जसलाई अनुश्का शर्माले पर्दामा पेश गरेकी छिन्, जो घरमा उनकै प्यारो साथी हुन्।

यो परिवर्तनलाई बुझ्न मैले ती मानिसहरुसँग कुरा गरें, जो आजको बारेमा जानकारी राख्छन्। खासगरी आफ्ना पूर्वसहकर्मी र सिनेमा विशेषज्ञ कावेरी बामजईसँग। जबदेखी टेलिभिजन पत्रकारिताको सुरुवात भएको छ, तब नै पत्रकारहरुसँग बलिउडको रोमान्स फेरि सुरु भएको छ। 

कारगिल युद्धमा आधारित सन् २००४ को फिल्म ‘लक्ष्य’ मा प्रीति जिन्टाले पत्रकार बरखा दत्तसँग मिल्ने भूमिका निभाएकी छिन्। तर, यसपछि पतन सुरु भएको छ। अजीज मिर्जाको फिल्म ‘फिर भी दिन है हिन्दुस्तानी’ (सन् २००० मा प्रदर्शित)मा शाहरुख खानले हामीलाई टेलिभिजन च्यानलका एंकर कसरी गडबड गर्छन् भन्ने बताएका छन्। सन् २०२० को ‘पीपली लाइभ’सम्म आइपुग्दा त मिडियालाई मूर्खतापूर्ण र टीआरपीको लोभी अर्थात्, एक खराब प्रवृत्तिको रुपमा देखाइएको छ।

अब त तपाईं पत्रकारलाई राम्रो छविमा पेश गरिने कल्पना पनि गर्न सक्नुहुन्न। अपवादमा ‘स्क्याम १९९२’ जस्ता फिल्ममा खोजी पत्रकार सुचेता दलालको भूमिकाको प्रयोग गरिएको छ। यो सन् १९९२ को समयमा आधारित सिरिज हो। यसमा सुचेताको भूमिका निभाउने निकै प्रतिभाशाली अभिनेत्री श्रेया धनवन्तरी हटस्टारको फिल्म ‘मुम्बई डायरीज’मा टीभी पत्रकारको भूमिकामा छिन्। यो फिल्ममा उनी २६÷११ को आतंकवादी हमलालाई कभर गर्छिन् र निकै अनैतिक काम गरिरहेकी देखिन्छिन्। यो फिल्ममा त्यो घटनालाई साम्प्रादायिकताको रंगमा रंग्याएर अतिरञ्जित पारिएको छ।

अनि तपाईंले ‘पाताल लोक’ फिल्म हेर्नु भएको छ? हामीले लकडाउनको समयमा हेरेका थियौं। यसमा यस्तो सम्पादकलाई देखाइएको छ, जो आफ्नो छवी, तागत र सेक्स अपिलप्रति यति धेरै आशक्त छ कि उसलाई सत्यको कुनै मतलब नै छैन। मेरो विचारमा नेटफ्लिक्स निर्मित राम माधवानीको आगामी फिल्म ‘धमाका’मा एक टेलिभिजन एंकर प्राइम टाइममा फर्किनका लागि ‘बम विस्फोट’को प्रयोग गरेको छ। ‘चक दे’ फिल्ममा पनि मिडियालाई लापरबाह र अनैतिक देखाइएको छ।

‘पा’मा अमिताभ बच्चन एक नेता र बुबाको भूमिकामा मिडियाप्रति आक्रोशित भएको देखिएका छन्। जबकि, हिरानी आफ्नो फिल्म ‘सञ्जु’मा सञ्जय दत्तको जीवनमा मिडियालाई एक मात्र असली खलनायकको रुपमा पेश गरिएको छ। भलै, अन्त्यमा ‘पत्रकार’, ‘आमा’, ‘बहिनी’लाई ‘बधाई’ पनि दिइएको छ। हाम्रो लोकसंस्कृतिमा पत्रकारिता, खासगरी महिला पत्रकारको स्तर सामाजिक सञ्जालमा उनीहरुमाथि भएको निन्दा र हमलाको कारण तल झरेको छ।

अब हामी के गर्न सक्छौं? यसको जवाफ सन् १९५० को वरपरका फिल्मले दिन सक्छन्।

-दि प्रिन्टमा प्रकाशित लेखको भावानुवाद

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
निर्वाचनलाई मध्यनगर गर्दै निगमले बढायो एलपी ग्यासको आयात
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
‘अन्धविश्वासको भरमा कानून निर्माण गर्दा कुष्ठरोग निवारणमा समस्या’ : कल्याण श्रेष्ठ
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
निर्वाचनलाई मध्यनगर गर्दै निगमले बढायो एलपी ग्यासको आयात बुधबार, फागुन १३, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू बुधबार, फागुन १३, २०८२
‘अन्धविश्वासको भरमा कानून निर्माण गर्दा कुष्ठरोग निवारणमा समस्या’ : कल्याण श्रेष्ठ बुधबार, फागुन १३, २०८२
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह बुधबार, फागुन १३, २०८२
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्