• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बलिउडमा भारतीय पत्रकारको चित्रण : धूर्त, टीआरपी लोभी र मुर्ख

शेखर गुप्ता मंगलबार, कात्तिक २३, २०७८  ०९:२०
1140x725
चित्र : प्राजना घोष/दि प्रिन्ट

आजभोलिका सम्पादक ‘नटग्राफ’ को माग गर्छन्, अर्थात् तपाईं आफ्नो लेखको सारांश पहिलो अनुच्छेदमा नै दिनुहोस्। त्यसैले, यो लेखको नटग्राफ यहाँ उल्लेख छ– पछिल्ला दशकहरुमा पत्रकारबारे बलिउड र लोकसंस्कृतिको नजर धेरै बदलिएको छ। सन् १९५० को दशकमा उनीहरुलाई बदमाशहरुको खेल खत्तम गर्ने र हिरोइनको दिल जित्ने राम्रा मानिसको रुपमा चित्रण गरिएको थियो। तर, पछि आएर धूर्त, षड्यन्त्रकारी, टीआरपीका लोभी र लगभग जोकरको रुपमा पेश गर्न थालिएको छ।

आखिर यो बदलाव कसरी र किन आयो? प्रायः हिन्दी फिल्मले जनताको मुड र समाजमा भइरहेको परिवर्तनलाई पहिले नै थाहा पाउँछ भन्ने गरिन्छ। जसकारण सन् १९५० र १९६० को दशकका सिनेमा समाजवादी थिए। सन् १९७० को दशकमा सिनेमाहरु लोकलाई आकर्षित गर्ने किसिमका थिए। तर, आर्थिक सुधारहरुपछि त हिन्दी सिनेमामा धनी मानिसहरुको अकल्पनीय सहरी रमझममा अल्झिन पुगेको छ।

लकडाउनमा भएका दुई घटनाले यी विचार मेरो दिमागमा आएका हुन्। एउटा, हामीले पहिले नै आफ्नो घरमा स्मार्ट टीभी ल्याएका थियौं। दोस्रो, हामीले ओटीटी (ओभर द टप) माध्यमहरुको प्रयोग गर्न सुरु गर्‍यौँ। हामीले सामान्य टेलीश्रृङ्खलाहरुबाहेक सन् १९५० र १९६० को दशकमा त्यस्ता क्लासिक फिल्म हेर्न पायौं, जुन कहिल्यै हेर्न पाएका थिएनौं। वा बाल्यकालमा हेरेको भए पनि हामीलाई केही याद थिएन। फिल्मको चयन अनियमित रुपमा गरिएका थिए अथवा लोकप्रिय फिल्मी गीतहरुको आधारमा गरिएका थिए, जुन गीत त्यो समयका पुस्ताहरुले गुनगुनाइरहेका थिए।

त्यसैले, मैले छानेको पहिलो फिल्म हो १९५८ मा प्रदर्शनमा आएको राज खोसलको ‘कालापानी।’ यसको छनोट दुई यादगार गीतहरु ‘हम बेखुदी में तुमको पुकारे चले गए’ र ‘अच्छा जी मैं हारी चलो मान जाओ ना’का कारण हो। यसमा नायक देवानन्द पत्रकार बनेका छन्, जो एक नर्तकीको हत्याको झूटो आरोपमा जन्मकैदको सजाय भोगिरहेका आफ्नो बुबालाई छुटाउन चाहन्छन्।

उनी बम्बईबाट हैदराबाद पुग्छन्। पुराना पत्रिकाहरु हेर्न पत्रिकाको एक कार्यलयमा पुग्छन्। पत्रकारिताको दृष्टिबाट यो निकै रोचक घटना हो, किनकि यो पत्रिकामा मधुबाला रिपोर्टरको काम गरिरहेकी हुन्छिन्। अब तपाईं कल्पना गर्न सक्नुहुन्छ, कहानी कसरी अघि बढ्छ र दुई पत्रकारको कसरी जीत हुन्छ।

देवानन्द सन् १९५६ को गुरुदत्तको निर्देशनमा बनेको फिल्म ‘सीआईडी’मा पनि नायकको भूमिकामा छन्। यो फिल्म पनि ‘ले के पहला पहला प्यार’, ‘जाता कहाँ है दिवाने, सब कुछ यहाँ हे सनम’, ‘कहीं पे निगाहें कहीं पे निशाना’ र ‘आँखों ही आँखों मे इशारा हो गया’ जस्ता गीतका कारण अमर भएको छ। देवानन्द यो फिल्ममा पत्रकार नभएर एक ईमान्दार सीआइडी इन्स्पेक्टर बनेका छन् र उनी यति निडर छन् कि आफ्ना कमिश्नरकी छोरी रेशा, जसको भूमिकामा शकीलाले अभिनय गरेकी छिन्, को पछि लाग्छन्। 

तर, यसको कहानीको केन्द्रमा एक कुशल सम्पादक छन्, श्रीवास्तव। उनी धम्की र प्रलोभनलाई अस्वीकार गर्दै माफियाको पछि लाग्छन्। देवानन्दलाई हत्यारा र मास्टरमाइण्डलाई पक्रिने जिम्मेवारी दिइएको हुन्छ। उनलाई आफ्नो मालिकको ‘रखेल’को भूमिका निभाइरहेकी वहीदा रहमानको सहयोग मिल्छ। अन्त्यमा सत्य र सहासी पत्रकारिताको जीत हुन्छ।

तेस्रो उदाहरण पनि देवानन्दकै एक फिल्मको छ। सायद, यहाँबाट यो साबित हुन्छ कि म उनको र सचिन देव बर्मनको संगीतको कति ठूलो प्रसंशक हुँ। तर, राज खोसलाको सन् १९५८ को फिल्म ‘सोलहवां साल’, जुन ‘रोम होलिडे’ फिल्मको नक्कल जस्तो लाग्न सक्छ, देवानन्द एक इमान्दर र प्रिय पत्रकार प्राणनाथको भूमिकामा देखिएका छन्। फिल्ममा उनी रेलमा यात्रा गर्दै हेमन्त कुमारको आवाजमा ‘है आपना दिल तो आवारा’ गाउँदै एक युवती (वहीदा रहमान)सँग ठोकिन पुग्छन्। वहीदा आफ्नो परिवारको सबै सम्पत्ति लिएर आफ्नो प्रेमीसँग भाग्दै हुन्छिन्। त्यसपछि, कहानी यति राम्रोसँग अघि बढ्छ कि युवती र पत्रकारकै जित हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

देवानन्दलाई छोडेर राज कपुर–नरगिसको सन् १९५६को सुपरहिट फिल्म ‘चोरी चोरी’ मा आउँ। के आज पनि तपाईं फिल्मका यी गीहरु गुनगुनाउनु हुन्छ?– ‘ये रात भीगी भीगी’, ‘जहाँ मै जाती हुँ, वही चले आते हो’, ‘आ जा सनम मधुर चाँदनी मे हम’, ‘पन्छी बनी उड्ती फिरुँ मस्त गगन मे’ लगायत।

नरगीस धनी बुबाकी छोरी हुन्छिन्, जो आफ्नो घरबाट भागेकी छिन्। उनको बुबाले उनलाई खोजेर ल्याउनेलाई निकै ठूलो पुरस्कार दिने घोषणा गर्छन्। राज कपुरले उनलाई खोजेर निकाल्न सक्षम हुन्छन्। तर, उनी पैसाको पछि लाग्दैनन्। उनले एक बेरोजगार, स्वतन्त्र पत्रकारको भूमिका निभाएका छन्। उनलाई नरगिसको कहानी निकै मन पर्छ, जुन कथा आफ्नो सम्पादकलाई दिएर राम्रो पैसा पाउन सक्छन्। अन्तमा के हुन्छ तपाईं सोच्न सक्नुहुन्छ। धन र युवती दुवै उनकै हुन्छन्। 

यही दशकको एउटा फिल्म छ, गुरुदत्तको ‘मिस्टर एण्ड मिसेज ५५।’ यो फिल्मको याद तपाईंलाई तब आउँछ, जब म यो फिल्मको गीत ‘जाने कहाँ मेरा जिगर गया जी’ याद गराउँछु। यसको विषय त्यो समयका लागि निकै प्रासंगिक थियो।

त्यो वर्ष हिन्दूहरुलाई सम्बन्ध विच्छेदको अधिकार दिइएको थियो। यसको जटिल कथा एक धनी परिवारकी उत्तराधिकारीको भूमिका निभाइरहेकी मधुबाला र ‘दुधमा झिँगाजस्तै मानिने’ उनको संरक्षक काकी ललिता पवारको वरिपरि बुनिएको छ। बाँकी तपाईं फिल्म हेरेर बुझ्न सक्नुहुन्छ। 

गुरुदत्त एक बेरोजगार कार्टुनिस्ट बनेका छन्, जो आफ्नो साथी जोनी वाकरको भरोसामा बाँचिरहेका छन्। कामको खोजीमा पत्रिकाहरुको कार्यलयको चक्कर काटिरहेका छन्। जोनी वाकर भने फोटोग्राफरको काम गरिरहेका छन्। मेरो प्रिय दृश्य ललिता पवार आफ्नी भतिजीको लागि सम्भावित दुलाहा गुरुदत्तलाई हेर्न जोनी वाकरको ठेगानामा पुग्छिन्।

‘तिमी जागिर खाँदैनौ, कुनै आम्दानी छैन, के तिमीलाई नराम्रो लाग्दैन?’

‘मेरो शिरमाथि छत छ। म तीन साँझ खाना खान्छु। यो शहरमा कैयौं यस्ता छन्, जो मभन्दा खराब हालतमा छन्।’

पवारलाई अहिलेसम्म रिस उठिसकेको थियो, खासगरि अस्तव्यस्त कोठा र ढोकामा बनेको कार्टुन देखेर। उनी सोध्छिन्, ‘के तिमी कम्युनिष्ट त होइनौ?’

‘होइन, म कार्टुनिष्ट हुँ।’ गुरुदत्त जवाफ दिन्छन्।

निसन्देह, कहानी त्यहीँ सकिन्छ, जहाँ केही नाटकसहित खत्तम हुनुपथ्र्यो। पैसामाथि प्रेमको जित हुन्छ, खासगरी यी तथ्यबाट पत्रकार निकै इमान्दार छन् भन्ने देखाइन्छ।

यसपछि भने परिवर्तन सुरु भएको छ। मैले खोज्दा पनि चार दशकमा यस्ता कुनै फिल्म भटिनँ जसमा पत्रकारलाई मुर्ख, खलनायक र बेवकुफको रुपमा देखाएर उसको मजाक नबनाइएको होस्। उसका लागि गालीको पनि प्रयोग गरिएको छ र गालीहरुलाई ढाक्न ‘बिप’ प्रयोग गरिएको छैन। सन् १९८३ को फिल्म ‘जाने भी दो यारो’मा यस्तो देख्न सक्नुहुन्छ, जहाँ पत्रिकाका सम्पादक (भक्ती बर्वे) धनी र भ्रस्ट मानिसहरुको कर्तुत बाहिर निकाल्न दुई अनाडी किसिमका फोटोग्राफर (नसीरुद्दीन शाह र रवि बासवानी)लाई प्रयोग गर्छिन्। तर, अन्त्यमा उनी ती मानिसहरुसँग सम्झौता गरेर ती दुईलाई जेल पठाउँछिन्। 

यो परिवर्तनमाथि विचार गर्दा मैले अहिलेका फिल्मबारे आफ्नो अनविज्ञतालाई पनि चिन्न पाएँ। त्यसो त मैले अहिलेका ‘पीपली लाइभ’ र ‘पीके’जस्ता फिल्म पनि हेरेको छु। धेरैजसो फिल्ममा टेलिभिजन पत्रकारहरुलाई मजाक बनाइएको छ। यी फिल्ममा महिला पत्रकारलाई पेश गरिनु अर्को दुर्भाग्य हो। एक झलक– निर्देशक राजकुमार हिरानीले टेलिभिजन पत्रकारको मजाक बनाउन त्यो प्रेमी चरित्रको कहानी देखाएका छन्, जसलाई अनुश्का शर्माले पर्दामा पेश गरेकी छिन्, जो घरमा उनकै प्यारो साथी हुन्।

यो परिवर्तनलाई बुझ्न मैले ती मानिसहरुसँग कुरा गरें, जो आजको बारेमा जानकारी राख्छन्। खासगरी आफ्ना पूर्वसहकर्मी र सिनेमा विशेषज्ञ कावेरी बामजईसँग। जबदेखी टेलिभिजन पत्रकारिताको सुरुवात भएको छ, तब नै पत्रकारहरुसँग बलिउडको रोमान्स फेरि सुरु भएको छ। 

कारगिल युद्धमा आधारित सन् २००४ को फिल्म ‘लक्ष्य’ मा प्रीति जिन्टाले पत्रकार बरखा दत्तसँग मिल्ने भूमिका निभाएकी छिन्। तर, यसपछि पतन सुरु भएको छ। अजीज मिर्जाको फिल्म ‘फिर भी दिन है हिन्दुस्तानी’ (सन् २००० मा प्रदर्शित)मा शाहरुख खानले हामीलाई टेलिभिजन च्यानलका एंकर कसरी गडबड गर्छन् भन्ने बताएका छन्। सन् २०२० को ‘पीपली लाइभ’सम्म आइपुग्दा त मिडियालाई मूर्खतापूर्ण र टीआरपीको लोभी अर्थात्, एक खराब प्रवृत्तिको रुपमा देखाइएको छ।

अब त तपाईं पत्रकारलाई राम्रो छविमा पेश गरिने कल्पना पनि गर्न सक्नुहुन्न। अपवादमा ‘स्क्याम १९९२’ जस्ता फिल्ममा खोजी पत्रकार सुचेता दलालको भूमिकाको प्रयोग गरिएको छ। यो सन् १९९२ को समयमा आधारित सिरिज हो। यसमा सुचेताको भूमिका निभाउने निकै प्रतिभाशाली अभिनेत्री श्रेया धनवन्तरी हटस्टारको फिल्म ‘मुम्बई डायरीज’मा टीभी पत्रकारको भूमिकामा छिन्। यो फिल्ममा उनी २६÷११ को आतंकवादी हमलालाई कभर गर्छिन् र निकै अनैतिक काम गरिरहेकी देखिन्छिन्। यो फिल्ममा त्यो घटनालाई साम्प्रादायिकताको रंगमा रंग्याएर अतिरञ्जित पारिएको छ।

अनि तपाईंले ‘पाताल लोक’ फिल्म हेर्नु भएको छ? हामीले लकडाउनको समयमा हेरेका थियौं। यसमा यस्तो सम्पादकलाई देखाइएको छ, जो आफ्नो छवी, तागत र सेक्स अपिलप्रति यति धेरै आशक्त छ कि उसलाई सत्यको कुनै मतलब नै छैन। मेरो विचारमा नेटफ्लिक्स निर्मित राम माधवानीको आगामी फिल्म ‘धमाका’मा एक टेलिभिजन एंकर प्राइम टाइममा फर्किनका लागि ‘बम विस्फोट’को प्रयोग गरेको छ। ‘चक दे’ फिल्ममा पनि मिडियालाई लापरबाह र अनैतिक देखाइएको छ।

‘पा’मा अमिताभ बच्चन एक नेता र बुबाको भूमिकामा मिडियाप्रति आक्रोशित भएको देखिएका छन्। जबकि, हिरानी आफ्नो फिल्म ‘सञ्जु’मा सञ्जय दत्तको जीवनमा मिडियालाई एक मात्र असली खलनायकको रुपमा पेश गरिएको छ। भलै, अन्त्यमा ‘पत्रकार’, ‘आमा’, ‘बहिनी’लाई ‘बधाई’ पनि दिइएको छ। हाम्रो लोकसंस्कृतिमा पत्रकारिता, खासगरी महिला पत्रकारको स्तर सामाजिक सञ्जालमा उनीहरुमाथि भएको निन्दा र हमलाको कारण तल झरेको छ।

अब हामी के गर्न सक्छौं? यसको जवाफ सन् १९५० को वरपरका फिल्मले दिन सक्छन्।

-दि प्रिन्टमा प्रकाशित लेखको भावानुवाद

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्