• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोभिड महामारीपछिको समाज : यसरी फेरिँदैछ दैनिकी र चालचलन

हेमन्त मल्ल/रवीन्द्रनाथ रेग्मी शुक्रबार, कात्तिक २६, २०७८  ०९:१५
1140x725

चाहेर होस् या सामाजिक बाध्यताले, हाम्रो समाजमा थोरै समयमा धेरै परिवर्तन देखा पर्दै छ। कोभिड संक्रमणको अन्त हुँदासम्म सामाजिक चलन चल्ती मात्रै होइन, पारिवारिक संरचनामा समेत यसले दुरगामी असर पार्ने निश्चित छ।

महामारीको बाध्यात्मक कारणले सरकारले विशेष जिम्मेवारी ग्रहण गर्नु पर्ने अवस्थासम्म आइपर्‍यो। कोभिडका बिरामीको उपचार र मृत्यु भएकाको शव व्यवस्थापन यसको उदाहरण हुन्। त्यसबाहेक खोप व्यवस्थापन, आर्थिक गतिविधि व्यवस्थापन, अत्यावश्यक सेवाको दैनिक संचालन व्यवस्थापन जस्ता जिम्मेवारी पनि बहन गर्नुपर्‍यो।

पश्चिमाहरुको पनि पारिवारिक र सामाजिक व्यवहार परिवर्तन भयो। दैनिकीमा समेत परिवर्तन भयो। यसअघि इतिहासमा देखिएका ठूला महामारीमा पनि यस्ता परिवर्तन देखिन्थे। 

तर, पश्चिमा राष्ट्रमा जस्तो महामारीको असर नेपालमा यसअघि देखिएको थिएन। त्यसैले हाम्रो सामाजिक र पारिवारिक संरचनामा त्यो तहको परिवर्तन भएन। महामारीमा पनि सामाजिक परिवर्तन नहुनुको कारण पिछडिएको समाज, जागरुकताको कमी र धार्मिक विश्वासलाई लिन सकिन्छ। तर, अहिले संचार तथा यातायातको पहुँच र सामाजिक जागरुकताका कारण महामारीको सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन देखिए।

विवाह, व्रतबन्‍धलगायत सामाजिक संस्कार
विवाह, व्रतबन्‍धलगायत सामाजिक संस्कारमा आफन्त, चिनजान, साथीभाइलाई बोलाउने चलन छ। यो संस्कार आडम्बरको रुपमा विकसित हुँदै गइराखेको छ। यी संस्कारमा बढ्दै गएको देखावाटी र तामझामले नचाहिँदो आर्थिक दायित्व बढेको छ। तर, कोभिडको कारण यस्ता खालका भेलामा नियन्त्रण भयो।

सामाजिक संस्कारमा हुने भिडभाडका कारण रोग फैलिने डरले पाहुना बोलाउने चलन घटेको छ। यसबाट नचाहिंदो आर्थिक बोझबाट मुक्ति मिलेको छ। त्यस कारणले पर्ने ‘चेन इफेक्ट’ (आफ्नो कार्यमा निम्ता गर्नेलाई नबिराई निम्ता गर्ने प्रचलन) पछिसम्म पर्नेछ।

बिरामी भेट्ने चलनमा नियन्त्रण
बिरामी भएको खबर सुन्नासाथ भेट्न जाने हाम्रो चलन हो। त्यसबाट बिरामीलाई हुने असुविधासँग कसैलाई मतलब हुँदैन। अर्कोतर्फ भेट्न नगए किन भेट्न आएन भनेर सम्‍बन्धमै असर पर्नु सामान्य हो। कोभिडको समयमा भने यो चलन फेरिएको छ। रोग सर्ने डरले भेटघाटमा नियन्‍त्रण भएको छ। लाग्छ, यसै कारणले गर्दा भविष्यमा बिरामीलाई भेट्न जाने चलन फेरिने छ। खासगरी अस्पतालमा भर्ना भएका बिरामीले आरामले उपचार गराउन सहयोग पुग्ला।

अहिले अस्पताललाई आगन्तुक व्यवस्थापन सहज भएको हुनुपर्छ। आगामी दिनमा पनि अस्पतालमा हुने भेटघाट नियन्त्रण हुन जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

फेरिएको मृत्यु संस्कार
कोभिडको बेला मृतकको अन्तिम संस्कारमा नजिकको नातासमेत सहभागी हुनबाट बन्चित भए। भीडभाड नियन्त्रणका लागि यो जरुरी थियो। यसले दीर्घकालमा कसरी प्रभाव पार्ला भन्न सकिन्न। सेनाले शव व्यवस्थापन गर्ने कार्य एक समयपछि बन्द होला। तर, मर्दा-पर्दा जम्मा हुने छिमेकीको अभावमा पालिका र शव बाहनको स्थायी जिम्मेवारी बढ्न सक्छ।

कतिपय मृत्यु संस्कार त फेरिएका पनि छन्। मृतकको परिवारमा गएर सहानुभूति दिने, मलामी गएकाहरु भेला हुने जस्ता काम रोकिए। शवको अन्तिम संस्कारमा पनि नजिकका आफन्त जान नपाउँदा परम्परागत कतिपय काम हुन पाएनन्। परिवारका सदस्यले पनि टाढाबाट मात्र फूल चढाउन पाए।

धार्मिक अनुष्ठानको पद्दति 
कोभिडका बेला मन्‍दिर बन्द गरिए। लकडाउन खुलेपछि पनि बाहिरबाट मात्रै दर्शनको व्यवस्था मिलाइयो। घरमा हुने पूजापाठ तथा धार्मिक संस्कारमा थोरै संख्यामा आफन्त बोलाउने गरिएको छ। रोग सर्ने डरले ब्राह्मणहरुलाई प्रत्यक्ष बोलाउनुभन्दा सामाजिक संजालमा उपलब्ध सुविधालाई प्रयोग गरि धार्मिक अनुष्ठान गर्ने प्रचलन बढदो छ। संयुक्त परिवारबाट टुक्रँदै ‘न्युक्लियर फेमिली'मा पुग्न लागेको समाजमा अब श्राद्धमा समेत परिवार नजुट्ने स्थिति भएको छ।

शैक्षिक क्रियाकलाप घरमा सीमित
कोभिड शुरु भएदेखि नै अनलाइन कक्षाले प्राथमिकता पाउँदै गएको छ। शहरमा त सजिलो होला, तर प्रविधि उपलब्ध नहुने र प्रविधिमा खर्च गर्ने अवस्था नभएको गाउँमा समस्या भएको खबरहरु आएकै छन्। शिक्षा भनेको विद्यार्थीको समग्र विकास हो। स्कुलमा एक-अर्कासँग सिक्ने सिकाउने काम पनि शिक्षाकै पाटो हो।

कोठामा कम्पयुटर या मोबाइलको अगाडि बसेर किताबी ज्ञान त हासिल होला, तर स्कुलमा गएर लिने प्रत्यक्ष अनुभवबाट भविष्यको पुस्ता बन्चित भएको छ। यसले समकालीन साथीभाइबीचको घनिष्ठता र सामाजिक जीवनको अनिवार्य प्रत्यक्ष संचार सीप विकास अवरुद्ध हुन सक्छ। यसै पनि नयाँ पुस्ता आफन्त भेटघाटमा अरुचि देखाउँछ। अब युवा-सम्बन्ध झनै संकटमा पर्न सक्छ।

बैठक, छ्लफल प्रभावित
भेटेर आमनेसामने बसेर गरिने छ्लफलमा स्वामित्व हुन्छ। बसेर छ्लफल गर्ने गर्दा व्यक्तिगत चिनजान पनि हुन्छ। आत्मियता बढ्छ। तर, संचारमाध्यममार्फत हुने छलफलमा आफैँले अपनत्व नपाएको, छ्लफलमा उपस्थित भएका व्यक्तिलाई चिन्ने मौका पनि नपाएको अनुभव छ। यदि यस्ता छलफलमा बसेर निर्णय गर्ने हो भने त्यो धरातलीय यथार्थभन्दा बाहिर पनि हुनसक्छ।

नगदको प्रयोगमा कमी
नजिकबाट व्यवहार गर्दा कोभिड सर्ने डरले लकडाउनका बेला शहरी क्षेत्रमा अनलाइन माध्यमको प्रयोग निस्संदेह बढेको थियो। दैनिक प्रयोगका सामानसमेत अनलाइन 'सपिङ' हुने गरेको थियो। त्यसको प्रभाव अहिले पनि देखिन्छ।

अहिले किनमेलमा नगद काराेबार घटेको छ। रेष्टुरेन्टमा पनि मोबाइलबाट भुक्तानी हुन थालेको छ। यसले नगद घरमा राख्ने संस्कारलाई बिस्तारै विस्थापित गर्दै गइराखेको छ। प्रविधिको पहुँच भएको स्थानमा यो चलन बिस्तारै बढ्दैछ।

फेरिनुपर्नेछ सरकारको कार्यशैली
कोभिडको कारण बाध्याताले हाम्रा बानी, संस्कार, व्यवहारमा परिवर्तन आइराखेको छ। पारिवारिक बन्‍धनमा बाँधिएर बस्ने नेपाली समाज अब पश्चिमा समाज जस्तो एकलकाटे हुन बाध्य हुन बेर छैन। यदि, यो अवस्था लामो समय रहेमा भेटघाट र समूहसँग घेरिएर बस्ने नेपाली समुदाय मोबाइल र ल्यापटपमा सीमित हुँदै जाने संभावना छ।

भोलिको नेपाली परिवार र समाजमा संचारसँगसँगै कोभिडले अन्य परिवर्तन जरुर ल्याउने छ। जसमा आफ्ना दुःख-सुख आफैँमा सीमित हुने र व्यक्तिगत कामका लागि आफैँ सक्षम हुनुपर्ने कठिन बाध्यताले व्यक्ति एकलकाँटे हुदै जाँदा सरकारको जिम्मेवारी धेरै बढ्ने छ। त्यतिबेला मुलतः हाम्रा स्थानीय सरकार पश्चिमा समाजहरुले जस्तै गरी काम गर्नका लागि तयार छन् त?

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्