• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोभिड महामारीपछिको समाज : यसरी फेरिँदैछ दैनिकी र चालचलन

हेमन्त मल्ल/रवीन्द्रनाथ रेग्मी शुक्रबार, कात्तिक २६, २०७८  ०९:१५
1140x725

चाहेर होस् या सामाजिक बाध्यताले, हाम्रो समाजमा थोरै समयमा धेरै परिवर्तन देखा पर्दै छ। कोभिड संक्रमणको अन्त हुँदासम्म सामाजिक चलन चल्ती मात्रै होइन, पारिवारिक संरचनामा समेत यसले दुरगामी असर पार्ने निश्चित छ।

महामारीको बाध्यात्मक कारणले सरकारले विशेष जिम्मेवारी ग्रहण गर्नु पर्ने अवस्थासम्म आइपर्‍यो। कोभिडका बिरामीको उपचार र मृत्यु भएकाको शव व्यवस्थापन यसको उदाहरण हुन्। त्यसबाहेक खोप व्यवस्थापन, आर्थिक गतिविधि व्यवस्थापन, अत्यावश्यक सेवाको दैनिक संचालन व्यवस्थापन जस्ता जिम्मेवारी पनि बहन गर्नुपर्‍यो।

पश्चिमाहरुको पनि पारिवारिक र सामाजिक व्यवहार परिवर्तन भयो। दैनिकीमा समेत परिवर्तन भयो। यसअघि इतिहासमा देखिएका ठूला महामारीमा पनि यस्ता परिवर्तन देखिन्थे। 

तर, पश्चिमा राष्ट्रमा जस्तो महामारीको असर नेपालमा यसअघि देखिएको थिएन। त्यसैले हाम्रो सामाजिक र पारिवारिक संरचनामा त्यो तहको परिवर्तन भएन। महामारीमा पनि सामाजिक परिवर्तन नहुनुको कारण पिछडिएको समाज, जागरुकताको कमी र धार्मिक विश्वासलाई लिन सकिन्छ। तर, अहिले संचार तथा यातायातको पहुँच र सामाजिक जागरुकताका कारण महामारीको सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन देखिए।

विवाह, व्रतबन्‍धलगायत सामाजिक संस्कार
विवाह, व्रतबन्‍धलगायत सामाजिक संस्कारमा आफन्त, चिनजान, साथीभाइलाई बोलाउने चलन छ। यो संस्कार आडम्बरको रुपमा विकसित हुँदै गइराखेको छ। यी संस्कारमा बढ्दै गएको देखावाटी र तामझामले नचाहिँदो आर्थिक दायित्व बढेको छ। तर, कोभिडको कारण यस्ता खालका भेलामा नियन्त्रण भयो।

सामाजिक संस्कारमा हुने भिडभाडका कारण रोग फैलिने डरले पाहुना बोलाउने चलन घटेको छ। यसबाट नचाहिंदो आर्थिक बोझबाट मुक्ति मिलेको छ। त्यस कारणले पर्ने ‘चेन इफेक्ट’ (आफ्नो कार्यमा निम्ता गर्नेलाई नबिराई निम्ता गर्ने प्रचलन) पछिसम्म पर्नेछ।

बिरामी भेट्ने चलनमा नियन्त्रण
बिरामी भएको खबर सुन्नासाथ भेट्न जाने हाम्रो चलन हो। त्यसबाट बिरामीलाई हुने असुविधासँग कसैलाई मतलब हुँदैन। अर्कोतर्फ भेट्न नगए किन भेट्न आएन भनेर सम्‍बन्धमै असर पर्नु सामान्य हो। कोभिडको समयमा भने यो चलन फेरिएको छ। रोग सर्ने डरले भेटघाटमा नियन्‍त्रण भएको छ। लाग्छ, यसै कारणले गर्दा भविष्यमा बिरामीलाई भेट्न जाने चलन फेरिने छ। खासगरी अस्पतालमा भर्ना भएका बिरामीले आरामले उपचार गराउन सहयोग पुग्ला।

अहिले अस्पताललाई आगन्तुक व्यवस्थापन सहज भएको हुनुपर्छ। आगामी दिनमा पनि अस्पतालमा हुने भेटघाट नियन्त्रण हुन जरुरी छ।

nimb
nimb
Ncell 2
Ncell 2

फेरिएको मृत्यु संस्कार
कोभिडको बेला मृतकको अन्तिम संस्कारमा नजिकको नातासमेत सहभागी हुनबाट बन्चित भए। भीडभाड नियन्त्रणका लागि यो जरुरी थियो। यसले दीर्घकालमा कसरी प्रभाव पार्ला भन्न सकिन्न। सेनाले शव व्यवस्थापन गर्ने कार्य एक समयपछि बन्द होला। तर, मर्दा-पर्दा जम्मा हुने छिमेकीको अभावमा पालिका र शव बाहनको स्थायी जिम्मेवारी बढ्न सक्छ।

कतिपय मृत्यु संस्कार त फेरिएका पनि छन्। मृतकको परिवारमा गएर सहानुभूति दिने, मलामी गएकाहरु भेला हुने जस्ता काम रोकिए। शवको अन्तिम संस्कारमा पनि नजिकका आफन्त जान नपाउँदा परम्परागत कतिपय काम हुन पाएनन्। परिवारका सदस्यले पनि टाढाबाट मात्र फूल चढाउन पाए।

धार्मिक अनुष्ठानको पद्दति 
कोभिडका बेला मन्‍दिर बन्द गरिए। लकडाउन खुलेपछि पनि बाहिरबाट मात्रै दर्शनको व्यवस्था मिलाइयो। घरमा हुने पूजापाठ तथा धार्मिक संस्कारमा थोरै संख्यामा आफन्त बोलाउने गरिएको छ। रोग सर्ने डरले ब्राह्मणहरुलाई प्रत्यक्ष बोलाउनुभन्दा सामाजिक संजालमा उपलब्ध सुविधालाई प्रयोग गरि धार्मिक अनुष्ठान गर्ने प्रचलन बढदो छ। संयुक्त परिवारबाट टुक्रँदै ‘न्युक्लियर फेमिली'मा पुग्न लागेको समाजमा अब श्राद्धमा समेत परिवार नजुट्ने स्थिति भएको छ।

शैक्षिक क्रियाकलाप घरमा सीमित
कोभिड शुरु भएदेखि नै अनलाइन कक्षाले प्राथमिकता पाउँदै गएको छ। शहरमा त सजिलो होला, तर प्रविधि उपलब्ध नहुने र प्रविधिमा खर्च गर्ने अवस्था नभएको गाउँमा समस्या भएको खबरहरु आएकै छन्। शिक्षा भनेको विद्यार्थीको समग्र विकास हो। स्कुलमा एक-अर्कासँग सिक्ने सिकाउने काम पनि शिक्षाकै पाटो हो।

कोठामा कम्पयुटर या मोबाइलको अगाडि बसेर किताबी ज्ञान त हासिल होला, तर स्कुलमा गएर लिने प्रत्यक्ष अनुभवबाट भविष्यको पुस्ता बन्चित भएको छ। यसले समकालीन साथीभाइबीचको घनिष्ठता र सामाजिक जीवनको अनिवार्य प्रत्यक्ष संचार सीप विकास अवरुद्ध हुन सक्छ। यसै पनि नयाँ पुस्ता आफन्त भेटघाटमा अरुचि देखाउँछ। अब युवा-सम्बन्ध झनै संकटमा पर्न सक्छ।

बैठक, छ्लफल प्रभावित
भेटेर आमनेसामने बसेर गरिने छ्लफलमा स्वामित्व हुन्छ। बसेर छ्लफल गर्ने गर्दा व्यक्तिगत चिनजान पनि हुन्छ। आत्मियता बढ्छ। तर, संचारमाध्यममार्फत हुने छलफलमा आफैँले अपनत्व नपाएको, छ्लफलमा उपस्थित भएका व्यक्तिलाई चिन्ने मौका पनि नपाएको अनुभव छ। यदि यस्ता छलफलमा बसेर निर्णय गर्ने हो भने त्यो धरातलीय यथार्थभन्दा बाहिर पनि हुनसक्छ।

नगदको प्रयोगमा कमी
नजिकबाट व्यवहार गर्दा कोभिड सर्ने डरले लकडाउनका बेला शहरी क्षेत्रमा अनलाइन माध्यमको प्रयोग निस्संदेह बढेको थियो। दैनिक प्रयोगका सामानसमेत अनलाइन 'सपिङ' हुने गरेको थियो। त्यसको प्रभाव अहिले पनि देखिन्छ।

अहिले किनमेलमा नगद काराेबार घटेको छ। रेष्टुरेन्टमा पनि मोबाइलबाट भुक्तानी हुन थालेको छ। यसले नगद घरमा राख्ने संस्कारलाई बिस्तारै विस्थापित गर्दै गइराखेको छ। प्रविधिको पहुँच भएको स्थानमा यो चलन बिस्तारै बढ्दैछ।

फेरिनुपर्नेछ सरकारको कार्यशैली
कोभिडको कारण बाध्याताले हाम्रा बानी, संस्कार, व्यवहारमा परिवर्तन आइराखेको छ। पारिवारिक बन्‍धनमा बाँधिएर बस्ने नेपाली समाज अब पश्चिमा समाज जस्तो एकलकाटे हुन बाध्य हुन बेर छैन। यदि, यो अवस्था लामो समय रहेमा भेटघाट र समूहसँग घेरिएर बस्ने नेपाली समुदाय मोबाइल र ल्यापटपमा सीमित हुँदै जाने संभावना छ।

भोलिको नेपाली परिवार र समाजमा संचारसँगसँगै कोभिडले अन्य परिवर्तन जरुर ल्याउने छ। जसमा आफ्ना दुःख-सुख आफैँमा सीमित हुने र व्यक्तिगत कामका लागि आफैँ सक्षम हुनुपर्ने कठिन बाध्यताले व्यक्ति एकलकाँटे हुदै जाँदा सरकारको जिम्मेवारी धेरै बढ्ने छ। त्यतिबेला मुलतः हाम्रा स्थानीय सरकार पश्चिमा समाजहरुले जस्तै गरी काम गर्नका लागि तयार छन् त?

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’ आज
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित)
सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’ आज आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने आइतबार, वैशाख २७, २०८३
सुनको मूल्य घट्यो आइतबार, वैशाख २७, २०८३
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्