दोलखा- माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्नेलगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए। आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए।
लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।