• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारत–भूटान सीमा क्षेत्रमा पनि हात्तीको समस्या उस्तै

64x64
रासस शनिबार, कात्तिक १३, २०७८  ०८:१०
1140x725

झापा- नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ। त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ।

भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन्। जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए। 

पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय गर्दै आएपछि समस्या केही कम भएको उनको भनाइ छ तर हात्ती आउने क्रम भने रोकिएको छैन। किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचान (स्थानीय भाषामा टुङ)मा अनिदै रात बिताउने गरेको उनले जानकारी दिए।  

जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ। उनीहरुको मुख्य पेसा कृषि नै भए पनि हात्ती आतङ्कका कारण उनीहरुले अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका स्थानीय साहित्यकार किरण उपाध्यायले बताए।

बाली पाकेर घरमा भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि धान, मकै, गहुँ लगाउन किसानले छाडिसकेको बताउँदै उपाध्यायले भने, “जीविकाका लागि सुपारी खेतीतिर मानिस लागेका छन्। व्यापार र पर्यटनमा पनि आकर्षण बढ्दै गएको छ।” स्थानीय नेपाली भाषी पेसा बदलेर पशुपालनमा समेत लाग्न थालेका छन्।

उनले सो क्षेत्रमा आसामबाट जङ्गली हात्ती आउने गरेको र किसानले बढी दुःखकष्ट बेहोर्ने गरेको जनाए।

हात्तीबाट मृत्यु भएका परिवारलाई भारत सरकारले प्रति व्यक्ति भारु चार लाख नगद र परिवारका एक सदस्यलाई राष्ट्रिय निकुञ्जभित्रै सुरक्षागार्डको रोजगारीको व्यवस्था गर्दै आएको उनले बताए।

जिल्लामा जुनसकै राजनीतिक दलका उमेदवारलाई जिताउने निर्णायक मत रहेको दाबी गर्दै आएका नेपाली भाषीले हात्तीसँग सधँै हार्ने गरेको दुखेसो सुनाउने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारत सरकारले जङ्गली जनावर मार्न नपाइने कडा कानूनी व्यवस्था गरेको तर स्थानीयवासीको सुरक्षामा पर्याप्त ध्यान नदिएको उनीहरुको गुनासो छ।

भूटानी सीमा नजिकको भारतीय डुबर्स क्षेत्र, नेपाल र भूटानमा जङ्गली हात्तीले पु¥याउँदै आएको क्षति विषयमा अलिपुरद्वारको जल्दापाडा निकुञ्जमा दुई दिनअघि सम्पन्न एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा समेत छलफल भएको थियो। नेपाली टोलीले बैठकमा मानव–हात्ती द्वन्द्वको अवस्थाबारे अवगत गराएको थियो। 

आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताए।

भूटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भूभाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उनले बताए। “हात्तीको कुनै देश हुँदैन, मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या होइन”, हिमालयले छोएको देशमा पर्यटन प्रवद्र्धनको साझा अभियान सञ्चालन हुनुपर्ने वकालत गर्दै आएका भारतीय संरक्षणविद् वसुले भने, “यो द्वन्द्वलाई अब पर्यटन विकासमा रुपान्तरण गर्नुको विकल्प छैन।”

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डुबर्स क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज वरपर र पहाडी क्षेत्रमा हजारौँ होमस्टे र टुरिस्ट गाइड व्यवसायको प्रवद्र्धनमा आफ्नो संस्था जुटिरहेको जानकारी दिँदै नेपाल, भूटान र म्यानमारमा समेत यसका लागि पहल भइरहेको उनले बताए। द्वन्द्वलाई पर्यटनमा रुपान्तरण गर्दा स्थानीय हात्तीपीडित बासिन्दाको आर्थिक उपार्जन दिगो हुने र वन्यजन्तुको समेत संरक्षण हुने वसुको धारणा छ।

भारतबाटै आउने जङ्गली हात्तीले प्रदेश नम्बर १ को झापामा वर्षौंदेखि ठूलो सास्ती दिँदै आएको छ। यो समस्याको न्यूनीकरणमा सरकार र सरोकारवाला निकायले धेरै पहल गरेका छन्। तर समस्याको दिगो समाधान हुन सकिरहेको छैन। भूटान, भारत र नेपालले मानव–हात्ती द्वन्द्वलाई पर्यटन विकासमा बदल्न सक्ने साझा पहलका लागि सरकार र जनस्तरमा जुट्न ढिला गर्न नहुने उनको आग्रह छ। 

झापामा मानव–हात्ती द्वन्द्वलाई ग्रामीण पर्यटनमा रुपान्तरण गर्ने अभियानमा जुटेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले मदारीहाटको अवस्था देखेपछि नेपाल, भारत र भूटानमा जङ्गली हात्तीको समस्या उस्तैउस्तै रहेको आफ्नो निष्कर्ष सुनाए। उनले समस्या समाधानका लागि भइरहेका प्रयासका आफ्ना अनुभवलाई अन्तरदेशीय मञ्चमा आदानप्रदान गरिनुपर्ने बताए।

“भारतको मदारीहाट र नेपालको बाहुनडाँगीमा हात्तीको समस्या अध्ययन गर्ने हो भने कुनै फरक पाइँदैन”, झापाको उत्तरी भागमा हात्ती करिडोरको संरक्षण गरेर पर्यटन गन्तव्य बनाइनुपर्ने विषयमा पैरवी गर्दै आएका कार्की भन्छन्, “डुबर्समा हात्ती विचरण क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर पर्यटक आकर्षण गरेको पाइन्छ। नेपालमा चाहिँ यस बारेमा सरकार र सरोकारवाला कसैले सोचेको पाइँदैन।”

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्