• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘स्क्‍विड गेम’ किन यति धेरै चर्चित भयो?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ११, २०७८  १४:४३
1140x725

काठमाडौं- भिडियो स्ट्रिमिङ माध्यम ‘नेटफ्लिक्स’ केही महिनाअघिसम्म १० अर्बभन्दा धेरै घाटामा थियो। यो वर्ष नेटफ्लिक्सको सेयरमा पनि आठ प्रतिशतभन्दा कम थियो। धेरैले नेटफ्लिक्सले यो घाटाबाट उठ्न नसक्ने अनुमान गरिरहेका थिए।

व्यापार घाटादेखि दर्शकमा पहिलेको जस्तै उत्साह नपाइरहेको नेटफ्लिक्स मानिसहरुको अपेक्षाविपरीत भयो। एकाएक अर्बौंको व्यापार घाटा बेहोरिरहेको नेटफ्लिक्सले एउटा शोका कारण आफैंलाई पुन:जीवितजस्तै बनायो।

उक्त शो थियो, कोरियाली वेब सिरिज ‘स्क्‍विड गेम।’

सेप्टेम्बर १७ मा नेटफ्लिक्समार्फत् सार्वजनिक भएको उक्त सिरिजले विश्वबजारमा चर्चामा कमाउनुका साथै नेटफ्लिक्सलाई पनि व्यापार घाटाबाट उठ्न मद्दत गरेको छ। स्ट्रिमिङका लागि अमेजन प्राइम, डिज्नी प्लस, एचबीओ म्याक्सजस्ता अन्य ओटीटी माध्यमको सुरुआत भएयता निरन्तर ओरालो लागिरहेको नेटफ्लिक्सको बजार स्क्‍विड गेम सिरिजकै कारण फेरि उठेको छ। उक्त सिरिज सार्वजनिक भएयता नेटफ्लिक्समा चार करोडभन्दा धेरै नयाँ प्रयोगकर्ता नेटफ्लिक्समा थपिएका छन्।

स्क्‍विड गेम सार्वजनिक भएको सुरुआती चार हप्तामा यो विश्वकै सबैभन्दा धेरै हेरिएको सिरिज थियो। निरन्तर चार हप्तासम्म उक्त स्थान यसैले ओगट्यो। सो अवधिमा विश्वभरबाट नेटफ्लिक्समै मात्र यो सिरिजलाई एक अर्ब ४२ करोड दर्शकले हेरिसकेका थिए।

कोरियाको परिवेशमा निर्माण भएको सिरिजको चर्चा कोरियामाभन्दा बाहिरी देशमा बढी छ। विश्वभरका ९० देशमा सार्वजनिक भएको उक्त सिरिजका ९५ प्रतिशतभन्दा धेरै दर्शक कोरिया बाहिरका छन्।

करिब एक घण्टाका नौ एपिसोड छन् स्क्‍विड गेममा। स्क्‍विड गेम ४५६ जना ऋणमा डुबेका मानिसहरु, जो आफ्नो आर्थिक अवस्थाका कारण अञ्‍जान परिवेश र परिस्थितिमा आयोजना हुने खेल खेल्न पुग्छन्, उनीहरुको कथा हो। उनीहरुले पाँच खेल खेल्नुपर्ने हुन्छ, जुन खेलहरु जितेमा उनीहरुले सोचेभन्दा निकै धेरै रकम पुरस्कारको रुपमा पाउँछन्। उक्त रकम जित्नेको जीवनलाई परिवर्तन गर्नमा पर्याप्त हुन्छ।

तर, खेलमा हारे उनीहरुलाई खेलबाट हटाइन्छ। यहाँ खेलबाट हटाउनु भनेको उनीहरुलाई मारिनु हो। जसले खेल जित्न सक्दैनन्, उनीहरुले खेलमा भएका गार्डहरुले हत्या गरिदिन्छन्। जसले ती सम्पूर्ण खेल सफलतापूर्वक जित्छ उसले तीन करोड ९० लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउँछ।

nimb
nimb
Ncell 2
Ncell 2

बालबालिकाले खेल्ने खेलमा आधारित रहेको एउटा सिरिजले कसरी विश्वभर यस्तो चर्चा कमायो त? के छ स्क्‍विड गेममा जसले नेटफ्लिक्सकै भविष्य निर्धारण गर्ने किसिमको व्यापार गरेको छ?

सिरिजमा कोरियाली बालबालिकाले खेल्ने साधारण खेलहरुलाई हिंसात्मक रुपमा देखाइएको छ। सिरिजका निर्देशक ह्वान डोङ्-ह्युकले एक अन्तर्वार्तामा भनेअनुसार हुर्केका मानिसहरुले बच्चाको खेल जित्न ज्यानको बाजी थापेको कारण मानिसहरु यो सिरिजप्रति आकर्षित भएका हुन्। खेलहरु साधारण भएका कारण दर्शकहरुले खेलका नियममाभन्दा पनि खेल खेल्ने पात्र र ती खेलहरुको चरित्रमा केन्द्रित भएर आफूलाई जोड्न सकेका कारण सिरिज चर्चित भएको उनले ठानेका छन्।

अर्कातिर, सिरिजमा भएका पात्रहरु रिलेटेवल छन्। दर्शकले ती पात्रहरुमा आफूलाई सहजरुपमा राखेर हेर्न सक्छन्। सामाजिक रुपमा तल्लो तहमा रहेका पात्रहरुले आफ्नो जीवनका लागि खेलिरहेको खेल र त्यसमार्फत् रमाइरहेका केही कुलीन (इलाइट) वर्गलाई सिरिजमा देखाइएको छ। सिरिजमा रहेका भीआईपीहरु सामाजिक रुपमा माथिल्लो तहमा भएका व्यक्तिहरु हुन्, जो तल्लो तहका व्यक्तिहरुको दुर्दशा देखेर रमाइरहेका हुन्छन्। कुनै घोडा दौडमा बाजी थापिएजस्तै उनीहरु मानिसको जीवनमाथि बाजी थापेर सरह खेलको स्वाद लिन्छन्। सिरिजमा एक खेल सकिएपछि को जीवित हुन्छ र को मृत हुन्छ भन्ने कुरामा रमाइरहेका भीआईपी र खेल खेलिरहेका पात्रहरु हाम्रै समाजको यथार्थसँग जोडिन्छन्।

सिरिज सार्वजनिक भएपछि समीक्षकहरुले पनि यो सिरिजलाई कोरियाली समाजमा भएको आर्थिक र सामाजिक असमानतामाथिको टिप्पणीको रुपमा समीक्षा गरेका थिए। यसका निर्देशकले पनि आफूले आधुनिक पुँजीवादी समाजमा भइरहेको चरम प्रतिस्पर्धा देखाउने किसिमको काम गर्न खोजेको बताएका थिए। सन् २००८ देखि आर्थिक मन्दीको शिकार भइरहेको विश्वमा त्यसको असरले ग्रसित निम्‍न वर्गका मानिसहरुले आफ्नो जीवनलाई निरन्तरता दिनका लागि ऋण तिर्न कुन हदसम्म गएका छन् भन्ने सिरिजमा देखाइएको छ। तर, एउटा वर्गका लागि बाध्यता भएको यो कुरा अर्को वर्गका लागि रमाइलोको माध्यमजस्तै बनेको छ। अहिलेको समाजमा भइरहेको असमानता, जीउनकै लागि भइरहेको प्रतिस्पर्धाजस्ता यथार्थलाई सिरिजमा बालबालिकाको खेलको माध्यमबाट देखाइनुले पनि दर्शकलाई यसतर्फ आकर्षित गरेको देखिन्छ।

अर्कातिर, बालबालिकाको खेलमा वयस्क मानिसले गरेको अभिनय निकै शानदार छ। सिरिजको प्रमुख पात्र सियोङको भूमिकामा अभिनय गरेका लि जंग जेइदेखि कांग सी बियोकको भूमिकामा रहेका होयन जंग, अब्दुल अलिको भूमिकामा रहेका अनुपम त्रिपाठी, ओ इल नामको भूमिकामा रहेका योङ सु ओलगायतका सबै कलाकारको अभिनय सिरिजमा बराबर महत्त्वपूर्ण छ। सिनेमाको लेखनमा नै हरेक पात्रको भूमिकालाई केन्द्रित गरेर उनीहरुको चरित्र निर्माणदेखि सिरिजभर उनीहरुले चाल्ने हरेक कदम र उनीहरुको मृत्यसम्मका घट्नाक्रमहरुलाई ‘पर्फेक्ट’ बनाएर निर्माण गरिएको छ।

दक्षिण कोरियाबाट उत्पादन भइरहेका फिल्मदेखि गीतसंगीत तथा अन्य मनोरञ्जनका सामग्रीहरुभन्दा फरक रहेर बनेकै कारण पनि स्क्‍विड गेमले अर्कै ‘हाइप’ बनाएको छ। कोरियाली ‘के-पप’ विश्वमा जमाएको वर्चश्व, प्रेम कथामा आधारित सिनेमा तथा सिरिजबीच ‘सर्भाइभल’ जन्‍रमा निर्माण भएको स्क्‍विड गेमले बाहिरी विश्वलाई कोरियाली समाजको असमान यथार्थ उद्घाटित गरेको छ।

स्क्‍विड गेमको निर्माण सफलतापूर्वक गरिएको छ। यसका दृश्यहरुलाई उल्लेखनीय रुपमा न्याय गर्दै खिचिएको छ। सिनेमा वा कुनै पनि दृश्यसँग सम्बन्धित कुरा हेर्दा आवश्यक हुने ‘आश्चर्य’ सिरिजमा दर्शकले पाउँछन्। हरेक एपिसोडमा दर्शकले अपेक्षा गरेभन्दा फरक किसिमको दृश्य देखिन्छ।

उदाहरणका लागि सिरिजमा अन्य प्रतिस्पर्धीसँगै खेलमा भाग लिइरहेका ओ इल नामलाई दर्शकले सिरिजको अन्त्यसम्म नपुग्दा सामान्य प्रतिस्पर्धीको रुपमा सोचिन्छ। तर, सिरिजको अन्त्यमा यो खेलको सुरुआतकर्ता नै ऊ भएको रहस्य खुल्छ। अस्पतालको बेडमा मृत्यु कुरिरहेको इल नामले आफूलाई जीवनमा मनोरञ्जन चाहिएका कारण आफूले मृत्युसँग साक्षात्कार हुने खेल सुरु गरेको बताउँदा त्यसले दर्शकलाई पनि सोच्न बाध्य बनाउँछ। दर्शकले अपेक्षा गरेविपरीत सिरिजमा दृश्यहरु आउनुले पनि यसलाई सफल हुनमा भूमिका खेलेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालटिन बालेर आन्दोलनमा उत्रिए वकिल
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
लालटिन बालेर आन्दोलनमा उत्रिए वकिल मंगलबार, जेठ ५, २०८३
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति मंगलबार, जेठ ५, २०८३
क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ पनि पुग्यो सर्वोच्च मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधान न्यायाधीशको संवैधानिक योग्यता सम्बन्धमा समितिमा उजुरी मंगलबार, जेठ ५, २०८३
प्रस्तावित प्रधानन्यायाधीशमाथिको सुनुवाइ : उजुरीकर्तासँग छलफल सकियो मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सन्दीप लामिछानेको नाममा विश्व रेकर्ड, स्टार्कलाई उछिने सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्