• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आयल निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड नाघ्ने प्रक्षेपण

64x64
रासस सोमबार, कात्तिक १, २०७८  २०:११
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ। विश्वबजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ।

आज मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५.५८ अमेरिकी डलर पुगेको छ। पछिल्लोपटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ। गत असोज ३० गते आईओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा दुई अर्ब २२ करोड रुपैयाँ नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान सात रुपैयाँ नौ पैसा वृद्धि भएको छ। अक्टोबर १६ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ। एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार ३७५ रुपैयाँ दुई पैसा कायमै छ। आईओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन।

पेट्रोलको खरिद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन चार रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ।

पेट्रोलमा निगमको सम्पूर्ण खर्च एक रुपैयाँ ९६ पैसा, डिजेलमा एक रुपैयाँ ५६ पैसा, मट्टितेलमा एक रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ।

ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ एक पैसा, डिजेलको प्रतिलिटर १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिण्डर एक हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ।

काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० रुपैयाँ तोकिएको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०.७७ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४५० रुपैयाँ तोकिएको छ।

पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर चार रुपैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीबाट प्रतिसिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ। मट्टितेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ। १५ दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख रुपैयाँ, डिजेल बिक्रीबाट एक अर्ब नौ करोड रुपैयाँ, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख रुपैयाँ र एलपी ग्यास बिक्रीबाट ७५ करोड ७० लाख रुपैयाँ गरी दुई अर्ब २२ करोड छ लाख रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ।

पन्ध्र दिनमा मट्टितेल बिक्रीबाट दुई करोड ३३ लाख रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा रुपैयाँ हुनेछ। मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ।

विश्वबजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ। विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ। छ/सात वर्ष अघिको ३७ अर्ब रुपैयाँ ऋण तिर्दै निगम विस्तारै नाफामा गएको थियो। गत आवमा निगम फेरि करिब तीन अर्ब रुपैयाँ घाटामा गएको छ। पछिल्लो तीन महिनामा निगम छ अर्ब रुपैयाँ घाटामा गएको प्रवक्ता उपाध्यायले बताए।

निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशङ्‍का गरिएको छ। निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्नसक्ने निगमका अधिकारीको भनाइ छ।

Xtrem

Xtrem

भारतमाभन्दा नेपालमा सस्तो
भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो रहेको छ। भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ रुपैयाँ ८२ पैसा, डिजलमा ५२ रुपैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०.०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर १७५ रुपैयाँ ६५ पैसा सस्तो छ।

भारतीय सीमा क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ रुपैयाँ ३२ पैसा, डिजेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ २३ पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ६०५ रुपैयाँ ६५ पैसा छ। सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रामूल्य प्रतिलिटर १२८ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४३० रुपैयाँ छ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भारततर्फ इन्धनको चोरी निकासी हुने सम्भावना बढेर गएको छ। सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ। निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’ बुधबार, असोज २१, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्