• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

इँटा बोक्न बाध्य हातमा अब किताब

पाँच वर्षभित्र बालश्रममुक्त बनाउने गाउँपालिकाको योजना सफलतातर्फ
64x64
महेश न्यौपाने शनिबार, असोज १६, २०७८  १०:३६
1140x725

रोल्पा– १६ वर्षीया मनिषा पुन रोल्पाको जन जागृति माध्यमिक विद्यालय जुगारमा कक्षा ७ मा पढ्छिन्। अधिकांश दौतरी प्लस टु अध्ययन गरिरहँदा मनिषालाई भने प्लस टु पुग्न अझै ४ वर्ष कुर्नुपर्ने छ।

गरिबीले मनिषाको निरन्तर पढाइमा साथ दिएन। कक्षा ४ मा पढ्दापढ्दै ४ वर्षअघि पैसा कमाउन उनी काठमाडौं गइन्। काठमाडौंमा उनले बच्चा बोकेर पानी ओसार्ने, कपडा धुने, खाना पकाउने र समय समयमा इँटा बोक्ने गर्थिन्।

इँटाभट्टा सञ्चालनको समयमा उनले ६ महिना काम गरेर कमाएको ८ हजार रुपैयाँ लिएर घर फर्किइन्। पुनः सिजन सुरु भएपछि काममा फर्कने गरी घर फर्किएकी मनिषा त्यसपछि काम गर्नकै लागि पुनः काठमाडौं जान नपाउने भइन्। इँटा भट्टा गएका बालबालिकालाई  गाउँपालिकाले फर्काउन सुरु गरेपछि मनिषाको काठमाडौं यात्रा पनि रोकिएको हो।

काठमाडौं जान नपाएपछि उनले रोल्पाको निगालपानीस्थित एक  होटेलमा काम गर्न थालिन्। काठमाडौं जान रोकेको गाउँपालिकाले तत्काल जीविकोपार्जनको व्यवस्था नगरिदिपछि परिवारका लागि साँझ–बिहानको जोहो टार्न उनी होटलमा काम गर्न बाध्य भइन्। त्यहाँ उनले ६ महिना काम गरिन्।

साथीभाइ किताब बोकेर स्कुल  गएको देख्दा उनको मन भकानिन्थ्यो। ‘मेरा कैयौं रात रोएरै बिते’ विगत सम्झँदै मनिषाले भनिन्।

इँटा भट्टाबाट फर्किएका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियान नै चलेपछि उनी पनि जनजागृति मावि जुँगारको कक्षा ५ मा  भर्ना भइन्।

फुपूको घर बसेर पढ्दै गरेकी उनी अहिले निकै खुसी छन्। अन्धकारबाट उज्यालोतर्फ आएको महसुस भएको छ, उनलाई।

नेपाल प्रहरीमा सेवा गर्ने धोको छ मनिषाको। ‘पढेर ठूलो मान्छे बन्छु भन्ने साहस आएको छ’ उनले भनिन्। ‘विद्यालयले दिने छात्रवृत्तिले जसोतसो खर्च चल्छ, इच्छा लागेको खाने लगाउने त सपना न हो कलम, कापी किन्न पुगिहाल्छ,’ मनिषाले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

आमा शारीरिक रुपमा अशक्त रहेका मनीषका बुवाको २ वर्षअघि मृत्यु भएको थियो। वैदेशिक रोजगारीमा गएका दाइ लामो समय भए पनि घर फर्केका पनि छैनन् भने पैसा पनि पठाएका छैनन्।

मनिषामात्र होइन, त्रिवेणी गाउँपालिकाबाट काठमाडौंका इँटा भट्टामा काम गरेर फर्किएका २०५ बालश्रमिकमध्ये १७३ जना विद्यालय भर्ना भएका छन्।

बालबालिका किन बालश्रममा जान बाध्य छन् भन्ने कुराको सत्यतथ्य पत्ता लगाउन घरधुरी सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा विद्यालय उमेरका २२७ बालबालिका काठमाडौंका विभिन्न इँटाभट्टा र होटेलहरुमा बालश्रमिकका रुपमा रहेको तथ्य फेला पर्‍यो।

सर्वेक्षणबाट अभिभावकको गरिबी  र साथीभाइको देखासिकीका कारण बालश्रममा जाने गरेको परिणामसमेत देखाएको  थियो। 

Xtrem

Xtrem

‘काठमाडौं इँटाभट्टामा श्रम गरिरहेका बालबालिकालाई फिर्ता गर्नु फलामको चिउरा चपाउनुजस्तै थियो’ त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने, ‘विद्यालय उमेरका ती बालबालिका फिर्ता गरेर विद्यालय भर्ना गर्ने मेरो चुनावी प्रतिबद्धता  पनि  थियो।’

गाउँपालिकालाई  ५ वर्षभित्र बालश्रममुक्त बनाउने रणनीतिक योजनासमेत तय गरिएको उनले बताए। पञ्चवर्षीय रणनीतिक योजनाका साथै गाउँपालिकाले बालबालिकासम्बन्धी विभिन्न ५ वटा कानुनसमेत तर्जुमा गरेको छ। रणनीतिक योजनाबमोजिम सघन कार्यक्रम सञ्चालन गरी गाउँपालिकाले ती बालबालिका फिर्ता गरी विद्यालय भर्ना गर्न सफल  भएको हो।

गरिबीका कारण र देखासिकीका कारण पछिल्लो समय पढाइ छोडेर इँटाभट्टा जाने प्रवृत्ति बढ्दै गएको थियो। बावुआमा सँगै बालबालिका पनि काठमाडौं जाने र बालश्रमिकका रुपमा त्यतै काम गर्ने क्रमले निरन्तरता  पाइरहेको थियो। समुदायमा अभिभावक  शिक्षा  कार्यक्रम र  विद्यालयमा बालक्लबहरु गठन गरेर उनीहरुकै अगुवाइमा बालश्रम जान नदिन विभिन्न अभियान सञ्चालन गरिए। समुदायमा  बालश्रममा जान लागेको थाहा पाउने बित्तिकै नजिकको प्रहरीलाई खबर गर्ने संयन्त्रसमेत बन्यो।

यसरी फर्किएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न गाउँपालिकाले विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी शैक्षिक सामग्री, विद्यालय पोशाक सहयोग गरेको थियो।

‘जीविकोपार्जनको  समस्या भोगेर छोराछोरी इँटाभट्टा पठाउन बाध्य परिवारका लागि बाख्रा, कुखुरापालन, तरकारी खेती जस्ता आयआर्जनका काममा  सहयोग गर्‍यौं’ गाउँपालिका अध्यक्ष वलीले भने।

गाउँपालिकाले २९ घरधुरीलाई बंगुरपालन, ७४ घरधुरीलाई कुखुरापालन र १२६ घरधुरीलाई बाख्रापालनमा सहयोग  गरेको छ।

सीप विकासअन्तर्गत १० जनालाई कपाल काट्ने तालिम, २३ जनालाई हाउस वायरिङ, १५ जनलाई डकर्मी, १० जनालाई सिकर्मी, ९ जनालाई खाजा नास्ता, ९ जनालाई ब्युटीपार्लर, १६ जनालाई सिलाइकटाइ र ४ जनालाई मोटरसाइकल  मर्मत तालिम दिएको छ।

त्रिवेणी गाउँपालिकाबाट बालश्रममा गएकामध्ये ८५ प्रतिशत बालबालिका फर्किसकेको त्रिवेणी गाउँपालिका शिक्षा शाखा अधिकृत अमृता बुढाथोकीले जानकारी दिइन्। उनका अनुसार फर्किएकामध्ये अधिकांश विद्यालय भर्नासमेत भएका छन्। शतप्रतिशत उपलब्धि हासिल गर्न गाँउपालिका योजनासहित अघि बढेको बुढाथोकीको भनाइ छ।

‘विद्यालय छोडेर बालश्रममा गएकालाई फर्काउने अभियानमा गाउँपालिकाभित्रका विद्यालयले समेत  महत्वपूर्ण योगदान गरेका छन्,’ जनजागृति मावि जुगारका प्रधानाध्यापक जीवराज भण्डारीले भने, ‘अभिभावक सचेतनामा विद्यालयका शिक्षकहरुको भूमिका महत्वपूर्ण रह्यो।’

बालश्रमबाट फर्किएर विद्यालय भर्ना भएका बालबालिकाका लागी गरिएको शैक्षिक सहयोग र उनीहरुका अभिभावकलाई दिएको आयआर्जन सहयोगले पठनपाठनमा सहयोग गरेको भण्डारीले बताए।

अभियानलाई सफल पार्न गाउँपालिकाभित्रको बालक्लबले समेत महत्वपूर्ण भूमिका खेलेका छन्। ‘सँगै पढिरहेका साथी पढाइ छाडेर इँटाभट्टामा गएको सुन्दा नमज्जा लागेपछि  त्यसको रोकथाममा हामीले पनि भूमिका खेल्यौं,’ पालिकास्तरीय बालक्लबका अध्यक्ष भरत बुढाथोकीले भने।

सबै विद्यालय र गाउँहरुमा बालक्लब गठन गरी बालश्रममा जानेलाई रोक्ने अभियान चलाएको भरतले बताए। ‘स्कुले केटाकेटी गाउँ छाड्दै गरेको थाहा पाउनेबित्तिकै नजिकका स्थानीय सरकार र प्रहरी यूनिटलाई खबर गरेर फिर्ता गरेका थियौं,’ उनले ने, ‘जनप्रतिनिधि र प्रहरीको सहयोगमा यसको रोकथाममा धेरै हदसम्म सफल भएको छ।’

पछिल्ला दिनमा भने उनीहरुले इँटाभट्टा जाने साथी रोक्नु परेको छैन।

फेरि फर्कने चिन्ता

विद्यालय छोडेर इँटाभट्टा जाने त्यहाँको पुरानो चलन हो। केही विद्यार्थी सधैँका लागि पढाइ त्योगेर काठमाडौं वा  भारततिरै लागे। केही  भने परीक्षा दिनसम्म फर्कन्छन्। इँटाभट्टा  जाने परम्पराजस्तै भएकाले गाउँपालिकाले फिर्ता गरेका फेरि फर्कने हुन् कि भन्ने चिन्ता गर्छन्, जनजागृती माविका शिक्षक खुसीराम केसी।

गाउँपालिका भने पुनः इँटाभट्टा फर्कने अवस्था नआउने दाबी गर्छ। ‘हामीले गाउँपालिकालाई बालश्रम मुक्त बनाउने तयारी गरिहेका छौं’, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हीरा बुढामगरले भनिन्।

तीन वर्षभित्र कम्तीमा ९० प्रतिशत बालश्रम अन्त्य गर्ने र ५ वर्षभित्र शतप्रतिशत गर्दै गाउँपालिकालाई बालश्रममुक्त घोषणा गर्ने गाउँपालिकाले रणनीतिक योजनाबमोजिम आगामी मंसिर ४ गते गाउँपालिकालाई बालश्रममुक्त  घोषणा गर्ने तयारी गरिरहेको उनले सुनाइन्।

चालु वर्ष देशभरका २०  वटा स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्ने मन्त्रालयको कार्यक्रमभित्र त्रिवेणी पनि परेको छ। जसअनुसार असोजभित्र गाउँपालिकाका ७ वटै वडा र मंसिर ४ गते अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा गाउँपालिका नै बालश्रममुक्त हुने बुढामगरले जानकारी दिइन्।

यसरी  फर्किएका  बालबालिकाको  सहयोगका  लागि पालिकाले बालकोषसमेत स्थापना गरेको छ। सो कोषमा ३९ लाख रुपैयाँ रकम रहेको महिला बालवालिका तथा जेष्ठ  नागरिक शाखाले जनाएको छ। कोषमा हरेक वर्ष गाउँपालिकाले बजेट थप्ने गरेको बुढामगरको भनाइ छ। सो कोषबाट बालबालिकाले अध्ययन गरिरहरेको सम्बन्धित विद्यालय र वडाको सिफारिसका आधारमा प्रतिबालबालिका १० हजार रुपैयाँका दरले सहयोग गरिन्छ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्