• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

शापुसँग सचेत रहौँ, आँखाको ज्योति गुम्‍न सक्छ!

64x64
रासस शनिबार, असोज ९, २०७८  २३:०५
1140x725

भैरहवा- मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउनसक्ने एक अध्ययनले देखाएको छ। नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो। बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन्। नेपालमा मात्र हुने यो शापु रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ।

विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन्। रोगको लक्षण देखिएको २४ देखि  ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने नेपाल नेत्र ज्योति संघले जनाएको छ। बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमासमेत आर्थिक र सामाजिक रूपमा दख्खल पुर्‍याएको नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका अध्यक्ष सागर प्रताप राणाले बताए। यो रोग लागेमा अस्पताल पुग्नैपर्ने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टरका नेत्ररोग विशेषज्ञ प्रा डा ज्ञानेन्द्र लामिछानेको सल्लाह छ।

'आँखाको ज्योति बचाउनका लागि शापु लागेको लक्षण थाहा पाउनासाथ अस्पताल पुगेर उपचार गरी निको बनाउन सकिन्छ,' प्रा डा लामिछानेले भने, 'समयमा नै अस्पतालमा नआए दृष्टिविहीन हुनसक्ने सम्भावना अधिक रहन्छ। नेपालका  गण्डकी प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा यो रोग लाग्ने गरेको तथ्याङ्‍कले देखाएको छ।

शापु रोगका लक्षण
यो रोग लागेमा मानिसको आँखामा विभिन्न लक्षण देखिने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टरले जानकारी दिएको छ। रिसर्च सेन्टरका अनुसार शापु रोग लागेमा एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखाको दृष्टिमा कमी आउने, आँखा दुख्ने, समयमा उपचार नपाए कालोमा सेतो देखिने गर्दछ।

मानिसमा यस्ता लक्षण देखिए तुरुन्त नजिकको आँखा अस्पतालमा पुग्नुपर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन्। रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका प्रमुख प्रकाश रायमाझीले शापु रोगको उपचार अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण आउनाका साथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल पुग्नुपर्ने बताए। उनले मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा शापु रोगको जस्ता लक्षण देखिए पनि अस्पताल छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिने बताए।

शापुबाट जोगिने
यो रोगबाट जोखिनका लागि मानिस सेतो पुतलीको संसर्गबाट टाढै बस्नुपर्ने विशेषज्ञ बताउँछन्। उनीहरुले रातिको समयमा बत्तीमा आउने सेतो पुतलीले मानिसको आँखामा संसर्ग हुनपुगे मात्र यो रोग लाग्ने भएकाले पुतलीबाट टाढा रहनु नै उत्तम रहेको बताएका छन्। नेत्ररोग विशेषज्ञ प्रा डा मदनप्रसाद उपाध्यायले रातिमा घरको झ्यालढोका बन्द गर्ने, आफूखुसी औषधि या अन्य कुनै पनि उपचार नगर्ने, रातिमा बत्ती निभाएर सुत्ने, रोगको लक्षण देखिए तुरुन्तै आँखा उपचार केन्द्रमा पुग्नुपर्ने बताए।

'मानिसको आँखा संवेदशील भएकाले घरेलु उपचारभन्दा रोग देखिए आँखा उपचार केन्द्रमा पुग्नुपर्दछ,' नेत्ररोग विशेषज्ञ प्रा डा उपाध्यायले भने, 'यो रोगलाई आँखा पाक्ने रोगसँग  दाँजेर घरमै बस्नु हुँदैन। आँखा उपचार हुने अस्पतालमा पुग्नु पर्दछ।' हरेक वर्ष बिराएर प्रकोपको रुप लिने यो रोग नेपालमा समस्याका रूपमा देखिएको छ। गत वर्ष नदेखिएको शापु यो वर्ष देखिएको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन्।

अस्पतालको तयारी
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा प्रकोपका रूपमा देखिएको यो रोगको उपचारका लागि रणअम्बिका शाह आँखा अस्पताल भैरहवाले विशेष टोली तयारी अवस्थामा राखेको जानकारी दिएको छ। नेत्ररोग विशेषज्ञहरू यो रोगको उपचार २४सै घण्टा तयारी अवस्थामा छन् भने अस्पतालका अन्य कर्मचारी पनि शापुको उपचारका लागि अस्पतालको निर्देशनअनुसार काम गरेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टरले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टरका नेत्ररोग विशेषज्ञ प्रा डा उपाध्यायले शापु रोगको उपचार र रोकथामका लागि नेपालभरका नेत्ररोग विशेषज्ञ र अस्पतालसँग उपचार पद्धतिमा एकरूपता ल्याउनका लागि सहकार्य गरिएको बताए। नेपालमा वि.सं. २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ। यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञ बताउँछन्।

उपचार विधि
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टरका नेत्ररोग विशेषज्ञ प्रा डा लामिछानेका अनुसार यो रोगको उपचार विभिन्न वर्गमा विभाजन गरेर गरिएको छ। पहिलो, यो रोग लागेर तुरुन्त आँखा उपचार केन्द्र वा अस्पतालमा पुगे सामान्यरूपमा आइड्रपले नै निको हुने गर्दछ।

दोस्रो, यो अलि ढिलो अस्पताल पुग्ने र आँखामा शापुका जीवाणु फैलिसकेको हुनाले इन्जेक्सन लगाएर उपचार गरिन्छ। तेस्रो, अस्पताल ढिलो पुग्ने अवस्था हो। यस अवस्था जटिल अवस्था भएकाले शल्यक्रिया गरी शापुको उपचार गरिन्छ। उपचारपछि मानिसमा आँखाको ज्याति पुरानै अवस्थामा फर्काउन पनि कठिन छ। रातिमा सुत्दा पनि झुल लगाएर सुत्नुपर्ने नेत्ररोग विशेषज्ञहरू बताउँछन्।

पुतलीबाट टाढै बसौँ
सेतो पुतलीले सार्ने शापु रोग नेपालमा मात्र हुने आँखामा लाग्ने रोग हो। यो भदौदेखि मङ्सिर महिनासम्म लाग्ने मौसमी रोग हो। यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने सङ्‍क्रमण खालको रोग हो। आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यस नेपालमा समस्याको रूपमा लिने गरिएको छ। नेपालका मध्यपहाडी जिल्लामा यो रोगको जोखिम बढी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसको उपचार नेत्र चिकित्सकले मात्र गर्ने भएकाले आइड्रप, आँखाभित्र इन्जेक्सनबाट औषधि पठाएर र शल्यक्रियाबाट गरिने भएकाले यो जटिल प्रकृति हो। यसका लागि मानिसले सेतो पुतलीबाटै टाढै बस्नुपर्दछ। यसको रोकथामका उपाय अपनाउनु शापु रोगबाट बच्नु हो। त्यसकारण नेपालमा मात्र पाइने यो रोगको निवारणका लागि नेत्ररोग विशेषज्ञहरूले अनुसन्धान गरी यसको निदान गर्नुपर्दछ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो। आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्