• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा

नित्सेले अँगालो मारेको घोडा र बेला टारको अन्तिम फिल्म

64x64
युवराज भट्टराई शनिबार, असोज ९, २०७८  १५:२२
1140x725

मानिलिनुस् तपाईंको हरेक दिनको दैनिकी एउटै छ। दैनिक गर्ने क्रियाकलाप मात्रै होइन, तपाईंको दैनिक खानेकुरादेखि कैयौं पटक चिहाउने झ्याल बाहिरको आकृति पनि एउटै छ। 

यस्तो दैनिकी बाँच्नु परेमा कस्तो होला?

सन् १८८९ मा फ्रेड्रिक नित्सेले ट्युरिनका कैयौं गल्लीहरुमा भौतारिन्थे। एक दिन एउटा गल्लीमा मालिकले घोडालाई कुटिरहेको भेटे। ढाडमा सामानको भार राखिदिएर घोडालाई हिँडाउन ऊ कोर्रा हानिरहेको थियो। तर, घोडाको पाइला डेग चलेन। मालिक भने कोर्रा हानिरहेकै थियो।

यो दृश्य देखेर नित्सेलाई असह्य भयो। घोडाले भोगिरहेको पिडा देखेर उनले आफूलाई रोक्न सकेन्न। दौडिएर गए, अनि रुँदै घोडालाई अंगालेर मालिकको कोर्राबाट बचाउन खोजे। तर, उनी होस गुमाएर त्यहीँ लडे।

आफ्नो घोडालाई कुनै अन्जान व्यक्ति आएर अंगालो मार्दै रोएको देखेपछि घोडा मालिकले प्रहरीलाई खबर गर्‍यो। ट्युरिनको त्यो गल्लीमा हल्लाखल्ला मच्चिहाल्यो। नित्सेका साथी डेभिड फिनोले घटनाबारे थाहा पाएपछि प्रहरी आउनुअघि नै नित्सेलाई उठाएर घर पुर्‍याए।

घर पुगेपछि नित्से सबै कपडा फुकालेर नाङ्गै नाच्न थाले। उनले बेहोसीमै नाचेका थिए। केहीबेरको नृत्यपछि उनी चुपचाप टोलाएर बस्न थाले।

त्यो घटनाले नित्सेको जीवनमा यति धेरै प्रभाव पार्‍यो कि उनले त्यसपछि कहिल्यै लेख्न सकेनन्। लगातार तीन दिनसम्म चुपचाप भएपछि उनले आमासँग यति मात्र भने, ‘म त बेवकुफ रहेछु।’ त्यो दिनपछि नित्से कहिल्यै होसमा रहेनन्। उनको बेहोसीलाई ‘मानसिक रोग’को संज्ञा दिइयो। उनले ११ वर्षसम्म मानसिक अस्पतालमा बिताउनुपर्‍यो। त्यसपछि उनको मृत्यु भयो।

सन् २०१३ मा प्रदर्शनमा आएको हंगेरियन निर्देशक बेला टारको अन्तिम फिल्म ‘अ ट्युरिन हर्स’ नित्सेको जीवनको यहि प्रसंगबाट सुरु हुन्छ। अँध्यारो पर्दामा नित्सेको कथालाई पाश्र्व आवाजबाट वर्णन गरिन्छ। र अन्त्यमा भनिन्छ– त्यो घोडाको बारेमा हामीलाई केही थाहा छैन।

Ncell 2
Ncell 2
nimb
nimb

नित्सेले मानिसलाई कहिल्यै पूर्ण मानेनन्। उनका सिर्जना चाहे त्यो ‘थस स्पोक जाराथ्रुस्त्र’ होस् वा ‘ह्युमन, अल टु ह्युमन’ होस्, हरेक सिर्जनामा मानिसलाई अपूर्ण भएको बताए। मानिस अपूर्ण भएकै कारण आफूलाई ईश्वरसम्म बनाउन सक्ने ठान्छन्, नित्सेले।

तर, नित्सेले अरु सबै जनावरलाई पूर्ण ठाने। मानिसबाहेकका हरेक जनावर आफू भएर जन्मिने, तर मानिसको अस्तित्व एकाकार नहुने उनको मान्यता रह्यो।
एक जनावरमाथिको हिंसापछि उनी मानसिक रुपमा विक्षिप्त भए। विक्षिप्त अवस्थामा नै उनको मृत्यु भयो। बेला टारले आफ्नो फिल्ममा नित्सेले अंगालेको त्यो घोडालाई के भयो भन्ने कल्पना गरेका छन्।

फिल्ममा जेनोस डेर्ज्सीले बुबाको भूमिका निभाएका छन् भने एरिका बोकले उनकी छोरीको भूमिका निभाएकी छिन्। 

फिल्मको सुरुवातमा नित्सेको कथा सुनाएपछि दृश्य सुरु हुन्छ, जहाँ टारलाई मन पर्ने रङ ब्ल्याक एण्ड ह्वाइटमा पर्दा खुल्छ। बिरामी घोडालाई घर ल्याइरहेको मालिकले घोडामाथि बजारिरहेको सिर्कनाको दृश्य करिब सात मिनेटसम्म चल्छ। यो समयभरि मिहाले भिगको आशाहीन संगीतले दृश्यलाई साथ दिन्छ।

Xtrem

Xtrem

अढाई घण्टा लामो सिनेमामा टारले एक गरिब परिवारका बाबु ओल्सडोरफोर र छोरीको ६ दिनको दैनिकी देखाएका छन्। उजाड परिदृश्यमा खिचिएको सिनेमामा उनीहरुको एउटै दैनिकी दोहोरिन्छ। छोरी उठेर पानी ल्याउँछिन्, आलु उसिन्छिन्, बाबु–छोरी आलु खान्छन्, बिरामी घोडालाई हेर्छन्।

दोहोरिरहेको दैनिकीबीच घोडाप्रति छोरीको प्रेम देखिन्छ। तर, बाबुको निम्ति घोडा आवश्यकता हो। बुबा र छोरीले बाँचिरहेको दैनिकी आशाहिन छ। अस्तित्व केवल एउटा भ्रम हो। कथात्मक रुपमा मानिसले बाँचिरहेको जीवनको अस्तित्वलाई आशाहिन र अन्यमनष्कताले भरिएको देखाइएको छ।

सीमित संवादले बोलिरहेको मानवीय संवेदना
टारको सिनेमामा संवाद सिमित छन्। तर, गौण संवादहरुबीच संगीत व्यापक छ। संगीत र सिनेमेटोग्राफीको संयोजनबाट उनले मानवीय अस्तित्वलाई प्रस्तुत गरेका छन्। 

सिनेमाको सुरुवातमा नित्सेको कथा भनिनु र भिगले संयोजन गरेको खडेरीबीचको हावाहुरीसँगै बजिरहेको संगीतले मानिसलाई मध्यकालीन समयको छनक दिन्छ। उनको संगीतले आशाहीन समयमा पनि कुनै मनिसले आफूलाई बचाइराख्न गरेको संघर्षलाई प्रस्तुत गरेको छ।

मालिकले घोडालाई बर्सारहेको सिर्कनाको आवाजले आशाहीन समयको संकेत गर्छ। गाडा भत्किएको छ र घोडा चलाउनेको एउटा हात चल्दैन। नित्सेले अंगालो मारेको घोडा लिएर ऊ आफ्नो घर पुग्छ। त्यही दिनदेखि घोडा बिरामी हुन्छ। हुरी चलिरहेको त्यो साँझको दृश्य देखाउन टारले ‘लङ सट’ खिचेका छन्। उक्त परिदृश्यमा एक्लो घर, घरबाट केही टाढा रहेको इनार, सुकेको रुख र सुकेका पातहरु झरेर बनेको चाङ देखिन्छ।

कथालाई अर्थ दिन संवाद आवश्यक नहुने एउटा श्रेष्ठतम् उदाहरण ‘अ ट्युरिन हर्स’ हो। बाबु–छोरीबीच कुनै संवाद छैन। संगीत र पात्रहरुको क्रियाकलापबाट उनीहरुले आफ्नो जीवनको भयानक यर्थाथलाई भोगिरहेका छन्। हुरीको कर्कश आवाज, पाइला चाल्दाका आवाज भाँडाकुँडाका आवाजले दर्शकसँग संवाद गर्छन्।

फिल्म सुरु भएको २१ मिनेटपछि पहिलो संवाद सुनिन्छ। छोरी भन्छे– तयार छ।

त्यसपछि फेरि अर्को आठ मिनेट कुनै संवाद हुँदैन। फिल्ममा संवाद यति गौण छन् कि कैयौं मिनेटपछि केवल एक शब्द बोलिन्छ। सबैभन्दा लामो संवाद छिमेकीसँगको छ, जुन करिब सात मिनेटको छ।

हुरीसँगै मिहाले भिगको संगीतमार्फत त्यो बञ्जर परिदृश्यमा खिचिएका परिदृश्यमार्फत बुबा र छोरीका सापेक्षित भोगाइहरुको वर्णन छ। अर्कातिर घोडालाई ‘क्लोज अप’मा लामो समयसम्म लिइएका दृश्यले त्यो समयको शून्यतालाई प्रस्तुत गरेको छ।

शून्यताबीच अस्तित्वको खोजी
फिल्मभर केवल दुई घटना छन्, जुन चलिरहेको दैनिकीमा फरक लाग्छन्। पहिलो घटनामा फिल्मको सबैभन्दा लामो संवाद पनि छ। 

बुबा र छोरी मात्रै भएको त्यो घरमा दोस्रो दिन छिमेकी आइपुग्छन्। आफ्नो घरमा ‘पालिन्का’ (एक प्रकारको भोड्का) सकिएकाले माग्न आएका हुन्छन्। र, त्यहाँ उनले फिल्ममा नित्सेकै दर्शकमा आधारित भएर आफ्नो कुरा राख्छन्।

उनी बाहिरी शहर हुरीले उडाएको कुरा गर्छन्। हावाले सभ्यतालाइ निमिट्यान्न बनाएको सुनाउँछन्। मानवता र पापको कुरा गर्छन्। र यो सबै कसरी मानव जातिको विनाश उन्मुख देखिएको छ भन्ने बताउँछन्। उनले भनेको यही संवादमा नित्सेको दर्शन सबैभन्दा लामो रुपमा शब्दमा प्रस्तुत छ। उनी दुनियाँमा भइरहेको विनासको केही दोष भगवानलाई पनि दिनुपर्ने बताउँछन्। 

डच चित्रकार भिनसेन्ट भ्यान गगको सन् १८८५ को ‘पटोटो इटर्स’ चित्रकलाको जस्तै दृश्य देखिन्छ सिनेमामा। बुबा र छोरी उसिनेको आलु खान्छन्। तर, पहिलो दिनको उनीहरु बाँचेर खाइरहेका हुन्छन्। सिनेमाको अन्त्य, छैटौं दिन उनीहरु बाँच्नका लागि खाइरहेका हुन्छन्। 

बुबा र छोरीबीच पहिलो दिन राति सुत्ने बेला किन काठ खाने किराले काठ खाएन भनेर संवाद हुन्छ। ५८ वर्षदेखि निरन्तर काठ खाइरहेका किराहरु एकाएक चुपचाप हुन्छन्। घरमा बाहिरको हुरी बाहेक मुर्दाशान्ति हुन्छ। दोस्रो दिन घोडा हिँड्न मान्दैन। 

तेस्रो दिन केही फरन्तेहरु आइपुग्छन्। उनीहरुको कुवाबाट पानी पिउन थाल्छन्। छोरी, जो उनीहरुलाई त्यहाँबाट खेदाउन जान्छिन्, उसलाई पनि सँगै लिएर जान खोज्छन्। तर, बुबा आएपछि भाग्छन्। जाँदा जाँदै ‘पानीका लागि धन्यवाद’ भनेर एक फिरन्तेले छोरीलाई ‘बाइबल’ दिएर जान्छ। नित्सेको समयमा जर्मनमा इसाई धर्मको प्रभाव बढिरहेको कुरालाई यो दृश्यबाट प्रस्तुत गरिएको छ। 

चौथो दिन अचानक उनीहरु बसिरहेको ठाउँको कुवा सुक्छ। घोडा लिएर उनीहरु बसाइँ सर्न चाहन्छन्। घोडालाई पछाडि बाँधेर छोरी गाडा गुडाउने प्रयास गर्छिन्। परिदृश्यमा कतै टाढा बिलाएका उनीहरु बसाइँसराइ पनि गर्न पाउँदैनन्। फर्किएर घरै आउँछन्। तेस्रो दिनदेखि नै हुरी बढिरहेको हुन्छ।

पाँचौं दिनको साँझ घरमा भएको बत्ती पनि निभ्छ। त्यो साँझ यति शान्त हुन्छ कि बुबा र छोरीले सास फेरिको आवाज पनि सुनिन्छ। त्यो माहोलले मानौं कुनै प्रलयको संकेत गरिरहेको छ।

‘खानुपर्छ। बाँच्नकै लागि भए पनि खानुपर्छ,’ फिल्ममा छोरीलाई अन्तिममा बुबाले यी शब्दहरु भन्छन्। त्यो छैटौं दिन हुन्छ।

नित्सेले मानिसलाई अपूर्ण ठान्नुको कारण मानिस अशान्त हुनु, मानिसमा सम्भावना हुनु हो। उदाहरणका लागि कुनै जनावरलाई हेर्ने हो भने उ जन्मिदाँ जे थियो, त्यही भएर मर्छ। तर, मानिसमा त्यो लागू हुँदैन। मानिसमा असन्तुष्टी छ, जसले उसलाई अपूर्ण भएको समय सम्झाइरहन्छ।

फिल्ममा एउटै दृश्य ६ पटक दोहोरिन्छन्। यी दृश्यले व्यक्तिअनुसार सत्य सापेक्षित हुन्छ भन्ने नित्सेको दर्शन देखाउन खोजिएको छ। जस्तो नित्सेले भनेका छन्, ‘यो दुनियाँ सत्य पनि हो र भ्रम पनि हो।’

यसलाई घोडामार्फत देखाइएको छ। बाबुलाई घोडाप्रति स्नेह छैन। त्यो उनका लागि एउटा साधन हो। भलै, आफूले जस्तै नियति घोडाले भोग्नु नपरोस भनेर पाचौं दिन उसले तबेलाबाट घोडाको डोरी फुकालिदिन्छ। तर, त्यो उसको बाध्यता हो।  

तर, छोरीलाई घोडाप्रति स्नेह छ। ऊ घोडालाई सुम्सुम्याउँछे, पटक पटक तबेलामा गई अगाडिको तगारो खोल्छे। बाबु र छोरी दुवैले आफूलाई पूर्ण ठान्दैनन्। तर, घोडालाई पूर्ण ठान्छन्। वर्षाैँदेखि घरमा काठ खाने कीरालाई पनि पूर्ण ठान्छन्।

घरभित्र बाबुछोरी कम उभिन्छन्। कि विस्तरामा पल्टिएका हुन्छन्, वा उसिनेको आलु खाने टेबलमा हुन्छन्। नभए त्यो बिरानो ठाउँलाई कोठाको झ्यालबाट नियालिरहेका हुन्छन्। उनीहरु एउटै ठाउँ, एउटै समय र एउटै कोठामा पनि फरक फरक जीवन गुजारिरहेका छन्।

बेला टारले फिल्म बनाउँदा कहिल्यै कथालाई महत्वपूर्ण मानेनन्। उनको लागि कथा बोलेनन्, दृश्य बोल्यो। ‘ड्यामेन्टेसन’को प्रदर्शनदेखि नै उनी कथा कम र दृश्यबाट बढी बोल्ने गरेका थिए। 

टारले सन् २०११ मा ‘अ ट्युरिन हर्स’ सार्वजनिक भएपछि आफूले अब फिचर फिल्म नबनाउने घोषणा गरे। थोरै फिल्म निर्माण गरेर समीक्षकमाझमा स्थापित भएका टारको यो घोषणा अप्रत्यासित थियो। 

करिअरको सुरुवाती चरणमा ‘ड्यामेन्टेसन’देखि सात घण्टाभन्दा लामो ‘सतानतान्गो’जस्ता फिल्म बनाएपछि टारले आफूसँग भन्नलाई कुनै कथा बाँकी नरहेको बताएका थिए। आफ्नो ३४ वर्षको फिल्म करिअर टुङ्ग्याएपछि उनी दक्षिणपूर्वी युरोपको बोस्नियाको राजधानी साराजेभोमा फिल्म स्कुल खोलेर बसेका छन्।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्