• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा

नित्सेले अँगालो मारेको घोडा र बेला टारको अन्तिम फिल्म

64x64
युवराज भट्टराई शनिबार, असोज ९, २०७८  १५:२२
1140x725

मानिलिनुस् तपाईंको हरेक दिनको दैनिकी एउटै छ। दैनिक गर्ने क्रियाकलाप मात्रै होइन, तपाईंको दैनिक खानेकुरादेखि कैयौं पटक चिहाउने झ्याल बाहिरको आकृति पनि एउटै छ। 

यस्तो दैनिकी बाँच्नु परेमा कस्तो होला?

सन् १८८९ मा फ्रेड्रिक नित्सेले ट्युरिनका कैयौं गल्लीहरुमा भौतारिन्थे। एक दिन एउटा गल्लीमा मालिकले घोडालाई कुटिरहेको भेटे। ढाडमा सामानको भार राखिदिएर घोडालाई हिँडाउन ऊ कोर्रा हानिरहेको थियो। तर, घोडाको पाइला डेग चलेन। मालिक भने कोर्रा हानिरहेकै थियो।

यो दृश्य देखेर नित्सेलाई असह्य भयो। घोडाले भोगिरहेको पिडा देखेर उनले आफूलाई रोक्न सकेन्न। दौडिएर गए, अनि रुँदै घोडालाई अंगालेर मालिकको कोर्राबाट बचाउन खोजे। तर, उनी होस गुमाएर त्यहीँ लडे।

आफ्नो घोडालाई कुनै अन्जान व्यक्ति आएर अंगालो मार्दै रोएको देखेपछि घोडा मालिकले प्रहरीलाई खबर गर्‍यो। ट्युरिनको त्यो गल्लीमा हल्लाखल्ला मच्चिहाल्यो। नित्सेका साथी डेभिड फिनोले घटनाबारे थाहा पाएपछि प्रहरी आउनुअघि नै नित्सेलाई उठाएर घर पुर्‍याए।

घर पुगेपछि नित्से सबै कपडा फुकालेर नाङ्गै नाच्न थाले। उनले बेहोसीमै नाचेका थिए। केहीबेरको नृत्यपछि उनी चुपचाप टोलाएर बस्न थाले।

त्यो घटनाले नित्सेको जीवनमा यति धेरै प्रभाव पार्‍यो कि उनले त्यसपछि कहिल्यै लेख्न सकेनन्। लगातार तीन दिनसम्म चुपचाप भएपछि उनले आमासँग यति मात्र भने, ‘म त बेवकुफ रहेछु।’ त्यो दिनपछि नित्से कहिल्यै होसमा रहेनन्। उनको बेहोसीलाई ‘मानसिक रोग’को संज्ञा दिइयो। उनले ११ वर्षसम्म मानसिक अस्पतालमा बिताउनुपर्‍यो। त्यसपछि उनको मृत्यु भयो।

सन् २०१३ मा प्रदर्शनमा आएको हंगेरियन निर्देशक बेला टारको अन्तिम फिल्म ‘अ ट्युरिन हर्स’ नित्सेको जीवनको यहि प्रसंगबाट सुरु हुन्छ। अँध्यारो पर्दामा नित्सेको कथालाई पाश्र्व आवाजबाट वर्णन गरिन्छ। र अन्त्यमा भनिन्छ– त्यो घोडाको बारेमा हामीलाई केही थाहा छैन।

nimb
nimb
Ncell 2
Ncell 2

नित्सेले मानिसलाई कहिल्यै पूर्ण मानेनन्। उनका सिर्जना चाहे त्यो ‘थस स्पोक जाराथ्रुस्त्र’ होस् वा ‘ह्युमन, अल टु ह्युमन’ होस्, हरेक सिर्जनामा मानिसलाई अपूर्ण भएको बताए। मानिस अपूर्ण भएकै कारण आफूलाई ईश्वरसम्म बनाउन सक्ने ठान्छन्, नित्सेले।

तर, नित्सेले अरु सबै जनावरलाई पूर्ण ठाने। मानिसबाहेकका हरेक जनावर आफू भएर जन्मिने, तर मानिसको अस्तित्व एकाकार नहुने उनको मान्यता रह्यो।
एक जनावरमाथिको हिंसापछि उनी मानसिक रुपमा विक्षिप्त भए। विक्षिप्त अवस्थामा नै उनको मृत्यु भयो। बेला टारले आफ्नो फिल्ममा नित्सेले अंगालेको त्यो घोडालाई के भयो भन्ने कल्पना गरेका छन्।

फिल्ममा जेनोस डेर्ज्सीले बुबाको भूमिका निभाएका छन् भने एरिका बोकले उनकी छोरीको भूमिका निभाएकी छिन्। 

फिल्मको सुरुवातमा नित्सेको कथा सुनाएपछि दृश्य सुरु हुन्छ, जहाँ टारलाई मन पर्ने रङ ब्ल्याक एण्ड ह्वाइटमा पर्दा खुल्छ। बिरामी घोडालाई घर ल्याइरहेको मालिकले घोडामाथि बजारिरहेको सिर्कनाको दृश्य करिब सात मिनेटसम्म चल्छ। यो समयभरि मिहाले भिगको आशाहीन संगीतले दृश्यलाई साथ दिन्छ।

अढाई घण्टा लामो सिनेमामा टारले एक गरिब परिवारका बाबु ओल्सडोरफोर र छोरीको ६ दिनको दैनिकी देखाएका छन्। उजाड परिदृश्यमा खिचिएको सिनेमामा उनीहरुको एउटै दैनिकी दोहोरिन्छ। छोरी उठेर पानी ल्याउँछिन्, आलु उसिन्छिन्, बाबु–छोरी आलु खान्छन्, बिरामी घोडालाई हेर्छन्।

दोहोरिरहेको दैनिकीबीच घोडाप्रति छोरीको प्रेम देखिन्छ। तर, बाबुको निम्ति घोडा आवश्यकता हो। बुबा र छोरीले बाँचिरहेको दैनिकी आशाहिन छ। अस्तित्व केवल एउटा भ्रम हो। कथात्मक रुपमा मानिसले बाँचिरहेको जीवनको अस्तित्वलाई आशाहिन र अन्यमनष्कताले भरिएको देखाइएको छ।

सीमित संवादले बोलिरहेको मानवीय संवेदना
टारको सिनेमामा संवाद सिमित छन्। तर, गौण संवादहरुबीच संगीत व्यापक छ। संगीत र सिनेमेटोग्राफीको संयोजनबाट उनले मानवीय अस्तित्वलाई प्रस्तुत गरेका छन्। 

सिनेमाको सुरुवातमा नित्सेको कथा भनिनु र भिगले संयोजन गरेको खडेरीबीचको हावाहुरीसँगै बजिरहेको संगीतले मानिसलाई मध्यकालीन समयको छनक दिन्छ। उनको संगीतले आशाहीन समयमा पनि कुनै मनिसले आफूलाई बचाइराख्न गरेको संघर्षलाई प्रस्तुत गरेको छ।

मालिकले घोडालाई बर्सारहेको सिर्कनाको आवाजले आशाहीन समयको संकेत गर्छ। गाडा भत्किएको छ र घोडा चलाउनेको एउटा हात चल्दैन। नित्सेले अंगालो मारेको घोडा लिएर ऊ आफ्नो घर पुग्छ। त्यही दिनदेखि घोडा बिरामी हुन्छ। हुरी चलिरहेको त्यो साँझको दृश्य देखाउन टारले ‘लङ सट’ खिचेका छन्। उक्त परिदृश्यमा एक्लो घर, घरबाट केही टाढा रहेको इनार, सुकेको रुख र सुकेका पातहरु झरेर बनेको चाङ देखिन्छ।

कथालाई अर्थ दिन संवाद आवश्यक नहुने एउटा श्रेष्ठतम् उदाहरण ‘अ ट्युरिन हर्स’ हो। बाबु–छोरीबीच कुनै संवाद छैन। संगीत र पात्रहरुको क्रियाकलापबाट उनीहरुले आफ्नो जीवनको भयानक यर्थाथलाई भोगिरहेका छन्। हुरीको कर्कश आवाज, पाइला चाल्दाका आवाज भाँडाकुँडाका आवाजले दर्शकसँग संवाद गर्छन्।

फिल्म सुरु भएको २१ मिनेटपछि पहिलो संवाद सुनिन्छ। छोरी भन्छे– तयार छ।

त्यसपछि फेरि अर्को आठ मिनेट कुनै संवाद हुँदैन। फिल्ममा संवाद यति गौण छन् कि कैयौं मिनेटपछि केवल एक शब्द बोलिन्छ। सबैभन्दा लामो संवाद छिमेकीसँगको छ, जुन करिब सात मिनेटको छ।

हुरीसँगै मिहाले भिगको संगीतमार्फत त्यो बञ्जर परिदृश्यमा खिचिएका परिदृश्यमार्फत बुबा र छोरीका सापेक्षित भोगाइहरुको वर्णन छ। अर्कातिर घोडालाई ‘क्लोज अप’मा लामो समयसम्म लिइएका दृश्यले त्यो समयको शून्यतालाई प्रस्तुत गरेको छ।

शून्यताबीच अस्तित्वको खोजी
फिल्मभर केवल दुई घटना छन्, जुन चलिरहेको दैनिकीमा फरक लाग्छन्। पहिलो घटनामा फिल्मको सबैभन्दा लामो संवाद पनि छ। 

बुबा र छोरी मात्रै भएको त्यो घरमा दोस्रो दिन छिमेकी आइपुग्छन्। आफ्नो घरमा ‘पालिन्का’ (एक प्रकारको भोड्का) सकिएकाले माग्न आएका हुन्छन्। र, त्यहाँ उनले फिल्ममा नित्सेकै दर्शकमा आधारित भएर आफ्नो कुरा राख्छन्।

उनी बाहिरी शहर हुरीले उडाएको कुरा गर्छन्। हावाले सभ्यतालाइ निमिट्यान्न बनाएको सुनाउँछन्। मानवता र पापको कुरा गर्छन्। र यो सबै कसरी मानव जातिको विनाश उन्मुख देखिएको छ भन्ने बताउँछन्। उनले भनेको यही संवादमा नित्सेको दर्शन सबैभन्दा लामो रुपमा शब्दमा प्रस्तुत छ। उनी दुनियाँमा भइरहेको विनासको केही दोष भगवानलाई पनि दिनुपर्ने बताउँछन्। 

डच चित्रकार भिनसेन्ट भ्यान गगको सन् १८८५ को ‘पटोटो इटर्स’ चित्रकलाको जस्तै दृश्य देखिन्छ सिनेमामा। बुबा र छोरी उसिनेको आलु खान्छन्। तर, पहिलो दिनको उनीहरु बाँचेर खाइरहेका हुन्छन्। सिनेमाको अन्त्य, छैटौं दिन उनीहरु बाँच्नका लागि खाइरहेका हुन्छन्। 

बुबा र छोरीबीच पहिलो दिन राति सुत्ने बेला किन काठ खाने किराले काठ खाएन भनेर संवाद हुन्छ। ५८ वर्षदेखि निरन्तर काठ खाइरहेका किराहरु एकाएक चुपचाप हुन्छन्। घरमा बाहिरको हुरी बाहेक मुर्दाशान्ति हुन्छ। दोस्रो दिन घोडा हिँड्न मान्दैन। 

तेस्रो दिन केही फरन्तेहरु आइपुग्छन्। उनीहरुको कुवाबाट पानी पिउन थाल्छन्। छोरी, जो उनीहरुलाई त्यहाँबाट खेदाउन जान्छिन्, उसलाई पनि सँगै लिएर जान खोज्छन्। तर, बुबा आएपछि भाग्छन्। जाँदा जाँदै ‘पानीका लागि धन्यवाद’ भनेर एक फिरन्तेले छोरीलाई ‘बाइबल’ दिएर जान्छ। नित्सेको समयमा जर्मनमा इसाई धर्मको प्रभाव बढिरहेको कुरालाई यो दृश्यबाट प्रस्तुत गरिएको छ। 

चौथो दिन अचानक उनीहरु बसिरहेको ठाउँको कुवा सुक्छ। घोडा लिएर उनीहरु बसाइँ सर्न चाहन्छन्। घोडालाई पछाडि बाँधेर छोरी गाडा गुडाउने प्रयास गर्छिन्। परिदृश्यमा कतै टाढा बिलाएका उनीहरु बसाइँसराइ पनि गर्न पाउँदैनन्। फर्किएर घरै आउँछन्। तेस्रो दिनदेखि नै हुरी बढिरहेको हुन्छ।

पाँचौं दिनको साँझ घरमा भएको बत्ती पनि निभ्छ। त्यो साँझ यति शान्त हुन्छ कि बुबा र छोरीले सास फेरिको आवाज पनि सुनिन्छ। त्यो माहोलले मानौं कुनै प्रलयको संकेत गरिरहेको छ।

‘खानुपर्छ। बाँच्नकै लागि भए पनि खानुपर्छ,’ फिल्ममा छोरीलाई अन्तिममा बुबाले यी शब्दहरु भन्छन्। त्यो छैटौं दिन हुन्छ।

नित्सेले मानिसलाई अपूर्ण ठान्नुको कारण मानिस अशान्त हुनु, मानिसमा सम्भावना हुनु हो। उदाहरणका लागि कुनै जनावरलाई हेर्ने हो भने उ जन्मिदाँ जे थियो, त्यही भएर मर्छ। तर, मानिसमा त्यो लागू हुँदैन। मानिसमा असन्तुष्टी छ, जसले उसलाई अपूर्ण भएको समय सम्झाइरहन्छ।

फिल्ममा एउटै दृश्य ६ पटक दोहोरिन्छन्। यी दृश्यले व्यक्तिअनुसार सत्य सापेक्षित हुन्छ भन्ने नित्सेको दर्शन देखाउन खोजिएको छ। जस्तो नित्सेले भनेका छन्, ‘यो दुनियाँ सत्य पनि हो र भ्रम पनि हो।’

यसलाई घोडामार्फत देखाइएको छ। बाबुलाई घोडाप्रति स्नेह छैन। त्यो उनका लागि एउटा साधन हो। भलै, आफूले जस्तै नियति घोडाले भोग्नु नपरोस भनेर पाचौं दिन उसले तबेलाबाट घोडाको डोरी फुकालिदिन्छ। तर, त्यो उसको बाध्यता हो।  

तर, छोरीलाई घोडाप्रति स्नेह छ। ऊ घोडालाई सुम्सुम्याउँछे, पटक पटक तबेलामा गई अगाडिको तगारो खोल्छे। बाबु र छोरी दुवैले आफूलाई पूर्ण ठान्दैनन्। तर, घोडालाई पूर्ण ठान्छन्। वर्षाैँदेखि घरमा काठ खाने कीरालाई पनि पूर्ण ठान्छन्।

घरभित्र बाबुछोरी कम उभिन्छन्। कि विस्तरामा पल्टिएका हुन्छन्, वा उसिनेको आलु खाने टेबलमा हुन्छन्। नभए त्यो बिरानो ठाउँलाई कोठाको झ्यालबाट नियालिरहेका हुन्छन्। उनीहरु एउटै ठाउँ, एउटै समय र एउटै कोठामा पनि फरक फरक जीवन गुजारिरहेका छन्।

बेला टारले फिल्म बनाउँदा कहिल्यै कथालाई महत्वपूर्ण मानेनन्। उनको लागि कथा बोलेनन्, दृश्य बोल्यो। ‘ड्यामेन्टेसन’को प्रदर्शनदेखि नै उनी कथा कम र दृश्यबाट बढी बोल्ने गरेका थिए। 

टारले सन् २०११ मा ‘अ ट्युरिन हर्स’ सार्वजनिक भएपछि आफूले अब फिचर फिल्म नबनाउने घोषणा गरे। थोरै फिल्म निर्माण गरेर समीक्षकमाझमा स्थापित भएका टारको यो घोषणा अप्रत्यासित थियो। 

करिअरको सुरुवाती चरणमा ‘ड्यामेन्टेसन’देखि सात घण्टाभन्दा लामो ‘सतानतान्गो’जस्ता फिल्म बनाएपछि टारले आफूसँग भन्नलाई कुनै कथा बाँकी नरहेको बताएका थिए। आफ्नो ३४ वर्षको फिल्म करिअर टुङ्ग्याएपछि उनी दक्षिणपूर्वी युरोपको बोस्नियाको राजधानी साराजेभोमा फिल्म स्कुल खोलेर बसेका छन्।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
बेनिशाको फिल्म ‘द ब्लु लाइट’प्रदर्शन स्थगित गर्ने निर्णय फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको थियो । यसको औपचारिक बक्सअफिस विवरण पनि बाहिर आइसकेको छैन । यो फिल्मबाट अभिनेत्री बेनिशा हमालल... मंगलबार, माघ २०, २०८२
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सुनको मुल्य बढ्यो आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आइतबार, वैशाख १३, २०८३
५० हजार घुस लिएको आरोपमा कास्की प्रहरीका वरिष्ठ हवल्दार अख्तियारको नियन्त्रणमा आइतबार, वैशाख १३, २०८३
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्