• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

चित्रकार कृष्ण मानन्धरलाई साथीले भनेका थिए- धत्! ‘पुँ’ले गर्ने काम पनि पढ्ने?

64x64
ज्ञानेन्द्र विवश शनिबार, असोज ९, २०७८  १७:०१
1140x725
चित्र बनाउँदै कृष्ण मानन्धर।

मुम्बईबाट चित्रकलाको अध्ययन गरी फर्किएका शशी शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य मिलेर एउटा कलासंस्था खोले। चारैजना कलाकारको नामको पहिलो अंग्रेजी अक्षरबाट ‘स्किब’ नामकरण गरियो। यस संस्थाले २०२८ सालदेखि नेपाली कलाको संस्थागत विकासलगायत कला गतिविधिमा महत्वपूर्ण कार्य गरेको छ। 

‘स्किब समूह’बाट शशी, कृष्ण, इन्द्र र वत्सले चित्रकलामा छुट्टाछुट्टै शैली बनाए। उनीहरुले आफ्नो समयलाई चित्रकलामा पृथक कालखण्ड बनाए। नेपाली कलाको इतिहासमा ‘स्किब’ र यसका कलाकारहरूको योगदान उल्लेखनीय छ।

यी चारमध्ये कृष्ण मानन्धरले प्रकृतिसँग नजिक रहेर चित्र बनाएका छन्। उनका चित्रमा प्रकृति नै आएर क्यानभासमा बसेको प्रतीत हुन्छ। ती चित्रमा संगीतका झञ्कार गुञ्जिएको आभास हुन्छ। कतै झरना, खोलाखहरेको ध्वनि सुनिन्छ। 

ज्ञानेन्द्र विवश

‘कला सुन्दर, कोमल र सुवासित हुन्छ। दृश्यलाई वस्तुवादी शैलीमा अभिव्यक्त गर्दा यसको बाह्य स्वरूपलाई सकेसम्म हुबहु उतार्ने प्रयास गरिन्छ। तर, यसको सुन्दरता, कोमलता र सुवासको अनुभूतिलाई अमूर्तकलाले मूर्तरूप दिने प्रयास गर्छ। यस अर्थमा अमूर्तकला झन् यथार्थवादी जस्तो लाग्छ,’ मानन्धर भन्छन्।

कलाक्षेत्रमा प्रतिबद्ध र प्रसिद्ध कलाशिल्पी मानन्धरको कलायात्राले पाँच दशक पार गरिसकेको छ। उनी कलाकारितासँगै प्राध्यापन पेसामा पनि संलग्न रहे। नेपालको एउटै मात्र सरकारी कलाको क्याम्पस ललितकला क्याम्पसमा 'गुरु कलाकार' हुँदै उनी सोही क्याम्पसका प्रमुख तथा सिर्जना कलेज अफ फाइन आर्टसका प्रिन्सिपलसमेत भए।

चित्रहरू बुझ्नका लागि नभई अनुभव गर्नका लागि भएको उनी बताउँछन्। बुझे पनि नबुझे पनि चित्रहरू हेरिरहनुपर्ने उनको भनाइ छ। ‘अमूर्त चित्रलाई परख गर्न गहिरो दृष्टि भएका आँखा चाहिन्छ, जस्तोसुकै चित्रलाई पनि समय दिएर हेरेमा त्यसमा वास्तविक रूपको अनुभव गर्न सकिन्छ,’ उनी भन्छन्। हेर्ने बित्तिकै बुझिने मात्र चित्र हुँदैन। चित्रकलाले मानिसलाई सिर्जनशील र संवेदनशील बनाउन सघाउने उनको भनाइ छ।

उनका चित्रमा पहाड, रूख, पातका अनेक मौसमी परिवर्तन र तिनले प्रकृतिमा पार्ने प्रभाव भेटिन्छन्। अहिले उनी ‘फ्ल्यास ब्याक’ शीर्षकमा काम गरिरहेका छन्। कुनै समयमा भेटिएका मान्छे र देखिएका दृश्यहरूलाई आधुनिक शैलीमा चित्र बनाइरहेको उनी बताउँछन्।

उनको जन्म काठमाडौंको भोटाहिटीमा २००४ सालमा भएको हो। बाल्यकालदेखि नै चित्र भनेपछि हुरुक्कै हुने उनी लेख्ने कुनै पनि साधन पाउनासाथ भुइँ र भित्तामा कोर्न थालिहाल्थे। यसो गर्दा उनले कतिपटक आफ्ना अभिभावकको पिटाइ र गाली खाए। यति गर्दा पनि उनी चित्रबाट टाढिन सकेनन्। छोराको यस्तो चालाबाट हार खाएपछि उनका बुबा सिद्धिबहादुरले घरछेउकै जुद्धकला पाठशालामा भर्ना गरिदिए। त्यहाँ पढ्न थालेपछि उनका कतिपय साथीहरूले भनेका थिए- ‘धत् लाटा! यस्तो पुँ (चित्रकार) ले गर्ने काम पनि पढ्ने हो?’ उनलाई गिल्ला नै गर्थे। त्यसबाट उनी विचलित भएनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उनले काठमाडौँकै मरुहिटीस्थित तत्कालीन महेन्द्ररत्न विद्यालयबाट पनि शिक्षा हासिल गरे। पछि त्रिचन्द्र कलेजमा व्यवस्थापन विषयको पनि अध्ययन पूरा गरे। त्यसैताका नेपाल राष्ट्रबैंकको जागिरे अनुभव बटुल्न पछि परेनन्। त्यसपछि चित्रकला अध्ययनको क्रममा २०२५/२६ को छात्रवृत्तिमा उनले भारतको मुम्बईस्थित सर जेजे स्कुल अफ आर्टस्मा पढ्ने अवसर पाए। 

आफूले बनाएको चित्रसँग कृष्ण मानन्धर।

मुम्बईको कला अध्ययनसँगै उनको कलामा संगीतको बिम्ब उत्रिन थाले। पाब्लो पिकासो, ज्याक्सन पोलकसम्मका घनवाद, अतियथार्थवाद र प्रभाववादले उनको प्रारम्भिक कलायात्राका चरणलाई प्रभावित पारेको विश्लेषण कलासमीक्षकहरूले गरेका छन्। त्यतिबेला उनले अमूर्तकलाका रूपमा वर्ग, वृत्त, कोणमाथि रङका अनेक स्वरूप पोखे। कोलाज कला पनि बनाए। बिन्दु श्रृङ्खलामा पनि काम गरे। कवितामाथि पनि कलारचना गरे।

त्यतिबेलै उनका क्यानभासमा रङको मीठासपूर्ण सांगीतिक धरातल निर्माण हुन थालिसकेको थियो। हिन्दू दर्शनको पञ्चतत्व पनि उनले त्यतिबेलै कलामा उतारेका थिए। रूप, रङ र राग उनको कलाका प्रारम्भिक विशेषता हुन्। त्यसपछि उनको कलाकर्म दृश्यचित्र संरचनामा फड्को मार्न पुगेको अनुभूति हुन्छ। 

हिमालका मनमोहक आकृति, पहाडका उचाइ र गहिराइ, समतल भूमिका रमणीय बान्की कलामा अभिव्यञ्जित थिए। रङ र रेखाको लयात्मक गति वा भनौँ रङलाई खेलाएर त्यसमा जीवन्त प्राकृतिक सौन्दर्य झल्काउन सक्ने उनको कलाचिन्तन सामान्य मात्रै मान्न सकिँदैन। आँखालाई आनन्द वा आराम दिने रङ संयोजनमा उनको सन्तुलित चित्र–समीकरण दर्शकका लागि आकर्षक छन्। उनी यिनै आशय र यस्तै अभिव्यक्ति सम्प्रेषणमा सधैँ तल्लीन छन्।

उनका चित्रमा मिठासपूर्ण कल्पना, स्वच्छ हावा, चिसो पानी, हरियो पहाड, झरना, संगीत आदि भेटिन्छन्। चित्रमा सुमधुर रङहरूको गति तथा सरल तूलिकाघातले बनेका आकृति कुनै संगीतको धुनझैँ लाग्छन्।

उनका चित्रमा मिठासपूर्ण कल्पना, स्वच्छ हावा, चिसो पानी, हरियो पहाड, झरना, संगीत आदि भेटिन्छन्। चित्रमा सुमधुर रङहरूको गति तथा सरल तूलिकाघातले बनेका आकृति कुनै संगीतको धुनझैँ लाग्छन्। चित्रमा मान्छेका भिड र कोलाहल हुँदैन। यस्तो लाग्छ कि, कलाकार मानन्धर अहिलेको आधुनिक कोलाहलबाट दिक्क भएर आदिम प्राकृतिक संसारमा नै रमाउन चाहन्छन्।

नेपाल परम्परागत कला र संस्कृतिले धनी भए पनि यसको संरक्षण र सम्वद्र्धनको कमी रहेको उनी बताउँछन्। युवापुस्तामा कलाप्रति चेतना जगाउन ललितकला शिक्षाको आवश्यकतामा उनी जोड दिन्छन्। आफ्नै किसिमको अलग्ग मौलिक शैली, शिल्प, प्रविधि र प्रयोगात्मक नवीनताको दृष्टिकोणले अत्यन्त प्रभावकारी कलाकृतिको निर्माण गर्छन्। सांगीतिक तरङ, प्राकृतिक सौन्दर्य तथा हिमालय–श्रृङ्खलामा उनले आकर्षक र नौलो काम गर्दै आएका छन्। 

यी विषयगत श्रृङ्खलामा उनीद्वारा सिर्जित चित्रहरू वस्तुको यथार्थ रूपाङ्कनमा अभिव्यक्त नभई तिनका भावनात्मक विम्ब मात्रै चित्रमा उतारिएका हुन्छन्। रङको प्रयोगविधि, त्यसको सन्तुलन, संरचनाबाट कलात्मक मिठास उत्पन्न गराउन उन सचेत रहन्छन्। ‘कलालाई आफैँले बुझ्नुपर्छ र कला बुझाउनैको लागि हुनुहुँदैन’ उनी भन्छन्। चित्रकलाको व्याख्या र त्यसमा अर्थको खोजी गर्न थालियो भने त्यसको मौलिकता र सौन्दर्यसमेत नष्ट हुने उनको दाबी छ।

अब कलाकारहरूले पत्रकार र कलासमीक्षकहरुसँगै बसेर छलफल गरी आफूले गरिरहेको तथा गर्न चाहेको कामको शैली, विषय र प्रविधिबारे बहस गर्नुपर्ने उनको भनाइ छ। यसो भयो भने कला र कलाकारको विषयमा थप जानकारी उपलब्ध हुनसक्छ। कलाकारिताले समाजमा प्रभाव पनि जमाउन सक्छ। अनि मात्र क्यानभासमा अभिव्यक्त रङको भाषा आम हुनसक्ने उनी बताउँछन्।

उनी गत केही वर्ष ‘अन्तर्राष्ट्रिय कलाग्राम’ र ‘अरनिको कला अनुसन्धान केन्द्र’ को स्थापना गर्ने सोचाइमा एकोहोरिए। तर, व्यक्तिगत प्रयत्नले केही नहुँदा उनको भव्य योजना त्यत्तिकै सेलायो। उनले हिम्मत हारिसकेका छैनन्।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस सत्ताबाहिर रहेका बेला आत्मसमीक्षा गर्नुपर्छ : प्रकाशशरण महत शनिबार, साउन ३०, २०८३
देउवाकै अध्यक्षतामा कांग्रेसको १५औँ महाधिवेशन हुन्छ : विमलेन्द्र निधि (राजनीतिक प्रस्तावसहित) शनिबार, साउन ३०, २०८३
अव एनआरएनमा विभाजन समाप्त भयो , संविधानको धारा २९१ खारेज हुनुपर्छ : एनआरएन अध्यक्ष शर्मा शनिबार, साउन ३०, २०८३
मोदीले लालकिल्लाबाट देशवासीलाई सम्बोधन गर्दै भने : १२ वर्षमा २५ करोड भारतीय गरिबीबाट बाहिरिए शनिबार, साउन ३०, २०८३
‘सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति हो’ : मुख्यसचिव कार्की शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
गृहमन्त्रीविरुद्ध खगेन्द्र सुनारको रोष : ‘अनुसन्धानमा रहेका मुद्दामा सिंहदरबारभित्रै न्यायाधीश बनेर फैसला गर्दै हिड्ने हैन’ शुक्रबार, साउन २९, २०८३
देउवालाई कान्छारामको आग्रह– ‘गगन थापालाई एकपटक राम्रैसँग फिल्म देखाइदिनुस्’ शुक्रबार, साउन २९, २०८३
न्यायाधीश र संवैधानिक पदाधिकारीको नयाँ तलबमान सार्वजनिक शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्