• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

डुङ्‍गा चलेपछि तालपोखरामा पर्यटकको आकर्षण

64x64
रासस बुधबार, असोज ६, २०७८  १७:५९
1140x725

रामपुर (पाल्पा)- पर्यटकीय गन्तव्यस्थल रहेका तालपोखरामा डुङ्‍गा सञ्‍चालन भएपछि चहलपहल बाक्लिँदै छ। पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको  थियो। रामपुर नगरपालिका ६ स्थित यस पर्यटकीय तालपोखरामा डुङ्‍गा सयर गर्दै तस्बिर खिचाउने, टिकटक बनाउने र ताल वरपर घुम्ने आन्तरिक पर्यटक बढ्दै छन्।

नेपाल महिला संघ रामपुर नगर उपसभापति सावित्रा गैह्रेले भनिन्, 'कोभिड-१९ ले अन्यत्र घुम्न जान नपाएका अवस्थामा डुङ्‍गामा रमाउँदा धेरै रमाईलो भयो, पर्यटक आउने फर्कने क्रम चलिरहेको छ, यहाँको वातावरणले पर्यटकलाई लोभ्याइरहेको छ।'

स्थानीयवासी पार्वती न्यौपानेले डुङ्‍गा सयर गरेर मन्दिर परिक्रमा गर्दा फेवातालको जस्तै अनुभूति गरेको बताइन्। कोरोनाले डुङ्‍गा बन्द भएका बखत पनि तालको रमणीय वातावरणसँग बेला-बेलामा आउने गरेको उनले जानकारी दिइन्। डुङ्‍गा बन्द गरिए पनि विभिन्न स्थानबाट आन्तरिक पर्यटक तालपोखराको बाहिरी परिसर घुमेर मात्रै भए पनि फर्कने गर्थे। कोरोनाको जोखिम कम हुँदै गएपछि पर्यटकलाई लक्षित गरी संविधान दिवसको अवसर पारेर तालपोखरामा डुङ्‍गा सञ्चालनमा ल्याइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए।

'ताल वरपर, उद्यान परिसरमा आन्तरिक पर्यटहरु भरिन थाले, टाढा-टाढाबाट पनि डुङ्‍गा चढ्नकै निम्ति पर्यटकहरु यहाँ आउँदा डुङ्‍गा चढ्न नपाएर निराश भएर फर्कनुहुन्थ्यो। अहिले कोरोनाको कहर कम हुँदै गएको छ, चाडपर्व पनि सुरु हुन थालेपछि स्वास्थ्य मापदण्ड पालना गरी डुङ्‍गा चालु गरियो,' उनले भने।

समितिका सदस्य जनक भण्डारीका अनुसार डुङ्‍गा सयर गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क कायम गरिएको छ। हाल यहाँ तीन डुङ्‍गा प्रयोगका निम्ति व्यवस्थापन गरिएको छ। टिकटक बनाउन र फोटो, भिडियो खिच्नका निम्ति अहिले धेरै आउने गरेको जनाइएको छ। उन भने, 'बन्द भएको लामो समयपश्चात् डुङ्‍गा सुरु गरिएको हुँदा हाल तालमा दैनिक ५०/६० जनाले डुङ्‍गा सयर गर्नुहुन्छ। कतिपय पर्यटकहरु भने बाहिरबाटै अवलोकन गरेर फर्कनुहुन्छ। डुङ्‍गाका कारण पर्यटक आउने जानेक्रम बढ्दै गएको छ।' 

nimb
nimb
Ncell 2
Ncell 2

पोखराको फेवातालको अनुभूति दिलाउने गरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँट्टा थपिदिएको छ। यसअघि डुङ्‍गा सञ्‍चालन हुँदाको समय ताल अवलोकनका निम्ति यहाँ देशका पूर्वदेखि पश्चिमका आन्तरिक पर्यटक भित्रिएको समितिले जनाएको छ। पर्यटकको उपस्थिति बढ्दै गएपछि २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्‍गा सञ्चालनमा ल्याइएको थियो। नियमित दुईवटा डुङ्‍गा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर सुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्‍गा सञ्चालन बन्द गरिएको थियो।

तालपोखरामा थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको समितिका सचिव सुनिल देवकोटाले जानकारी दिए। तालपोखरा उद्याननजिकै बाल उद्यान निर्माण, पश्चिमपट्टीको भागमा कफी हाउस र मिनि उद्यान स्थापना गर्ने, पूर्वपट्टीको भागमा रहेको पिपलको चौतारीलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने, सोही ठाउँनजिकै बाल उद्यान निर्माण गरी नमूना पर्यटकीय गन्तव्यस्थल बनाइने समितिका पूर्वअध्यक्ष देवराज देवकोटाले जानकारी दिए।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीय तालपोखरामा विभिन्न स्तरोन्नतिका कार्यहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ। गत आर्थिक वर्षमा पर्यटन विभागबाट तालपोखराको स्तरोन्नतिका लागि विनियोजित ५० लाख रुपैयाँमध्ये ४७ लाख २३ हजार रुपैयाँ रकम प्राप्त भएको थियो। उक्त रकमबाट तालको पानीलाई दिगो व्यवस्थापन गर्न करिब चार महिना पानी सुकाएर तालपोखरा परिसरमा ८० मिटर लम्बाइ र ३.७० मिटर उचाइ ढुंगाको पर्खाल तथा ३०० मिटर लम्बाइ, तीन मिटर उचाइ रडको जालीसहित भित्ता ढलानको काम भएको छ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा अवस्थित तालपोखरा करिब ४५ रोपनी क्षेत्रफलमा पानीसहितको ताल रहेको छ। तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ। तालको वरिपरी घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति तस्बिर खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ। तालपोखराको नाममा पोखरीसहित पार्कसमेत रहेको छ। पार्कमा विभिन्न कार्यक्रम, वनभोजसमेत हुने गरेको छ। ताल र पार्कसहित करिब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ। सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालका रुपमा परिणत गरिएको हो।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री नगएपछि राज्यव्यवस्था समितिको बैठक स्थगित सोमबार, वैशाख २१, २०८३
बिपी राजमार्ग फेरि बन्द सोमबार, वैशाख २१, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सोमबार, वैशाख २१, २०८३
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान सोमबार, वैशाख २१, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्