• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

डुङ्‍गा चलेपछि तालपोखरामा पर्यटकको आकर्षण

64x64
रासस बुधबार, असोज ६, २०७८  १७:५९
1140x725

रामपुर (पाल्पा)- पर्यटकीय गन्तव्यस्थल रहेका तालपोखरामा डुङ्‍गा सञ्‍चालन भएपछि चहलपहल बाक्लिँदै छ। पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको  थियो। रामपुर नगरपालिका ६ स्थित यस पर्यटकीय तालपोखरामा डुङ्‍गा सयर गर्दै तस्बिर खिचाउने, टिकटक बनाउने र ताल वरपर घुम्ने आन्तरिक पर्यटक बढ्दै छन्।

नेपाल महिला संघ रामपुर नगर उपसभापति सावित्रा गैह्रेले भनिन्, 'कोभिड-१९ ले अन्यत्र घुम्न जान नपाएका अवस्थामा डुङ्‍गामा रमाउँदा धेरै रमाईलो भयो, पर्यटक आउने फर्कने क्रम चलिरहेको छ, यहाँको वातावरणले पर्यटकलाई लोभ्याइरहेको छ।'

स्थानीयवासी पार्वती न्यौपानेले डुङ्‍गा सयर गरेर मन्दिर परिक्रमा गर्दा फेवातालको जस्तै अनुभूति गरेको बताइन्। कोरोनाले डुङ्‍गा बन्द भएका बखत पनि तालको रमणीय वातावरणसँग बेला-बेलामा आउने गरेको उनले जानकारी दिइन्। डुङ्‍गा बन्द गरिए पनि विभिन्न स्थानबाट आन्तरिक पर्यटक तालपोखराको बाहिरी परिसर घुमेर मात्रै भए पनि फर्कने गर्थे। कोरोनाको जोखिम कम हुँदै गएपछि पर्यटकलाई लक्षित गरी संविधान दिवसको अवसर पारेर तालपोखरामा डुङ्‍गा सञ्चालनमा ल्याइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए।

'ताल वरपर, उद्यान परिसरमा आन्तरिक पर्यटहरु भरिन थाले, टाढा-टाढाबाट पनि डुङ्‍गा चढ्नकै निम्ति पर्यटकहरु यहाँ आउँदा डुङ्‍गा चढ्न नपाएर निराश भएर फर्कनुहुन्थ्यो। अहिले कोरोनाको कहर कम हुँदै गएको छ, चाडपर्व पनि सुरु हुन थालेपछि स्वास्थ्य मापदण्ड पालना गरी डुङ्‍गा चालु गरियो,' उनले भने।

समितिका सदस्य जनक भण्डारीका अनुसार डुङ्‍गा सयर गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क कायम गरिएको छ। हाल यहाँ तीन डुङ्‍गा प्रयोगका निम्ति व्यवस्थापन गरिएको छ। टिकटक बनाउन र फोटो, भिडियो खिच्नका निम्ति अहिले धेरै आउने गरेको जनाइएको छ। उन भने, 'बन्द भएको लामो समयपश्चात् डुङ्‍गा सुरु गरिएको हुँदा हाल तालमा दैनिक ५०/६० जनाले डुङ्‍गा सयर गर्नुहुन्छ। कतिपय पर्यटकहरु भने बाहिरबाटै अवलोकन गरेर फर्कनुहुन्छ। डुङ्‍गाका कारण पर्यटक आउने जानेक्रम बढ्दै गएको छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

पोखराको फेवातालको अनुभूति दिलाउने गरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँट्टा थपिदिएको छ। यसअघि डुङ्‍गा सञ्‍चालन हुँदाको समय ताल अवलोकनका निम्ति यहाँ देशका पूर्वदेखि पश्चिमका आन्तरिक पर्यटक भित्रिएको समितिले जनाएको छ। पर्यटकको उपस्थिति बढ्दै गएपछि २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्‍गा सञ्चालनमा ल्याइएको थियो। नियमित दुईवटा डुङ्‍गा सञ्चालन हुँदै आएकोमा कोरोनाको कहर सुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्‍गा सञ्चालन बन्द गरिएको थियो।

तालपोखरामा थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको समितिका सचिव सुनिल देवकोटाले जानकारी दिए। तालपोखरा उद्याननजिकै बाल उद्यान निर्माण, पश्चिमपट्टीको भागमा कफी हाउस र मिनि उद्यान स्थापना गर्ने, पूर्वपट्टीको भागमा रहेको पिपलको चौतारीलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने, सोही ठाउँनजिकै बाल उद्यान निर्माण गरी नमूना पर्यटकीय गन्तव्यस्थल बनाइने समितिका पूर्वअध्यक्ष देवराज देवकोटाले जानकारी दिए।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत पर्यटकीय तालपोखरामा विभिन्न स्तरोन्नतिका कार्यहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ। गत आर्थिक वर्षमा पर्यटन विभागबाट तालपोखराको स्तरोन्नतिका लागि विनियोजित ५० लाख रुपैयाँमध्ये ४७ लाख २३ हजार रुपैयाँ रकम प्राप्त भएको थियो। उक्त रकमबाट तालको पानीलाई दिगो व्यवस्थापन गर्न करिब चार महिना पानी सुकाएर तालपोखरा परिसरमा ८० मिटर लम्बाइ र ३.७० मिटर उचाइ ढुंगाको पर्खाल तथा ३०० मिटर लम्बाइ, तीन मिटर उचाइ रडको जालीसहित भित्ता ढलानको काम भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा अवस्थित तालपोखरा करिब ४५ रोपनी क्षेत्रफलमा पानीसहितको ताल रहेको छ। तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ। तालको वरिपरी घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति तस्बिर खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ। तालपोखराको नाममा पोखरीसहित पार्कसमेत रहेको छ। पार्कमा विभिन्न कार्यक्रम, वनभोजसमेत हुने गरेको छ। ताल र पार्कसहित करिब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ। सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालका रुपमा परिणत गरिएको हो।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्