• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
शनिबार सिनेमा

कोही किन भोगोस् काफ्काको नियति!

64x64
युवराज भट्टराई शनिबार, असोज २, २०७८  १५:५९
1140x725

काठमाडौं– सपनाहरु समाजभन्दा पर रहेर देखिँदैनन्। जब म सानो थिएँ, समाजमा वर्जित सपना देख्थेँ। सुरुआतमा गजल, अनि कविता लेख्न थाल्दा परिचितहरुले ‘यो त बौलायो कि क्या हो, के–के लेखिबस्छ?’ भन्ने नसुनेको होइन। समाजले स्थापित गरिदिएको दायराभन्दा बाहिर निस्किएर फरक विधामा छिर्नु जोखिमयुक्त मानिन्छ। एक त छिर्न नै संघर्ष गर्नुपर्छ, अर्को सम्बन्धहरु छुटिजान्छन्। अनि त्यही विधामा आफूलाई सावित गर्नु पनि उत्तिकै जोखिम हुन्छ।

‘हामीलाई लाग्छ हाम्रो बच्चाको लागि हामीले भन्दा धेरै कसैले सोच्दैनन्,’ अनुराग कश्यपले ११ वर्षअघि ‘उडान’ फिल्मबारे भनेका थिए, ‘हामी आफ्नो बुबाआमाले देखेको सपना बाँचेका छौं। हाम्रो सपना हाम्रा छोराछोरीले बाँच्छन्। यो फिल्ममा हामीले चलिरहेको यो साइकलमाथि कटाक्ष गरेका छौं।’

अनुराग निर्माता रहेको फिल्म ‘उडान’ उनले भनेजस्तै स्थापित मूल्य मान्यतामाथिको कटाक्ष हो। विक्रमादित्य मोटवानीको निर्देशन रहेको र २०१० मा प्रदर्शनमा आएको यो फिल्म बलिउडका एक सूत्रीय फिल्मभन्दा फरक छ।

फिल्मको कथामा नयाँ प्रयोग छ। समाजको निश्चित संरचनाले निर्माण गरेका आधारभूत मानकबाट कसरी सपनाहरु दबाइन्छन् भन्ने देखाइएको छ। समाजका पूर्वसर्तहरुविरुद्ध नयाँ भष्य निर्माण गर्ने फिल्म हो, उडान। सपना पछ्याउँदाका एक बालक र उसको बुबाबीच भएको द्वन्द्व फिल्ममा यत्रतत्र छ।

स्वतन्त्रताको उडान
उडानमा एक किशोरको कथा छ, जो समाजले निर्धारण गरेको भाष्य र संरचनाभन्दा विपरीत गएर सपना देख्न थाल्छ। त्यसलाई पुरा गर्ने चाहना राख्छ।
उडानको मूल पात्र रोहन (अभिनयः रजत बर्मेचा)को सपना हुन्छ, लेखक बन्ने। उसको सपना हरेक मध्यम वर्गिय परिवारमा जन्मिएर हुर्किरहेको बालबालिकाको जस्तै हो। तर, पूरा गर्न यति दृढ हुन्छ कि, त्यसैको सेरोफेरोमा फिल्म दौडिएको छ।

आफ्नो होस्टलमा गरेको हर्कतका कारण स्कुलबाट निस्कासित भएर घर आइपुगेको रोहनले आठ वर्षपछि पनि आफ्नो बुबालाई पहिलेकै जस्तो पाउँछ। उसको निम्ति उसका बुबा भैरव सिंह (रोनित रोय) ‘बुबा’ हुँदैनन्, सर हुन्छन्। स्कुलमा गरेको उसको गल्तीलाई उसका बुबा माफी दिन चाहँदैनन्। न त छोराको कारण आफूले महसुस गरेको ‘अपमान’ भुल्न नै सक्छन्। साथीभाइसँग मिलेर छोराले होस्टल छाडी ‘सी ग्रेड’को फिल्म हेर्न गएको घटनालाई उनी ठूलो गल्तीको रुपमा लिन्छन्।

रोहनकी आमा हुँदिनन्। बुबाले अर्को बिहे गरेर दोस्रो सन्तानको जन्म भएको पनि रोहनले घर फर्किएपछि मात्रै थाहा पाउँछ। बाल्यकालमै बोर्डिङ स्कुल पठाइएको उसले घरमा झन् एक्लो महसुस गरिरहेको हुन्छ। बुबा भएर पनि ‘बुबा’ नभएको जस्तो अनुभूति गर्छ।

‘असफल’, ‘परिवारको कलंक’, ‘नालायक’ जस्ता शब्द फरक सपना देख्नेको लागि सामान्य हुन्। ‘कभीकभी’मा अमिल मल्होत्राले (अमिताब बच्चन)ले आफ्नो कवि बन्ने सपना त्यागेर परिवारको व्यवसायमा हिँडेका छन्। आफ्नो बुबाले हिँडेकै पाइलामा पाइला मिलाएर हिँड्दा उनको सपना छुटेको छ। तर, उडान एक आतंकित सृजनशील सपनाको कथा हो। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो बुबाको पैसा चोरेर सस्तो मदिरासँगै थोरै चुरोटको धुँवामा आफूले बाँच्न चाहेको जीवनलाई उडाउँदै स्वतन्त्रताको सपना देखिरहन्छ, रोहन। बिहान बुबासँगको दौडदेखि बुबाकै इच्छाअनुसार उद्योगमा काम गर्नु बाध्यता हो, रहर होइन। रोहन दृश्यमा कम बोल्छ। तर, १४० मिनेटको फिल्मभरिका हरेक दृश्यले उसले बाँचिरहेको आतंकित जीवनको चित्रण गरेको छ।

‘उड्न बन्द गर। आफ्नो खुट्टा जमिनमा राख’, रोहनलाई उनको बुबाले भनेको वाक्यांश हुन्, यी। तर, उडान कहाँ रोकिन्छ र?

एक पटक आफ्नो गन्तव्य देखिसकेको चीलले जस्तोसुकै बाध्यता आए पनि आफ्नो आहारा टिपी छाड्छ। रोहन त्यही चीलजस्तो बनेको छ। इन्जिनियरिङ पढ्न भने पनि ऊ नदी किनारमा बसेर कविता कोर्छ। मध्यरातमा बुबाकै पैसा चोरेर बारमा गई आफ्ना साथीहरुसँग समय बिताउँछ। 

फिल्मको अन्त्य सरल र गहिरो छ। आफ्नो लागि बुबाले निर्धारण गरिदिएको दायरा समयसँगै थप सानो हुन्छ। बुबासँगको दैनिक लडाइँमा पराजित भएपछि पिंजडाबाट उम्किन चाहन्छ। उसले देखेको संसार दुःखले भरिए पनि स्वतन्त्र हुन्छ। घर छाडेर जानुअघि उ भन्छ– ‘रेस्टुरेन्टमा काम गर्छु। चौकीदारी गर्छु। लेख्छु। निरन्तर लेख्छु। तर, यहाँ फर्किएर आउँदिन।’

Xtrem

Xtrem

भाइलाई सँगै लिएर रोहनको उडान सुरु हुन्छ। स्वतन्त्रताको यस्तो उडान, जहाँ उसका पखेँटाहरु कमजोर हुन्छन्, तर उडानलाई खाली आकाश हुन्छ। परपर क्षितिजसम्म पनि उसलाई रोक्ने हत्केलाहरु हुँदैनन्। 

जाँदाजाँदै आफ्नो बुबालाई चिट्ठीमा लेखेको हुन्छ– ‘अर्जुन (सौतेनी भाइ)लाई यहाँ छाडेर गए अर्को भैरव सिंह जन्मिन्छ। यो दुनियाँमा एउटै भैरव सिंह, तपाई नै पर्याप्त हुनुहुन्छ।’

स्पष्ट ‘कथार्सिस’को प्रयोग
फिल्मको सुरुवातमा रोहनले घरबाट भागेर बारमा गइ साथीभाइसँग रमाइलो गर्नुलाई नै आफ्नो स्वतन्त्रता सम्झिरहेको हुन्छ। तर, अस्पष्टताका धर्साहरु उसको निधारमा हरबखत देखिन्छन्। सन्तुष्टिको मुस्कान पाएको हुँदैन।

नदी किनारमा बसेर लेखिरहँदा, चुरोटका धुवाँ उडाइरहँदा उसले आफूले खोजिरहेको स्वतन्त्रता त्यही हो भन्ने लाग्छ। तर, फिल्मको कथानकले उसको लेखनको क्षमतालाई झन् विस्तारित गराइदिन्छ। 

रोहनको भाइ अर्जुनलाई बुबाले पिटेपछि अस्पताल भर्ना गराएको हुन्छ। अनि त्यहाँ रोहनले अस्पतालको पूरै वार्डलाई कथा सुनाइरहेको हुन्छ। नातिनातिनाले बुढी हजुरआमाको कथा सुनेजस्तै वार्डका सबै बिरामीले उसको कथा सुनिरहेका हुन्छन्। तर, बुबा आएका कारण कथाको अन्त्य भन्न नपाई उसले रोकिनुपर्छ।

अस्पतालमा भएको घटनापछि रोहनको विद्रोहको उडान विस्तारित हुन्छ। कविता, कथा लेख्नुलाई बुबाले छोरो ‘बिग्रिएको’ ठानेको हुन्छ। घर फर्किएपछि बुबाको प्रश्नको जवाफ दिने मात्रै होइन, उनकै सामुन्ने चुरोटसम्म पिउँछ। बुबाले उसले लेखेका कविता र कथाको डायरी जलाइदिएपछि उभित्र गुम्सिरहेको आवेगले आगोको रुप लिन्छ। आफ्नो रिस बुबाको कारमाथि पोख्छ।

फिल्मको सुरुवातमा उसमा देखिएको अन्योल, फिल्मको अन्त्यमा आइपुग्दा पूर्ण रुपमा स्प्ष्ट भएको हुन्छ। विभिन्न घटनाहरुले क्रमशः उभित्र संग्रहित भएका भावनाले विद्रोहसम्म आइपुग्न पद्दत गरेको हुन्छ।

बाल दृष्टिकोणबाट चित्रित सामाजिक यथार्थ
भनिन्छ, काफ्काले आफू जीवित हुँदासम्म बाबुको पिटाइ खाइरहे। उनलाई लेखक बन्ने मन थियो, तर त्यो कहिल्यै खुलाउन सकेनन्। बाबुकै लागि उनले आफ्नो इच्छा विपरीत कुनै इन्सुरेन्स कम्पनीमा जागिर खाएका थिए। धेरै रचना उनको मृत्युपछि उनका साथी म्याक्स ब्रोडले छापेका थिए। यी रचनामा उनको मनमा के बगिरहेको थियो भन्ने भेट्न सकिन्छ।

काफ्का आजभन्दा सय वर्षअघि जन्मिएका थिए। उनका बुबाले लेखनलाई पूर्णकालीन पेसाको रुपमा कहिल्यै ठानेका थिएनन्। एक शताब्दीपछि अहिले भारत र नेपालका मध्यम वर्गीय समाजमा काफ्काको बाबुको सोच व्याप्त छ। लेखनमै भविष्य खोज्दै यही क्षेत्रमा लाग्न कमैलाई मा परिवारको सहयोग हुन्छ।

काफ्काले भोगेको यर्थाथ उनको रचनामा भएजस्तै उडानले अहिलेको यर्थाथलाई प्रस्तुत गरेको छ। फरक यत्ति हो, काफ्काले जीवनभर बुबाविरुद्ध वद्रोह गरेनन्। रोहनले विद्रोहको हिम्मत गरेको छ।

उडानमा एक किशोरको आँखाबाट परिवार र समाजअनुसार आफूलाई अनुसरण गर्न गरेको संघर्षको यथार्थ चित्रण छ। भारतीयसँगै नेपाली समाजमा अधिकांश समय अहिले पनि विज्ञान संकायसँग जोडिएका विषयलाई मात्रै पढाइ र योसँग जोडिएका जागिरलाई मात्रै जागिर मान्ने चलन छ। जुन मूल्य र मान्यताअनुसार समाज चलिरहेको छ, त्यो फिल्ममा देखिन्छ। र त्यसविरुद्धको विद्रोह पनि सुन्दर रुपमा देखाइएको छ।

फिल्मका दृश्यमा जे देखिन्छ, त्यत्तिमा मात्रै कहिल्यै सीमित हुँदैन। दृश्यले संकेत गर्ने थुप्रै अर्थहरु प्रत्येक ‘फ्रेम’मा लुकेका हुन्छन्।

आफूले बाँच्न चाहेको सपना बाँच्न नपाउनेहरुको कथासँगै यो फिल्म परजीविसरह बाँच्न बाध्य गराउने स्थापित सामाजिक भाष्यमाथिको खण्डन पनि हो। फिल्मभर अन्य पात्रहरुले रोहनको लेखनलाई मन पराउने, प्रोत्साहन गर्ने गरेका छन्।

फिल्ममा ‘पिओभी (पोइन्ट अफ भ्यु)’ले निकै महत्व राख्छ। कुन दृश्य कुन दृष्टिकोणबाट प्रस्तुत गरियो भन्ने विषयले फिल्मको भाष्य निर्माण गरिदिन्छ। फिल्ममा इन–रेप्लेकेवल (अन्य माध्यमबाट प्रस्तुत गर्न नसकिने) दृश्यहरु हुन्छन्, जसले कथावाचनमा थप टेवा पुयाउँछ।

बिम्बको प्रयोग र अभिनयको दबदबा
फिल्ममा असाधारण घटनामार्फत कथासँग जोडिने बिम्बहरु प्रस्तुत गरिएका छन्। स्कुलबाट निकालिएपछि घर फर्किएको रोहनले लगाएको टिसर्टमा ‘लुज ह्याप्पिनेस’ लेखिएको हुन्छ। स्कुलमा रहँदा आफ्ना चार साथीहरुसँग बिताएको समयलाई आगामी दिनमा उसले सम्झिनेदेखि ऊप्रति उसको बुबाले गर्ने व्यवहारलाई टिसर्टले वर्णन गर्छ। कमसेकम स्कुलमा हुँदा ऊ आफूलाई इच्छा लागेको समयमा कविता लेख्थ्यो, सुनाउनलाई ऊसँग साथीहरु थिए।

तर, घर आएपछि ऊसँग केही हुँदैन। बुबाको विचारधारामा बग्ने मात्र नभएर उनैले चाहेको दैनिकीमा हिँड्ने, उनकै इच्छाअनुसारको काम गर्ने, भनेकै विषय पढ्ने दबाब उसलाई हुन्छ। यी सबैलाई उसले लगाएको टिसर्टले अगाडि नै संकेत गरेको हुन्छ।

फिल्मभर नै रोहन आफ्नो बुबाले चाहेको जीवन बाँचिरहेको हुन्छ। अन्त्यमा आफूभित्रको क्रोध विस्फोटन हुँदा ऊ बुबालाई नै एक झापड हानेर भाग्छ।
अरु बेला दैनिक बिहान जगिङ जाँदा बुबासम्म पुग्न नसक्ने रोहन यसपटक भने ऊभन्दा धेरै अगाडि दौडिन्छ। उसलाई पक्रिनु त परको कुरा, छुन पनि सक्दैनन् बुबाले।

निर्देशकले यो दौडमार्फत रोहनको स्वतन्त्रतालाई संकेत गरेका छन्। दबिएर बसेको विद्रोहसँगै उभित्रको स्वतन्त्रताको भोकले उसलाई आफ्नो लक्ष्यसम्म पुग्न डोहोर्‍याएको छ।

‘उडान’को अर्को अब्बल पक्ष यसमा रोहनको भूमिकामा देखिएका रजत बर्मेचाको अभिनय हो। ऊ कम बोल्छ। तर, उसको अनुहारले थुप्रै संकेतहरु गरिरहेका हुन्छन्। 

कुनै पात्रको भूमिकामा अभिनय गर्नु भनेको कथाभित्र उसले बाँचिरहेको जीवन आफूले बाँच्नु हो। कुनै पात्रको सम्भावित भूमिका दर्शकले सजिलै अनुमान लगाउन सक्यो भने त्यसले आकर्षण गर्दैन। दर्शकको सोचजस्तै घटना अघि बढ्यो भने दर्शकको लागि रुचिकर हुँदैन।

अभिनेता हुनु भनेको यर्थाथसँग नजिक भएर अभिनय गर्नु हो। फिल्मभर रजत यिनै विशेषतासहित देखिएका छन्। 

उडानको अभिनय दर्शकको सोचभन्दा पर छ। घटनाक्रम दर्शकले अनुमान लगाउन सक्ने प्रकारले विकास हुँदैन। रोहन आफ्नो भाइ अर्जुनसँग अस्पतालमा हुँदा उसले कथा सुनाइरहेको एक वृद्धको मृत्यु हुन्छ। यहाँ उसको कथा सुनेको पात्रको मृत्यु हुनु र उसलाई बुबाले कविता लेखेको भन्दै गाली गर्दाको घटनापछि दर्शकलाई उसले आफ्नो बाटो मोड्ने हो कि भन्ने लाग्छ। त्यहाँ उसको बाटो मोडिदैन।

‘उडान’ सपना देख्नेहरुको कथा हो। स्वतन्त्रताको कथा हो। २०१० मा प्रदर्शनमा आएको फिल्म ११ वर्षपछि पनि उत्तिकै सान्दर्भिक लाग्छ। आफ्नो सपना पहिल्याएर त्यसमा लुक्दै झुक्दै साधना गरिरहेका थुप्रै रोहनका लागि फिल्म उनीहरुकै कथा हो।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्