• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

माथिल्लो तामाकोसी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

64x64
रासस सोमबार, भदौ २१, २०७८  १६:२९
1140x725

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ। उक्त आयोजनाको कूल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ।

गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन। उद्घाटनका दिन एकाध मिनेट सात मेगावाट मात्रै बिजुली उत्पादन गरेको आयोजना अनेकन प्राविधिक परीक्षणपछि बल्ल आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश बिजुलीमा आत्मनिर्भर भएको जानकारी दिए। 'हाम्रो कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ,' उनले भने। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको थिएन।

उद्घाटन भएको दुई महिनापछि मात्रै आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेको उनले जानकारी दिए। बिजुली पूर्ण रुपमा खपत हुन नसक्दा रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर जाने अवस्था सिर्जना भएको छ। यस्तै दिउँसो समेत २०० देखि ३०० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ। जगेडामा रहेको बिजुली भारत निर्यातका लागि पहल भइरहेको भए पनि हालसम्म तार्किक निष्कर्ष निस्कन सकेको छैन। बिजुली खेर जाँदा प्राधिरकणलाई हाल दैनिक चार करोड रुपैयाँ बराबरको घाटा हुने गरेको छ। खेर गएको बिजुलीको खपत बढाउनका लागि भइरहेको पहलसमेत सार्थक हुनसकेको छैन।

प्राधिकरणले माथिल्लो तामाकोसीको ४५६ मेगावाट र भोटेकोसीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको छ। प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १०८ आयोजनाले झण्डै ८१५ मेगावाट बिजुली उपलब्ध गराइरहेका छन्। वर्षायाम भएकाले पनि नदीमा जलस्तर उल्लेख्य रुपमा रहेकाले निजी क्षेत्रका आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्राधिकरणका आफ्नै २२ आयोजनाले बिजुली उत्पादन गरिरहेका छन्। मर्मतका नाममा लामो समयदेखि बन्द रहेको माथिल्लो त्रिशूली थ्री ए को ६० मेगावाट प्रणालीभन्दा बाहिर छ। प्राधिकरणको प्रणालीमा उपलब्ध बिजुलीमध्ये एक हजार ५४२ मेगावाट बराबरको बिजुली मात्रै खपत भइरहेको छ। आर्थिक वर्ष २०७६/७७ मा कूल एक हजार ३५० मेगावाट बिजुली उत्पादन हुने गरेकामा माथिल्लो तामाकोसी जोडिएपछि क्षमता बढेर एक हजार ९०० मेगावाटभन्दा माथि पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी अनेकन हण्डर, ठक्कर व्योहोरेर तोकिएको समयभन्दा झण्डै पाँच वर्ष ढिला सम्पन्न भएको छ। नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरुआती लागत ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

प्राकृतिक विपद्, सीमा नाकामा भारतको अवरोध, गोरखा भूकम्प, कोरोना कहर, सुरुङमा भएको डिजाइन परिवर्तन तथा कोरोना कहरका कारण लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ। त्यसमा ब्याज मात्रै ३२ अर्ब रुपैयाँ रहेको छ। सुरुआती चरणमा १४ अर्ब रुपैयाँ बराबरको ब्याज रहने भनिए पनि त्यो बढेर ३२ अर्ब रुपैयाँ पुगेको हो। ब्याजबाहेकको लागत ५२ अर्ब रुपैयाँ पुगेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले हिन्दू तथा बौद्ध परम्पराअनुसार प्रकृतिको पूजा गरेर आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए। आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका-१३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सबस्टेसनमा जोडिएको छ। सो सबस्टेसन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेसनमा पुर्‍याइएको छ।

२०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए। आयोजनाको निर्माण सकिन भने ११ वर्ष लाग्यो। मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुनपुग्यो।

आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्छ। त्यो भनेको कूल दुई अर्ब २८ करोड युनिट बिजुली हो। आयोजना अर्धजलाशययुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ। सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाका नामबाट पूर्वसम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए। अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्रधिकरणले २०५७ देखि २०६० सालसम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो।

आयोजनामा प्राधिकरणको ४१ प्रतिशत सेयर छ। आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट औसतमा तीन रुपैयाँ ५० पैसा छ। व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रुपैयाँ ०६ पैसा प्रतियुनिटमा खरिद गर्ने सम्झौता गरिएको छ। प्राधिकरण र अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिद दर हालसम्मकै सस्तो हो। सोही कारणले प्राधिकरणलाई थप फाइदा हुने देखिन्छ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
धनुषामा श्रीमान्‌श्रीमती मृत फेला आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्