• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

माथिल्लो तामाकोसी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

64x64
रासस सोमबार, भदौ २१, २०७८  १६:२९
1140x725

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ। उक्त आयोजनाको कूल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ।

गत असार २१ गते आयोजनाको उद्घाटन गरिए पनि पूर्ण क्षमतामा चल्न सकेको थिएन। उद्घाटनका दिन एकाध मिनेट सात मेगावाट मात्रै बिजुली उत्पादन गरेको आयोजना अनेकन प्राविधिक परीक्षणपछि बल्ल आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देश बिजुलीमा आत्मनिर्भर भएको जानकारी दिए। 'हाम्रो कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ, यसले हामीलाई थप उत्साहित बनाएको छ,' उनले भने। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते आयोजनाको उद्घाटन गरे पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको थिएन।

उद्घाटन भएको दुई महिनापछि मात्रै आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेको उनले जानकारी दिए। बिजुली पूर्ण रुपमा खपत हुन नसक्दा रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर जाने अवस्था सिर्जना भएको छ। यस्तै दिउँसो समेत २०० देखि ३०० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ। जगेडामा रहेको बिजुली भारत निर्यातका लागि पहल भइरहेको भए पनि हालसम्म तार्किक निष्कर्ष निस्कन सकेको छैन। बिजुली खेर जाँदा प्राधिरकणलाई हाल दैनिक चार करोड रुपैयाँ बराबरको घाटा हुने गरेको छ। खेर गएको बिजुलीको खपत बढाउनका लागि भइरहेको पहलसमेत सार्थक हुनसकेको छैन।

प्राधिकरणले माथिल्लो तामाकोसीको ४५६ मेगावाट र भोटेकोसीको ४५ मेगावाट बिजुली भारत निर्यात गर्ने प्रस्ताव गरेको छ। प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका १०८ आयोजनाले झण्डै ८१५ मेगावाट बिजुली उपलब्ध गराइरहेका छन्। वर्षायाम भएकाले पनि नदीमा जलस्तर उल्लेख्य रुपमा रहेकाले निजी क्षेत्रका आयोजनाले पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्राधिकरणका आफ्नै २२ आयोजनाले बिजुली उत्पादन गरिरहेका छन्। मर्मतका नाममा लामो समयदेखि बन्द रहेको माथिल्लो त्रिशूली थ्री ए को ६० मेगावाट प्रणालीभन्दा बाहिर छ। प्राधिकरणको प्रणालीमा उपलब्ध बिजुलीमध्ये एक हजार ५४२ मेगावाट बराबरको बिजुली मात्रै खपत भइरहेको छ। आर्थिक वर्ष २०७६/७७ मा कूल एक हजार ३५० मेगावाट बिजुली उत्पादन हुने गरेकामा माथिल्लो तामाकोसी जोडिएपछि क्षमता बढेर एक हजार ९०० मेगावाटभन्दा माथि पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी अनेकन हण्डर, ठक्कर व्योहोरेर तोकिएको समयभन्दा झण्डै पाँच वर्ष ढिला सम्पन्न भएको छ। नेपाली लगानीमा निर्माण गरिएको आयोजनाको सुरुआती लागत ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

प्राकृतिक विपद्, सीमा नाकामा भारतको अवरोध, गोरखा भूकम्प, कोरोना कहर, सुरुङमा भएको डिजाइन परिवर्तन तथा कोरोना कहरका कारण लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ। त्यसमा ब्याज मात्रै ३२ अर्ब रुपैयाँ रहेको छ। सुरुआती चरणमा १४ अर्ब रुपैयाँ बराबरको ब्याज रहने भनिए पनि त्यो बढेर ३२ अर्ब रुपैयाँ पुगेको हो। ब्याजबाहेकको लागत ५२ अर्ब रुपैयाँ पुगेको छ।

अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले हिन्दू तथा बौद्ध परम्पराअनुसार प्रकृतिको पूजा गरेर आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए। आयोजनाबाट उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका-१३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सबस्टेसनमा जोडिएको छ। सो सबस्टेसन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सबस्टेसनमा पुर्‍याइएको छ।

२०६८ भदौ १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए। आयोजनाको निर्माण सकिन भने ११ वर्ष लाग्यो। मुख्य सुरुङको संरचना निर्माणको डिजाइनमा भएको परिवर्तन, २०७२ सालको गोरखा भूकम्प, सीमा नाकामा भारतले गरेको अवरोध, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिका कारण निर्माण सामग्री ढुवानीमा भएको अवरोध, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ हुनपुग्यो।

आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्छ। त्यो भनेको कूल दुई अर्ब २८ करोड युनिट बिजुली हो। आयोजना अर्धजलाशययुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ। सन् १९९९ मा अष्ट्रियन नागरिक डा क्रिश्चियन कल्हरले रोलवालिङ जलविद्युत् आयोजनाका नामबाट पूर्वसम्भाव्यता अध्ययन गरी १२० मेगावाट क्षमता बराबरको बिजुली उत्पादन हुने प्रारम्भिक जानकारी दिएका थिए। अत्यन्तै सस्तो र आकर्षक देखिएपछि प्रधिकरणले २०५७ देखि २०६० सालसम्म आफ्नै आर्थिक, भौतिक र मानवीय स्रोतको प्रयोग गरेर आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो।

आयोजनामा प्राधिकरणको ४१ प्रतिशत सेयर छ। आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट औसतमा तीन रुपैयाँ ५० पैसा छ। व्यापारिक उत्पादन भएको वर्ष औसतमा चार रुपैयाँ ०६ पैसा प्रतियुनिटमा खरिद गर्ने सम्झौता गरिएको छ। प्राधिकरण र अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित बिजुलीको खरिद दर हालसम्मकै सस्तो हो। सोही कारणले प्राधिकरणलाई थप फाइदा हुने देखिन्छ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १६:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्