• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकीका स्थानीय जनप्रतिनिधि : यस्तो छ माधव नेपालको पार्टीको अवस्था

64x64
लिलु डुम्रे सोमबार, भदौ १४, २०७८  १८:१८
1140x725

काठमाडौं– नेकपा एमालेबाट विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को शक्तिको लेखाजोखा जारी छ। देशभरका एमाले नेता र कार्यकर्ता एकीकृत समाजवादीमा कति खुल्छन् या खुल्दैनन् भन्नेमै यो पार्टीको शक्ति कति होला भन्ने निर्भर हुनेछ। कुनै प्रदेशमा एकीकृत समाजवादीको पक्षमा खुल्ने नेता र कार्यकर्ताको पंक्ति ठूलै देखिएको छ भने कुनै प्रदेशमा भने त्यो संख्या निकै पातलो छ। त्यस्तैमध्ये हो गण्डकी प्रदेश जहाँ स्थानीय तहका जनप्रतिनिधिमा नेपाल नेतृत्वको पार्टीको पकड निकै कमजोर देखिएको छ। 

नेपाल एमालेमा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली गण्डकीमा सर्वाधिक बलियो देखिएका थिए। प्रदेश सभामा बलियो देखिएका ओली स्थानीय तहमा थप शक्तिशाली देखिएका छन्। प्रदेश सभामा नेपाल पक्षका एक सांसद थिए। तर, पार्टी विभाजन हुँदा तिनै प्रदेश सांसदले पनि नेपाललाई साथ दिएनन्। 

प्रदेश सभा सदस्य रहेका बागलुङका इन्द्रलाल सापकोटा लामो समय नेपाल निकट थिए। नेपालले एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दा उनी भने 'पार्टी एकता'को पक्षमा रहेको भन्दै ओलीतिर लागे। 

गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाको प्रमुख/उपप्रमुखमा गण्डकीभरिमा एक जना मात्रै माधव पक्षमा देखिएका छन्। स्याङ्जाको आधिँखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला देवी पौडेल क्षेत्रीबाहेक प्रमुख पदमा निर्वाचित सबै जना एमालेमा रहेका छन्।

गण्डकीका ११ जिल्लामध्ये गोरखाका स्थानीय तहमा एमाले अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुख कुनै पनि पदमा विजयी भएको थिएन। लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र पूर्वी नवलपरासीमा स्थानीय तहमा विजयी भएका अधिकांश जनप्रतिनिधि एमालेमै रहेका छन्।

गत निर्वाचनमा एमालेबाट गण्डकीमा १२ जना मेयरमा विजयी भएका थिए। एमालेबाट विजयी हुने उपमेयर पनि १२ जना छन्। २२ वटा गाउँपालिकाको अध्यक्षमा जीत हासिल गरेको एमालेले २४ गाउँपालिकामा उपाध्यक्ष जितेको थियो। 

अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुख गरी गण्डकी प्रदेशमा एमालेबाट ७० जना निर्वाचित भएका थिए। तीमध्ये एकीकृत समाजवादीमा खुलेकी स्याङ्जाको आँधिखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला देवी पौडेल क्षेत्रीमात्र हुन् जो समाजवादीको केन्द्रीय सदस्य बनेकी छन्। 

मनाङ 
मनाङमा गत स्थानीय निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा २ र उपाध्यक्षमा १ जना निर्वाचित भएका थिए। मनाङमा चुनाव जितेका अध्यक्ष र उपाध्यक्ष सबै एमालेमा छन्। चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर घले, मनाङ डिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले र सोही गाउँपालिकाकी उपाध्यक्ष मैङखु गुरुङ लामा मूल पार्टी एमालेमै छन्। मनाङबाट स्थानीय तहको प्रमुख पदमा विजयी हुनेहरु एकीकृत समाजवादीमा प्रवेश नगर्ने भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

लमजुङ 
आठ स्थानीय तह रहेको लमजुङमा एकीकृत समाजवादीमा प्रवेश गर्ने जनप्रतिनिधि शुन्य बराबर छ। लमजुङमा गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ तथा नगरपालिका प्रमुख ३ र उपप्रमुख २ जना एमालेबाट विजयी भएका थिए। तीमध्ये अहिलेसम्म शतप्रतिशत एमालेमै छन्। क्व्होलासोथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले, उपाध्यक्ष कुमारी मुनी गुरुङ, दोर्दी गाउँपालिका उपाध्यक्ष दिल बहादुर घले एमालेमा रहेका छन्।

वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मी देवी अधिकारी, मध्यनेपाल नगरपालिका उप्रमुख राजकुमार श्रेष्ठ एमालेमा छन्। त्यस्तै, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापा र सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्र एमालेमा रहेका छन्।

कास्की 
पाँच स्थानीय तह रहेको कास्कीमा एमालेको तर्फबाट प्रमुख–उपप्रमुख १/१ जना विजयी भएका थिए। गाउँपालिका अध्यक्ष ३ र उपाध्यक्षमा ४ जनाले जीत निकालेका थिए।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङ एमालेमा छन्। माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया आचार्य (पौडेल) एमालेमै रहेका छन्। रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुवा गुरुङ र अन्नपूर्ण  गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ एमालेमा छन्। 

तनहुँ
तनहुँमा प्रमुख १, उपप्रमुख २, अध्यक्ष २ र उपाध्यक्ष १ जनाले स्थानीय तहमा एमालेबाट जीत निकालेका थिए। तीमध्ये सबै एमालेमा छन्। 
घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर राना, उपाध्यक्ष सरस्वती घिमिरे (सिग्देल), देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापा एमालेमै बस्ने भएका छन्। भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, उपप्रमुख शारदा खनाल, शुक्ला गण्डकी नगरपालिका उपप्रमुख सविता रसाइली एमालेमा रहने भएका छन्।

स्याङ्जा 
११ स्थानीय तह रहेको स्याङ्जामा एमालको तर्फबाट स्थानीय तहमा प्रमुख र उपप्रमुख २/२ जना, गाउँपालिका अध्यक्ष ५ र उपाध्यक्षमा ६ जना विजयी भएका थिए। आधिँखोला गाउँपालिकामा उपाध्यक्ष विजयी शर्मिला देवी पौडेल क्षेत्रीबाहेक सबै एमालेमा रहेका छन्।

पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री, उपप्रमुख महेश पुरी, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा एमालेमा  छन्। त्यस्तै, अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङ, आधिँखोला गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेल, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला एमालेमा छन्। 

पहिलो संसद विघटनपश्चात् माधव नेपाल पक्षमा देखिएका गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारी पनि एमालेमै छन्। गल्याङ नगरपालिकाकी उपप्रमुख देवीसरा थापा पनि एमालेमै छन्। विरुवा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा, उपाध्यक्ष देवी कुमारी थापा, हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर र उपाध्यक्ष झनमाया पराजुलीले पनि एमाले नछाड्ने भएका छन्। 

नवलपरासी (पूर्व) 
नवलपरासी (पूर्व)मा एमालेबाट नगरपालिका प्रमुख २, उपप्रमुख २ र गाउँपालिका उपाध्यक्ष १ जना विजयी भएका थिए। ती सबै एमालेमै छन्। कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन, उपप्रमुख प्रेमशंकर मर्दनिया थारु, गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी र हुप्सेकोट गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल एमालेमै रहने भएका छन्।

मुस्ताङ 
मुस्ताङमा एमालेले गत निर्वाचनमा अध्यक्ष १ स्थानमा र उपाध्यक्ष ३ स्थानमा जितेको थियो। विजयी सबै एमालेमै बसेका छन्। घरपझोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष क्रमशः आशबहादुर थकाली र सर्मिला गुरुङ, दालोमे गाउँपालिका उपाध्यक्ष ढोका गुरुङ, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङ एमालेमा छन्।

म्याग्दी 
म्याग्दीमा अध्यक्षमा २ र उपाध्यक्षमा ३ जनाले एमालेबाट स्थानीय तहको निर्वाचनमा जीत निकालेका थिए। स्थानीय तहको उपल्लो पदमा निर्वाचित हुने सबैले एमाले नछाड्ने भएका छन्। धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सृजना केसी एमालेमा बस्ने भएका छन्। मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालु पनि एमालेमै रहने भएकी छन्।

बागलुङ 
बागलुङमा एमालेको तर्फबाट गत स्थानीय निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्षमा २/२ जना विजयी भएका थिए। स्थानीय तहको शीर्ष तहमा विजयी सबै एमालेमा बस्ने भएका छन्।

बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापा, जैमुनी नगरपालिका उपप्रमुख लिला राना एमालेमा रहेका छन्। ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन मगर र बडिगाउँ गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा एमालेमा बस्ने निश्चित गरेका छन्।

पर्वत 
पर्वतमा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचनमा नगरपालिका प्रमुख/उपप्रमुख १/१ र गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा ३/३ जना विजयी भएका थिए। विजयी सबैले पुरानै पार्टीमा रहने निर्णय गरिसकेका छन्।

फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी प्यासी, महाशीला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल र उपाध्यक्ष हिराकुमारी राना एमालेमै रहेर राजनीति गर्ने भएका छन्। साथै, मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेल, उपाध्यक्ष सेती महत, विहादी गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसाल र उपाध्यक्ष कुमारी डम्बर गुरुङले एमालेमै बस्ने निश्चित गरिसकेका छन्। 

एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ पार्टीमा लाग्नका लागि भदौ २२ गतेसम्मको समय छ। तर, गण्डकीमा त्यस्तो संख्या अहिलेसम्म देखिएको छैन।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो मन्त्रीपरिषदबाट एकैपटक निर्णय गरेर ८ वटा अध्यादेशहरु किस्ता–किस्तामा राष्ट्रपति कार्यालय पुगेका छन् । त्यसमध्ये सम्पत्ति सुद्धिकरण अ... शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्